Wednesday, July 1
Shadow

समाचार

कोरोनाको दोस्रो लहर : पहिलो लहरको तुलनामा तीन गुना तीव्र

कोरोनाको दोस्रो लहर : पहिलो लहरको तुलनामा तीन गुना तीव्र

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत्र २१ भारतमा पहिलो लहरको तुलनामा दोस्रो लहर तीन गुना तेज रहेको पाइएको छ। शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टामा त्यहाँ ८८ हजार नौ सय ८८ जना संक्रमित भेटिएका छन्। अघिल्लो दिनको तुलनामा त्यो संख्या १० हजार बढी हो। सेप्टेम्बर २०२० पछि त्यहाँ एकैदिन उक्त संख्यामा कोरोना संक्रमित बढी भेटिएका हुन्। दोस्रो लहरमा मृत्यु हुनेको संख्या भने निकै कम रहेको छ।...
प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने  कांग्रेसको निर्णय

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, चैत्र २० नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको केन्द्रीय सदस्य डिला संग्राैलाले बताइन्। प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने कांग्रेसले निर्णय गरेको अर्का केन्द्रीय सदस्य प्रदीप पाैडेलले बताए। उनका अनुसार नयाँ सरकार गठनका लागि अग्रसरता लिने पनि बैठकले निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्यालाय सानेपामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य सहभागी छन्।...
सिसडोल तर्फ लागे फोहोरका गाडि

सिसडोल तर्फ लागे फोहोरका गाडि

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, चैत्र २० चैत्र १३ गते देखि सिसडोलवासिले अवरुद्ध गरेको फोहोरको गाडि संचालनमा आएको छ । काठमाण्डौँ महानगरपालिका र सिसडोल प्रभावित बिच भएको छलफल पश्चात फोहोरका गाडि सिसडोल तर्फ लागेको हो । शिक्षा, स्वास्थ्य लगाएतको माग सहित प्रभावित नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकालाई ३/३ करोड रकम दिने निर्णय समेत भएको छ । प्रभावित क्षेत्रका विद्यालयहरुमा संघीय सरकारबाट स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने प्रतिवद्धता व्यक्त गरेका छ । प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने र डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने महानगरको प्रतिवद्धता छ । तर, तत्कालका लागि वैकल्पिक व्यवस्थामार्फत स्वास्थ्य व्यवस्था मिलाउने सहमति पनि भएको छ । स्थानीय प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण गर...
मदरसा शिक्षालाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

मदरसा शिक्षालाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

शिक्षा, समाचार, समाज
कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर बसोबास गर्दै आएका छन् । तर मुस्लिम समुदाय एक यस्तो समुदाय हो जो अहिले एकाईसौं शताब्दीमा आएर पनि विकासको मूलधारमा आउन सकेको छैन । मुस्लिम लगायतका अन्य पछाडि परेका वा पारिएका समुदायलाई विकासको मूलधारमा ल्याउन सक्ने दुई पाटाहरु छन् । यदि यी दुई एक त शिक्षा र अर्को रोजगार पाटालाई आधार बनाइयो भने मुस्लिम समुदाय पनि अरु समुदाय सरह राज्यको मूलधारमा आउन सक्नेछ मुस्लिम समुदाय हरेक क्षेत्रमा पछाडि पर्नुको मुख्य कारण उच्च शिक्षा नहुनु हो जसमा जति कमजोरी समुदायको छ त्यति नै राज्य पनि जिम्मेवार छ किनभने राज्यले मुस्लिम मदरसा शिक्षालाई बढोत्तरीका लागि कुनै विशेष योजना लागु गरेको छैन तर मुस्लिम समाजलाई शिक्षा तथा रोजगारीसँग जोड़ि अगाडि बढाउनको लागि लुम्बिनी प्रदेश सरकारले मदरसा बोर्ड गठन गरी मदरसा शिक्षामा आफ...
किरण चेम्जोङ एसियाको उत्कृष्ट १० खेलाडीको सूचीमा

किरण चेम्जोङ एसियाको उत्कृष्ट १० खेलाडीको सूचीमा

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, चैत्र २० नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एएफसीकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको एएफसी इन्टरनेसनल प्लेअर अफ दि विकमा किरणसहित १० खेलाडी मनोनयनमा परेका हुन् । यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी समेत बने । एएफसीले पछिल्लो भएका भएका खेलहरुमा गरेको प्रदर्शनका आधारमा यो सूची सार्वजनिक गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबार सम्पन्न थ्री नेशन्स कपमा नेपालले उपाधि जित्दा किरण कप्तान थिए । उनको कप्तानीमा नेपालले पहिलो उपाधि जितेको थियो । जसमा तीन खेल खेल्दा किरणले दुई क्लिनसिट राखे भने एक गोल मात्र व्यहोरे । त्यही प्रदर्शनको आधारमा एएफसीले किरणलाई पनि मनोनयनमा राखेको जनाएको छ ।...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, चैत्र २० प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पछिल्लो समसामयिक राजनीतिक विषय र आगामी १४ औं महाधिवेशको विषयमा छलफल गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।...
सिसडोलवासिको आन्दोलनमा कांग्रेस नेता महत र केसिको पनि समर्थन (भिडियो सहित)

सिसडोलवासिको आन्दोलनमा कांग्रेस नेता महत र केसिको पनि समर्थन (भिडियो सहित)

ब्यानर समाचार, राजनिती, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, चैत्र १८ नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोटको सिसडोलमा काठमाण्डौँको फोहोर विसर्जन गर्दै आएको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन सकिदैन भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। सोहि क्रममा चैत्र १३ शुक्रबार देखि त्यहाँका स्थानिय आफूहरु संग भएको सम्झौँता कार्यान्वयन नभएको भन्दै आन्दोलन गरिरहेका छन् । सो आन्दोलनलाई समर्थन गर्न नेपाली कांग्रेसका नेताहरु पनि त्यहाँ पुगेका छन् । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. रामशरण महत, नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसि, नेपाली कांग्रेसका युवा नेता रमेश कुमार महतले सिसडोलवासिको आन्दोलनलाई समर्थन जनाएका छन् । भएका सम्झौँता कार्यान्वयन नहुनु र्दुभाग्य हो, त्यसका विरुद्ध आवाज उठाउनुस् : डा. महत सरकार र प्रभावित क्षेत्र बिच भएका सम्झौँता अझै पनि कार्यान्वयन नहुन...
सिसडोल समस्या समाधानको अन्तिम विकल्प सहमति नै हो : प्रवक्ता डंगोल

सिसडोल समस्या समाधानको अन्तिम विकल्प सहमति नै हो : प्रवक्ता डंगोल

ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, चैत्र १७ नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोटको सिसडोलमा काठमाण्डौँको फोहोर विसर्जन गर्दै आएको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन सकिदैन भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। सोहि क्रममा शुक्रबार देखि त्यहाँका स्थानिय आफूहरु संग भएको सम्झौँता कार्यान्वयन नभएको भन्दैआन्दोलन गरिरहेका छन् । तर काठमाण्डौँ महानगरपालिका भने सहमति बाटै उक्त समस्या समाधान हुने बताउदैँ आएको छ । काठमाण्डौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले १६ वर्ष देखि सहमतिबाटै काम हुदैँ आएकोले यस पटक पनि सहमतिबाटै समस्या समाधान गरिने ईन्टरभ्यु नेपाललाई उनले बताए । हामि संगको कुराकानीमा उनले भने, ५१ जना शिक्षक दरबन्दीको माग नयाँ भएको बताए । एकै पटक त्यति धेरै शिक्षक दरबन्दी उपलब्द गराउन नसके पनि आउँने आर्थिक वर्षहरुमा त्यसलाई पुरा गर्दै जाने उनले बताए । उनले भने, महानगरले सम्झौँताह...
विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख नाघ्यो

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत्र १७ विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५०७ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख ३ हजार ९८८ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ६३ हजार २०६ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ३ लाख १४ हजार २६८ जना, भारतमा १ लाख ६२ हजार १४७ जना, रूसमा ९८ हजार ३३ जना, बेलायतमा १ लाख २६ हजार ६१५ जना, फ्रान्समा ९४ हजार ९५६ जना, इटालीमा १लाख ८ हजार ३५० जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार ५९८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १२ करोड ८२ लाख ३० हजार ६२३ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १९ लाख ८७ हजार ८३७ छ । यसमध्ये ९४ हजार ६६६ जन...
प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

शिक्षा, समाचार, समाज
कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ। देशको हरेक परिर्वतनमा अल्पसंख्यक मुस्लिम समुदायले निस्वर्थ र निडरताका साथ देशको हक हितका लागि ठूलो भूमिका खेल्दै आएको छ । तर नेपाल सरकारले अल्पसंख्यक मुस्लिम समुदायलाई उसको वास्तविक हक अधिकार दिएको छैन । शिक्षा रोजगारी, चाड पर्व विदा लगायत बिषयहरुमा शुरूदेखि अहिलेसम्म पनि सौतेला व्यबहार गरेको सबैलाई अवगत नै छ। अल्पसंख्यक मुस्लिम समुदायको हक हित तथा अधिकार दिलाउनको लागि लामो समय देखि निस्वार्थ रुपमा समय समयमा नेपाल सरकारको ध्यानाकर्षण गराउदै आफ्नो समुदायको हकहित अधिकारको लागि लडदै आएकाे राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी महासचिव मौलाना मशहूद खां नेपालीहरूले समुदायको हकहित अधिकारको लागि लड़ने क्रममा भारतको मदरसा शिक्षा परिषदकाे मान्यता दिएको मोलवी,आलिम डिग्रीलाई ...