Friday, April 26
Shadow

दोस्रो लहरको त्रास : ब्युँताउन थालियो कोभिड अस्पताल


  • -इ
  • इ+

काठमाडौं, चैत १२ । कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ । स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टिनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् ।

प्रदेश–१ सरकारले विराटनगर–१० मा सञ्चालन गरेको कोभिड–१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो । तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः खटाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयले प्राविधिकसहित चिकित्सकसँग छलफल सुरु गरेको छ,’ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख अम्बिकाप्रसाद चापागाईंले भने, ‘बिरामी आउनसाथ राख्न समस्या हुन दिने छैनौँ ।’

करारका चिकित्सक, नर्स र पारामेडिकलाई फागुन २८ गते हटाइएको थियो । अस्पतालका निमित्त संयोजक एपोलो कुमार भगतले मन्त्रालयका सचिवसहित टोली आएर जनशक्तिका विषयमा छलफल गरेको बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares