चाड पर्व बिदा कटौति गर्ने सरकारको कदमको मुस्लिम समुदायका अगुवाहरुद्वारा बिरोध
कृष्णनगर,कपिलवस्तु चैत्र ११
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफीको अध्यक्षता बसेको बैठेकले अल्पसंख्यक मुस्लिम समुदाय का चाड पर्वमा विदा कटौती गरिएकोप्रति बिरोध जनाएको छ।
नेपाल सरकारले हाल मै राजपत्रमा गृहमंत्रालयको सूचनानुसार विक्रम संम्बत २०७८ बैशाख १ गते देखि चैत्र मसान्तसम्म देशभरीका विदाको सूचना प्रति घोर विरोध गर्दै नेपालमा रहेका अन्य अल्पसंख्यक समुायको चाड पर्वहरुमा सार्वजनिक विदा गर्ने र अल्पसंख्यक मुस्लिम समुदायका चाड पर्व हरुमा सार्वजनिक विदा कटौति गर्ने नेपाल सरकारले अल्पसंख्यक मुस्लिम समुदायप्रति सौतेला व्यवहार गरेको भनेर बिरोध जनाएको हो ।
संविधानमा पहिचानका प्रमुख क्लष्टरहरूमध्ये मुस्लिम पनि एउटा हो । नेपालमा मुस्लिमको राष्ट्रिय रूपमा एउटा पृथक पहिचान का...









