Thursday, March 28
Shadow

२४ घण्टामा ५५ जनाको मृत्यु, सक्रिय संक्रमित ६० हजार नजिक


  • -इ
  • इ+

काठमाण्डौँ, वैशाख २१
मंगलबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् भने मृत्युको पनि नयाँ रेकर्ड कायम भएको छ। १६ हजार १३१ जनाको पीसीआर परिक्षण गर्दा ७ हजार ५८७ जनामा र ५७१ जनाको एन्टीजेन परिक्षण गर्दा ७३ जनामा गरी ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५५ जनाको मृत्यु भएको छ ।

थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ४१७ जनाको मृत्यु भएको छ ।

यस्तै, हालसम्म २५३ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २५ लाख ३७ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares