सिसडोलवासिको आन्दोलन, हेर्नुहोस् कस्ले के भने (भिडियो सहित)
राजेन्द्र गजुरेल/काठमाण्डौँ, चैत्र १४
नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोट सिसडोलका बासिन्दालाई विकासको आशा देखाएर फोहोर विसर्जन गरिरहेको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन सकिदैन भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। सोहि क्रममा शुक्रबार पनि त्यहाँका स्थानिय आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनलाई सर्मथन जनाउँनका लागि नुवाकोटका संघिय सांसद, बाग्मती प्रदेशका उप सभामुख, स्थानिय जनप्रतिनिधि लगाएतको उपस्थीति रहेको थियो । त्यहाँ कस्ले के भने त :
माग पुरा नभए आन्दोलनमा जनता उतारेर त्यसको नेतृत्व म आफैँ गर्छु : संघिय सांसद हित बहादुर तामाङ
आन्दोलनमा हामि संग कुरा गर्दै नुवाकोट क्षेत्र नं १ का संघिय सांसद हित बहादुर तामाङले अहिले आफू जनताले बोलाएर आन्दोलनलाई सर्मथन गर्न आएको तर यस पटक पनि काठमाण्डौँ महानगरपालिका र प्रभावित क्षेत्र संग भएको सम्झौँता पु...








