काठमाण्डौँ, जेठ २
दिनहुँ कोरोना संक्रमण बढे संगै नुवाकोटमा थप १५ दिन निषेधाज्ञा थपिएको छ ।
जिल्लामा हाल सम्म सक्रिय संक्रमित ६६८ र ५ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले आईतबार जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।
काठमाण्डौँ, जेठ २
नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ५ सय ३९ पीसीआर परीक्षणबाट ७ हजार ३ सय १६ र ३४४ एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
गत २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
काठमाण्डौँ, वैशाख २८
काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा जारी रहने भए सँगै अब होटेल तथा पार्टी प्यालेसमा हुँदै आएको विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा रोक लगाइएको छ ।
मंगलबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा आउँदो जेठ १३ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । सोही बैठकले पार्टी प्यालेसमा हुँदै आएको विवाह, व्रतबन्ध र भोजजस्ता सबै कार्यक्रममा रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
उनले यस्ता कार्यक्रमबाट कोरोना संक्रमण फैलिदै गएको पाईएपछि रोक लगाईएको बताए ।
यस्तै प्रमुख जिल्ला अधिकारीले उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेका छन् । ‘९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको हुनाले किराना र डिपार्टमेन्ट स्टोर १० बजेसम्म खोल्न दिने निर्णय गरेका छौं’ काठमाडौंका...
काठमाण्डौँ, वैशाख २८
बागलुङको तमानखोला गा.पा. मा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत शनीवार तमानखोला स्थित वडा नं. ३ तमान र वडा नं. ४ लाम्मेलामा गरिएको स्वाव परिक्षणमा २१ जनाको पोजेटीभ देखिएको हो ।
धौलागिरी अस्पताल बागलुङमा गाउपालीकाले २ वटै वडामा पुगेर स्वाव संकलन गरेर गत शनीवार पठाएको थियो , ३१ जनामा गरिएको परिक्षणमा २१ जनामा कोरोना पोजेटीभ देखिएको हो । वडा नं.३ तमानमा ११ जना र वडा नं.४ लाम्मेलामा १० संक्रमित भएका हुन , जसमध्ये वडा नं. ३ बाट वर्ष ३७, ४९, २९, ३७, ५५, ४०, २८, ४३ का आठ महिला र वर्ष ३८, ८१ का दुई पुरुष छन भने वडा नं.४ मा वर्ष ३८, ७३, ६६, ३४, ११ का पाच महिला र वर्ष ४३, ६५, ४९, ५५, ५५ का पाच पुरुष रहेका छन हाल सम्म २० जनाको अवस्था सामान्य रहेता पनी १ जनाको अवस्था जटिल रहेकोले थप अपचारका लागी तत्काल बागलुङ पठाउने तयारी रहेको स्वास्थ्य प्रमुख तिलक छन्त्यालले जानकार...
काठमाण्डौँ, वैशाख २७
कोरोना भाइरसका कारण यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा पनि स्थगित भएको छ ।
सोमबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।
स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन गर्न सकिन्छ भनेर १५ दिनभित्र बोर्ड सदस्यहरूले आ–आफ्ना सुझाव लिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय हुने शिक्षा मन्त्रालयले जनाएको छ ।...
काठमाण्डौँ, वैशाख २६
दिनहुँ कोरोना संक्रमण बढे संगै नुवाकोटमा थप एक साता निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा हाल सम्म सक्रिय संक्रमित ५०७ र २ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले आईतबार जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।
काठमाण्डौँ, वैशाख २१
मंगलबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् भने मृत्युको पनि नयाँ रेकर्ड कायम भएको छ। १६ हजार १३१ जनाको पीसीआर परिक्षण गर्दा ७ हजार ५८७ जनामा र ५७१ जनाको एन्टीजेन परिक्षण गर्दा ७३ जनामा गरी ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५५ जनाको मृत्यु भएको छ ।
थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन् ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ४१७ जनाको मृत्यु भएको छ ।
यस्तै, हालसम्म २५३ जना क्वारेन्...
काठमाण्डौँ, वैशाख २१
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो । निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ ।
यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए ।
पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । बेलुका पूर्ण रुपमा बन्द गरिनेछ । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाई गरिनेछ ।
पराजुलीका अनुसार बैंक तथा वित्ति...
काठमाण्डौँ, वैशाख १२
दक्ष संचारकर्मी उत्पादन हाम्रो चाहना भन्ने उदेश्यका साथ काठमाण्डौँको बाईपासमा फ्रेन्डस् मिडिया ट्रेडिङ्ग सेन्टर संचालनमा आएको छ ।
शनिवार फ्रेन्डस् मिडिया ट्रेडिङ्ग सेन्टर शुभारम्भको शुभकामना दिदैँ अध्यक्ष पोखरेलले वर्तवान समयमा दक्ष संचारकर्मीको अभावमा यस ट्रेडिङ्ग सेन्टर दक्ष संचारकर्मी उत्पादनमा जोड दिनु पर्ने बताए । केन्द्रिय महासंघ र जिल्ला शाखाहरु संग सहकार्य गरेर पनि यस ट्रेडिङ्ग सेन्टरले हरेक स्थानबाट दक्ष संचारकर्मी उत्पादनमा सघाउँ पुर्याउने बताए ।
कार्यक्रमका विशेष अतिथि पत्रकार महासंघ रसुवाका अध्यक्ष केशव पौडेलले उपयुक्त स्थानमा संचालनमा आएको ट्रेडिङ्ग सेन्टरले रसुवा, नुवाकोट, धादिङ लगाएतका स्थानमा पत्रकारिता गरिरहेका र पत्रकारिता गर्न चाहनु भएकाहरुका लागि ठूलो अवसर र महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै पत्रकार महासंघका केन्द्रिय सदस्य ज्ञान ...
काठमाडौँ । लोकपप गायक सुनिल गिरीको नयाँ गीत लेकाली भेगैमाको भिडियो सार्वजनिक गरिएको छ ।
प्रतिवद्धको शब्द शृजनामा गायक सुनिलको संगीत र एरेन्जमा तयार भएको गीतमा सुनिलसँग पोखराकी उर्मिला गुरुगंसँगको रोमान्स देख्न सकिन्छ । यात्राका क्रममा घुम्दै जाने ३ बटुवामध्येका एक सुनिलले देखे लगत्तै उर्मिलाका नजरसँग नजर मिलाउन भ्याई हाल्छन् । भिडियोमा सुनिल र उर्मिलासँगै प्रतिवद्ध र विष्णु कमार बुढाको पनि अभिनय देख्न सकिन्छ ।
लुकिछिपी घुम्दा घुम्दै साटेको मायालाई लोक पप शैलीमा सुनिलले तयार पारेको भिडियो हेर्दा जो कोही युवालाई पनि आफ्ना यात्रा र कलेज लाइफका दिनहरुको याद आउन सक्छ । जानेर नजानेर गरिने प्रेममा देखिने रमइला पलहरुका मिठा दृश्यहरुलाई भिडियोमा जितु तामागंले कैद गरेका हुन् । मनोज कार्कीको सम्पादन रहेको भिडियोको कलरिगं राजेन्द्र मोक्तानको रहेको छ । गायक स्वयमकै निर्देशन रहेको गीतको भिडियो पनि...