Friday, March 29
Shadow

होली पर्व घरमै बसेर मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, पछिल्लो २४ घन्टामा १४५ संक्रमित थपिए


  • -इ
  • इ+

काठमाडौँ, चैत ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै होली पर्व घरमै मनाउन आग्रह गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो ।

बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले कोरोनाको जोखिम बढेको हुँदा सुरक्षा सतर्कता अपनाउन आग्रह गरे ।

‘पछिल्लो केही दिन यता संक्रमणको संख्या बढेको छ । कोरोनाको जोखिम बढेको हुँदा होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं,’ उनले भने ।उनले संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा थप कडाइ गर्ने जानकारी दिए ।

उनले भने, ‘लकडाउन गर्नु सरकारको उद्देश्य वा चाहना होइन, तर संक्रमितको संख्या उच्च हुन गएमा सरकारले परिस्थिति अनुसारका नीतिगत निर्णय गरी संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ, संक्रमणलाई भयावहरुपमा फैलन नदिन सबै सजग हुनुपर्छ । ’

यसैगरी बैशाख १ गते मनाइने सुदुरपश्चिमको विसु पर्वलाई पनि सतर्कताका साथ मनाउन उनले आग्रह गरे ।मन्त्रालयकाअनुसार मुलुकमा पछिल्लो २४ घन्टामा १४५ संक्रमित थपिएका छन् ।

३ हजार ९६३ पीसीआर परिक्षण हुँदा १४५ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा ९० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म कूल संक्रमित संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ भने मृतक संख्या ३०२० पुगेको छ । हाल नेपालमा १ हजार १८३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares