काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गते सम्म लम्बियो
काठमाण्डौँ, वैशाख २८
काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा जारी रहने भए सँगै अब होटेल तथा पार्टी प्यालेसमा हुँदै आएको विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा रोक लगाइएको छ ।
मंगलबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा आउँदो जेठ १३ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । सोही बैठकले पार्टी प्यालेसमा हुँदै आएको विवाह, व्रतबन्ध र भोजजस्ता सबै कार्यक्रममा रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
उनले यस्ता कार्यक्रमबाट कोरोना संक्रमण फैलिदै गएको पाईएपछि रोक लगाईएको बताए ।
यस्तै प्रमुख जिल्ला अधिकारीले उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेका छन् । ‘९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको हुनाले किराना र डिपार्टमेन्ट स्टोर १० बजेसम्म खोल्न दिने निर्णय गरेका छौं’ काठमाडौंका...









