Saturday, April 20
Shadow

कोरोनाको खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गर्यो निर्देशन


  • -इ
  • इ+

काठमाडौं, १० चैत । कोरोना संक्रमण दरमा वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले निर्देशन जारी गरेको छ । युरोप र भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले भिडभाड नगर्न प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले विज्ञप्ती जारी गरेर भिडभाड नगर्न आग्रह गरेको हो ।

‘युरोप र भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक देखियो ।’ विज्ञप्ती लेखिएको छ । ‘ गृह मन्त्रालयको च।नं। २८६७ मिति २०७७/१२/०१ को पत्र तथा स्वास्थ्य मन्त्रालयबाट मिति २०७७/१२/०८ आएको पत्र अनुसार जिल्लामा भिडभाड र मेला महोत्सव गर्नु उचित नदेखिएको कार्यालयको भनाई छ ।

‘कोभिड–१९ को संक्रमणको जोखिमबाट बच्न भिडभाड हुने गरि कुनै किसिमको मेला,जात्रा,साँस्कृतिक कार्यहरु लगायतको काम अर्को सूचना नभएसम्म नगर्न, नगराउन सम्बन्धित सबैमा जिल्ला अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । स्वास्थ्य युनिटहरुलाई समेत आवश्यकताअनुसार तत्काल परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने तथा सोका लागी आवश्यक समन्वय जिल्ला स्वास्थ्य कार्यालयले गर्ने प्रमुख जिल्ला अधिकारी भट्टराई जानकारी दिए ।

कोभिड–१९ को जोखिमबाट बच्न नेपाल सरकारबाट जारी भएका स्वास्थ्य सुरक्षा लगायतको मापदण्ड पालना गर्न सबैलाई अनुरोध गर्ने तथा मापदण्ड उल्लघंन गर्नेहरुलाई संक्रामक रोग, २०२० बमोजिम कारवाही गर्ने कार्यालयको भनाई छ ।

फागु पूर्णिमा ९होली० को अवसरमा भिडभाड हुन नदिन स्वास्थ्य तथा सुरक्षा सम्बन्धि मापदण्डको पालना गरेर मात्र सुरक्षित रुपमा पर्व मनाउन आग्रह गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares