Thursday, March 28
Shadow

काठमाडौंमा मास्क प्रयोग अनिवार्य, नलगाए हुनेछ यस्तो सजाय


  • -इ
  • इ+

काठमाडौं , चैत ११ । काठमाडौंमा मास्क प्रयोग अनिवार्य गरिएको छ ।जिल्ला प्रशासन कार्यालयले बुधवार एक विज्ञप्तिमार्फत सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क अनिवार्यरुपमा प्रयोग गर्न सूचित गरेको हो ।

प्रशासनले मास्क प्रयोग नगर्ने तथा स्वास्थ्य मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।

पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९६३ मा पीसीआर गर्दा १४५ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares