Wednesday, July 1
Shadow

समाचार

मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत १०। सिरहाको नरहा गाउँपालिका–२ पानवारी चोकमा २ मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स६प ९१५१ र विपरीत दिशाबाट आउँदै गरेको स८प २२५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर सो दुर्घटना भएको हो । दुर्घटनामा परी स६प ९१५१ नम्बरको मोटरसाइकलका चालक सिरहाको विष्णुपुर गाउँपालिका–४ निवासी २८ वर्षीय दीपु पासवान र स८प २२५० नम्बरको मोटरसाइकलमा सवार गोलबजार नगरपालिका निवासी २५ वर्षीय गुरुदेव महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते दुवैलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ५ जना घाइते भएको र उनीहरू सबैको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।...
कर्णालीमा तीन दिनदेखि नेपाल टेलिकमको नेटवर्क अवरुद्घ

कर्णालीमा तीन दिनदेखि नेपाल टेलिकमको नेटवर्क अवरुद्घ

मुख्य समाचार, समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह
काठमाडौं, चैत १० । कर्णाली प्रदेशका पाँच जिल्लामा नेपाल टेलिकमले वितरण गरेका एडिएसएल, जिएसएम, सिडिएमए र डाटा सेवा तीनदिन यता अवरुद्घ छन् । यही चैत ७ गते राति दैलेखको महाबु लेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खरावी आउँदा कर्णालीका पाँच जिल्लामा नेटवर्क अवरुद्घ भएको हो । महाबुमा रहेको टावर मार्फत कर्णाली प्रदेशका जुम्ला, कालीकोट, डोल्पा र मुगुमा रेडियो लिङ्गअन्तर्गत एडिएसएल, जिएसएम, लेनलाइन सेवा नेपाल टेलिकमले दिँदै आएकामा गत ७ गते राति रेडियो लिङ्गमा समस्या आउँदा सेवा अवरुद्घ भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकले बताए । तत्कालका सेवा सञ्चालन गर्न काठमाडौँबाट नयाँ सामानसहित प्राविधिक टोली सोमबार सुर्खेत पुगेको छ । उक्त टोली आज साँझ महाबुलेखमा पुगेर बिगे्रको मेशिन मर्मत गरेपछि बुधबारसम्म सेवा नियमित हुने प्रमुख मल्लिकले जानकारी दिए । उनले भने, “अहिल...
राष्ट्रपति भण्डारी स्वदेश फिर्ताः राजकीय भ्रमण फलदायी:  मन्त्री ज्ञवाली

राष्ट्रपति भण्डारी स्वदेश फिर्ताः राजकीय भ्रमण फलदायी: मन्त्री ज्ञवाली

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , चैत १० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमण फलदायी भएको बताएका छन् । राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल तथा बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउन मद्दत पुगेको बताए । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने सिलसिलामा राष्ट्रपति भण्डारी यही चैत ९ र १० गतेसम्म बङ्गलादेशको राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी हुन् । भ्रमणको पहिलो दिन राष्ट्रपति भण्डारीले बङ्गलादेशको सावरस्थित राष्ट्रिय शहीद स्मारकको भ्रमण गर्नु भ...
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् एजेण्डा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, चैत १० । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्ने सम्भावित कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । आज बस्ने बैठक संसद पुनःस्थापना पछिको पाचौँ बैठक हो ।  ...
पश्चिमी वायुको प्रभाव, चट्याङसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव, चट्याङसहित वर्षाको सम्भावना

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , चैत १ । मौसम पूर्वानुमान महाशाखाले आजको देशभरको मौसम पूर्वानुमान जारी गरेको छ ।आज स्थानीय वायु र पश्चिमी वायुको प्रभाव परेकाले देशभरको मौसममा परिवर्तन रहन सक्ने महाशाखाले जनाएको छ । बिहानको मौसमको अवस्था भने सामान्य नै रहेको पूर्वानुमानमा उल्लेख छ । देशभरका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको र बाँकी भूभागमा आंशिक बदली भइरहेको छ । यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाँकी प्रदेशका पहाडी भूभागहरुका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख छ । भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज रातिको मौसमको अवस्था पनि थोरै स्थानब...
भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, चैत १० । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १९७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार २०० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहा ४० हजार ६११ जनामा संक्रमण भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १६ लाख ८६ हजार ३३० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ११ लाख ७९ हजार ५९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ४७ हजार ७१ छ ।...
नेपाल र बङ्गलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर

नेपाल र बङ्गलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, चैत १०। नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार दुवै राष्ट्रका राष्ट्राध्यक्षको उपस्थितिमा चार विषयको समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका हुन् । समझदारीपत्रमा हस्ताक्षरअघि दु...
आज २०७७ चैत्र १० गते मंगलबारको राशिफल

आज २०७७ चैत्र १० गते मंगलबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । सन्तान सुखको योग छ। अधुरा कार्यहरू पूरा हुँदै जानेछन् । बृष महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । मिथुन आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ ।  आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् । कर्कट पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ । सिंह मनमा हर्ष,उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । वित्तीय संस...
मःम पसलमा ग्यास सिलिन्डर पड्किएर आगलागी, ६ जना घाइते

मःम पसलमा ग्यास सिलिन्डर पड्किएर आगलागी, ६ जना घाइते

मुख्य समाचार, समाचार, समाज
भक्तपुर , चैत ९ । सूर्यविनायक नगरपालिका–५, सिर्जनानगरस्थित भीमेश्वर मःम एन्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पसलमा खाजा बनाउने क्रममा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो । आगलागीबाट घाइते भएका पसल सञ्चालक दोलखा, सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४, दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, काठमाडौं, कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्कीको सल्लाघारीस्थित डा। ईवामुरा मेमोरियल अस्पतालमा प्रथम चरणको उपचार गरी थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर अस्पताल पठाइएको गिरीले जानकारी दिए । त्यस्तै, खाजा खान आएका घाइतेमध्ये झापा, विश्वशान्ति गाउँपालिका–२ घर भई सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक–५, कटुञ्जे बस्ने १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने ...
प्रधानमन्त्री ओलीलाई हटाएर देखाउन मन्त्री श्रेष्ठको चुनौती

प्रधानमन्त्री ओलीलाई हटाएर देखाउन मन्त्री श्रेष्ठको चुनौती

मुख्य समाचार, समाचार
काठमाडौं, चैत ९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौती दिएका छन् । ललितपुरमा आयोजित क्षेत्र नम्बर ९ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपत्यका इन्चार्ज समेत रहेका मन्त्री श्रेष्ठले अविश्वासको प्रस्ताव पास गरी प्रधानमन्त्रीलाई हटाएर देखाउन चुनौती दिएका हुन् । उनले भने, ‘म चुनौती दिन चाहान्छु, अविश्वासको प्रस्ताव पास गरी प्रधानमन्त्रीलाई हटाएर देखाउनुस् ।’ उनले अहिलेको अवस्थामा त्यो सम्भव नहुने जिकिर गरे । यो सबै भन्दा ‘पावरफूल’ सरकार भएकाले यसकालाई कसैले हटाउन नसक्ने उनको भनाइ छ । उनले भने, ‘यो सरकार नेपालको इतिहासमा अहिलेसम्मको शक्तिशाली सरकार हो, यो सरकारलाई कसैले हटाउन सक्दैन ।’ पार्टीको विधान विपपरीत गुटको भेला गरेको कारण एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र ...