Wednesday, July 1
Shadow

समाचार

कोरोनाको खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गर्यो निर्देशन

कोरोनाको खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गर्यो निर्देशन

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, १० चैत । कोरोना संक्रमण दरमा वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले निर्देशन जारी गरेको छ । युरोप र भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले भिडभाड नगर्न प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले विज्ञप्ती जारी गरेर भिडभाड नगर्न आग्रह गरेको हो । ‘युरोप र भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक देखियो ।’ विज्ञप्ती लेखिएको छ । ‘ गृह मन्त्रालयको च।नं। २८६७ मिति २०७७/१२/०१ को पत्र तथा स्वास्थ्य मन्त्रालयबाट मिति २०७७/१२/०८ आएको पत्र अनुसार जिल्लामा भिडभाड र मेला महोत्सव गर्नु उचित नदेखिएको कार्यालयको भनाई छ । ‘कोभिड–१९ को संक्रमणको जोखिमबाट बच्न भिडभाड हुने गरि कुनै किसिमको मेला,जात्रा,साँस्कृतिक कार्यहरु लगायतको काम अर्को सूचना नभएसम्म नगर्न, नगराउन सम्बन्धित सबैमा जिल्ला अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ । संक्रमणको सम्भावनालाई मध्यनजर गरी प...
होली पर्व घरमै बसेर मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, पछिल्लो २४ घन्टामा १४५ संक्रमित थपिए

होली पर्व घरमै बसेर मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, पछिल्लो २४ घन्टामा १४५ संक्रमित थपिए

समाचार
काठमाडौँ, चैत ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै होली पर्व घरमै मनाउन आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो । बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले कोरोनाको जोखिम बढेको हुँदा सुरक्षा सतर्कता अपनाउन आग्रह गरे । ‘पछिल्लो केही दिन यता संक्रमणको संख्या बढेको छ । कोरोनाको जोखिम बढेको हुँदा होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं,’ उनले भने ।उनले संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा थप कडाइ गर्ने जानकारी दिए । उनले भने, ‘लकडाउन गर्नु सरकारको उद्देश्य वा चाहना होइन, तर संक्रमितको संख्या उच्च हुन गएमा सरकारले परिस्थिति अनुसारका नीतिगत निर्णय गरी संक्रमणको चक्र रोक्नुप...
चाड पर्व बिदा कटौति गर्ने सरकारको कदमको मुस्लिम समुदायका अगुवाहरुद्वारा बिरोध

चाड पर्व बिदा कटौति गर्ने सरकारको कदमको मुस्लिम समुदायका अगुवाहरुद्वारा बिरोध

समाचार, समाज
कृष्णनगर,कपिलवस्तु चैत्र ११ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफीको अध्यक्षता बसेको बैठेकले अल्पसंख्यक मुस्लिम समुदाय का चाड पर्वमा विदा कटौती गरिएकोप्रति बिरोध जनाएको छ। नेपाल सरकारले हाल मै राजपत्रमा गृहमंत्रालयको सूचनानुसार विक्रम संम्बत २०७८ बैशाख १ गते देखि चैत्र मसान्तसम्म देशभरीका विदाको सूचना प्रति घोर विरोध गर्दै नेपालमा रहेका अन्य अल्पसंख्यक समुायको चाड पर्वहरुमा सार्वजनिक विदा गर्ने र अल्पसंख्यक मुस्लिम समुदायका चाड पर्व हरुमा सार्वजनिक विदा कटौति गर्ने नेपाल सरकारले अल्पसंख्यक मुस्लिम समुदायप्रति सौतेला व्यवहार गरेको भनेर बिरोध जनाएको हो । संविधानमा पहिचानका प्रमुख क्लष्टरहरूमध्ये मुस्लिम पनि एउटा हो । नेपालमा मुस्लिमको राष्ट्रिय रूपमा एउटा पृथक पहिचान का...
स्मार्ट लाइसेन्सको  छपाई कार्य बन्द !

स्मार्ट लाइसेन्सको छपाई कार्य बन्द !

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, चैत्र ११ सवारी चालक अनुमति पत्रको छपाई कार्य बन्द भएको छ । स्मार्ट कार्डको अभाव भएपछी छपाई बन्द भएको हो । ‘स्टक’मा राखिएका स्मार्ट लाईसेन्स सकिएपछी छपाई कार्य बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । कोरोना माहामारीका कारण स्मार्टकार्डको आयात हुन नसक्दा छपाई कार्य बन्द भएको हो । माहामारीपछि बन्द भएको सवारी लाइसेन्स आवदेन गत पुस १४ गतेबाट सुरु भएको थियो । माहामारीपछि पाँच लाख सेवाग्राहीले लाइसेन्सका लागि नयाँ आवेदन दिएका छन् । विभागले फ्रान्सेली कम्पनीसँग १४ लाख स्मार्ट कार्ड उपलब्ध गराउने गरी सम्झौता गरिसकेको छ । ९० दिनसम्ममा नयाँ टेण्डर प्रक्रियाबाट स्मार्ट कार्ड ल्याउने र छपाई सुरु गर्ने विभागले जनाएको छ । विभागले छपाई सुरु भएपछि ट्रायल पास गरेको एक महिनाभित्र लाइसेन्स वितरण गर्ने योजना बनाएको छ ।...
कञ्चनपुरमा कोरोनाको जोखिम बढेको भन्दै प्रशासनले जारी गर्‍यो ९ बुँदे निर्देशन

कञ्चनपुरमा कोरोनाको जोखिम बढेको भन्दै प्रशासनले जारी गर्‍यो ९ बुँदे निर्देशन

मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, ११ चैत । भारतसँग सीमा जोडिएको कञ्चनपुरमा कोरोनाको भाइरस संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले विभिन्न नौं बुँदे निर्देशन जारी गरेको छ । भारतका कोरोना संक्रमितको संख्या बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकको गतिविधिमा कडाइ गर्न थालेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले ९ बुँदे निर्देशन जारी गर्दै मंगलबार राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्म प्रतिबन्ध र नियम पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् । निर्देशनमा नजिकिँदै गरेको होली, मेला, पर्व, जात्रा, महोत्सवलगायत कुनै पनि नाममा भीडभाड वा जुलुस नगर्न भनिएको छ । भौतिक दूरी कायम तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ । यस्तै गौरीफन्टा र गड्डाचौकी नाकाबाट आवागमन र मालसामान ढुवानीका लागि बिहान ६ देखि राति ८ बजेसम्म मात्र खुला रहने जिल्ला प्रशासन कार्यालयले जनाएको ...
लकडाउनको एक वर्ष :  फेरि सम्भावना कति ?

लकडाउनको एक वर्ष : फेरि सम्भावना कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, चैत ११ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ । सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर, त्यसको अवधि थपिँदै लगिएको थियो । छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ । धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला ? ’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा। सागरराज भण्डारी गत वर्षझैं लकडाउन घोषणा गर्नु त्रुटिपूर्ण हुने बताउँछन् । ‘कार्यालय, विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनलाई सिफ्टअनुसार सञ्चालन गर्नुपर्छ’, निर्देशक डा। राजभण्डारी भन्छन्, ‘सबै नागरिकले आफ्नो कर्तव्य सम्झिएर जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’ उनका अनुसार नयाँ संक्रमित मात्र होइन, खोप लगाएका व्यक्तिमा पनि पुनः संक्रमण देखिएको छ । ‘खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित हु...
खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी धारामा

खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी धारामा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, चैत ११ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी आउने दाबी खानेपानी मन्त्रालयले गरेको छ । यही चैत १५ गतेदेखि नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने गरी तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । आयोजनाका अनुसार चैत १५ गते परीक्षणको क्रममा पानी उपभोक्ताको धारामा पठाइनेछ । आयोजनाका अनुसार बागमतीमा पठाउने भनिएको पानी उपभोक्ताको धारामा पठाएर आगामी १ साताभित्र नै उपभोक्ताले मेलम्चीको पानी उपभोग गर्न पाउने गरी तयारी थालिएको छ । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नयाँ पाइपलाइनबाट र सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षणको क्रममा रहेको बताए । “चैत १५ गते उपभोक्ताको धारामा मेलम्चीको पानी आउने त छ तर सबैमा पूरै पानी आउने होइन । परीक्षणको क्रममा पानी आउने हो,” उनले भने ।...
कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी, हेर्नुहोस यस्तो छ

कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी, हेर्नुहोस यस्तो छ

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौं, चैत ११ । भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ ।केन्द्रीय सरकारले मङ्गलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ । भारतमा पछिल्लो विवरणअनुसार थप ४० हजार ७१५ जना नयाँ सङ्क्रमित भएका छन् भने थप १९९ जनाको कोरोनाका कारण निधन भएको छ ।गत जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा भारतमा अहिले ४० हजारभन्दा बढी पुगेको हो । अघिल्लो हप्तादेखि नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्याङ्कमा देखिएको छ ।नयाँ निर्देशिका मङ्गलबार जारी गरिएको भए पनि लागू भने अप्रिलदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । निर्देशिका लागू हुन थालेपछि देशभरी नै परीक्षणको दायरासमेत अझ बढाइने उनीहरूको भनाइ छ । गृह मन्त्रालयद्वारा जारी व...
कृष्णनगर नगरपालिकामा हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने

कृष्णनगर नगरपालिकामा हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कपिलबस्तु चैत्र १०।  कपिलबस्तुको कृष्णनगर नगरपालिकामा आगामि चैत्र २० गते देखि हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने अभियान चलाईने भएको छ । गतबर्ष झैं यस वर्ष पनि स्वास्थ्यकर्मिहरुले पालिकाका प्रत्येक घर घरमा गई १३ औं चरणमा औषधि खुवाउने कार्यक्रम तय भएको छ । कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा को आयोजनामा मंगलवार स्वास्थ्य चौकी चैपुरवाको हलमा आयोजित राष्ट्रिय हात्तिपाईले रोग निवारण संबन्धि बहुनिकाय अन्र्तक्रिया कार्यक्रममा उक्त जानकारी गराईएको हो । कार्यक्रममा , नगरपालिका कर्मचारी, विभिन्न वडाका वडाअध्यक्ष , संचारकर्मि तथा स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई सि। अ।हे।वा। विष्णु पौडेलले हात्तिपाईले रोगको संक्रमण र यसबाट बच्ने उपायको बारे जानकारी गराउनुभएको थियो । अन्तरकृया कार्याक्रममा कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको प्रमुख शंकर भट्टराई ले सरूवा रोग भएका...
मन्त्री थापाको दाबि -नेपालको ९० प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच छ

मन्त्री थापाको दाबि -नेपालको ९० प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच छ

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , चैत १० । खानेपानीमन्त्री मणिचन्द्र थापाले खानेपानी सम्बन्धी लक्ष्य तथा सूचकहरू गूणस्तरीय स्वास्थ्य, गरिवी निवारण, नवीकरणीय ऊर्जा, शिक्षामा समान पहुँच, लैङ्गिक समानता र मानव अधिकारका लागि महत्वपूर्ण आधारशीला हुन् भनेका छन् । राष्ट्रसङ्घीय महासभाका अध्यक्षले आयोजना गरेको सन् २०३० कार्यसूचीको खानेपानी सम्बन्धी लक्ष्यहरूको कार्यान्वयन सम्बन्धमा उच्चस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै उनले नेपालको कुल जनसङ्ख्यामध्ये ९० प्रतिशतको खानेपानीमा पहुँच पुगेको तथा ९९ प्रतिशत जनसङ्ख्याको आधारभूत सरसफाइ सुविधामा पहुँच रहेको उनले बताए । नेपालले स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई आधारभूत सेवाका रूपमा प्राथमिकीकरण गरेको, खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य तथा सूचकहरूलाई आवधिक योजना, दिगो विकास लक्ष्यको मार्गचित्र तथा क्षेत्रगत विकास योजनामा एकीकृत गरिएको जानकारी दिँदै उनले जनताक...