Thursday, March 28
Shadow

कोरोना संक्रमणको जोखिम बढेसँगै देशभर उच्च सतर्कता , विदेशबाट आउनेले १० दिन अनिवार्य क्वारेन्टीन बस्नुपर्ने


  • -इ
  • इ+

काठमाडौं , चैत १२ । कोरोना भाईरसको संक्रमण फेरी बढेसँगै देशभर उच्च स्वास्थ्य सतर्कता अपनाईएको छ ।

ठाउँठाउँमा प्रशाशनले आंशिक निषेधाज्ञा जारी गरेका छन् । भारतसँग सिमा जोडिएका शहरहरुमा विशेष सावधानी अपनाईएको छ ।

सिमा नाकामा स्वास्थ्य डेस्कलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

काठमाडौं उपत्यकामा पनि अनिवार्य मास्क लगाउन प्रशाशनले निर्देशन दिएको छ । यसैगरी होली लगायतका सांस्कृतिक एवं ऐतिहासिक पर्व सार्वजनिकस्थलमा मनाउन रोक लगाईएको छ ।

बढी भिडभाड हुँदा संक्रमण तिव्र गतिमा फैलिने भएकोले यो वर्ष पनि सार्वजनिकस्थलमा होली नमनाउन प्रशाशनले आग्रह गरेको हो ।यस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिने क्वारेन्टीइन तथा आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्न भनिएको छ ।

विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, कक्षाकोठाको व्यवस्थापन सोही अनुसार गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्न समेत अनुरोध गरिएको छ ।

उता म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन ९एकान्तबास० मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो ।

बैठकले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares