Wednesday, July 1
Shadow

समाचार

बृद्धभत्ता ४ हजार पुग्यो

बृद्धभत्ता ४ हजार पुग्यो

आर्थिक, ब्यानर समाचार 2, समाचार, समाज
काठमाण्डौँ, जेठ १५ सरकारले बृद्धभत्ताको रकम ४ हजार रुपैयाँ पुर्याएको छ । यसअघि ३ हजार रुपैयाँ मासिक भत्ता रहेको छ । सरकारले सबै खाले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बिनियोजन गरेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७५३ बटै स्थानीय तहलाई क्वारेन्टाइन, आइसोलेसन, होल्डिङ सेन्टर लगायतका लागि बजेट छुट्याएको छ । बजेटले १०० शय्या वढी क्षमता भएका अस्पतालले आफ्नै अक्सिजन प्लान्ट बनाउनुपर्ने व्यवस्था गरेको छ । नीजि तथा सामूदायिक अस्पताललाइसमेत बजेटले अक्सिजन प्लान्टका लागि ५० प्रतिशत अनुदान दिने भएको छ ।...
सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन

सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन

आर्थिक, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेठ १५ सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताएका हुन् । स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दीगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको पौडेलको भनाइ छ । सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गर्ने पनि पौडेलले बताए ।...
निर्वाचन तोकिएकै समयमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने प्रधानमन्त्रीको दृढता

निर्वाचन तोकिएकै समयमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने प्रधानमन्त्रीको दृढता

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, जेठ १५ मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको सु–अवसरमा आज सरकारले विशेष समारोहबीच चौधौँ गणतन्त्र दिवस मनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मुख्यालय जङ्गी अड्डामा दिवस मनाइएको हो । सैनिक मञ्च टुँडिखेलमा हुँदै आएको कार्यक्रम कोभिड–१९ सङ्क्रमणका कारण सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मनाइएको थियो । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित मन्त्रीगण, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकारी तथा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको सहभागिता थियो । तत्कालीन संविधानसभाले विसं २०६५ जेठ १५ गते राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन दिवस मनाउने गरि...
राष्ट्रका नाममा प्रधानमन्त्री ओलीले गरेका ७२ बुँदे सम्बोधनमा के छ ? (पूर्णपाठ)

राष्ट्रका नाममा प्रधानमन्त्री ओलीले गरेका ७२ बुँदे सम्बोधनमा के छ ? (पूर्णपाठ)

ब्यानर समाचार, राजनिती, समाचार
१४ जेठ २०७८ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं यसको रोकथाम तथा नियन्त्रणका लागि राज्यका सबै संयन्त्र परिचालित गरिएको बताएको थिएँ। सङ्क्रमणको साङ्लो चुँडाउन निषेध आदेशको पालना गर्न र महामारी नियन्त्रणका लागि सरकारले चालेका कदममा साथ दिन आग्रह गरेको थिएँ। २. त्यस यताका पच्चीस दिन हाम्रा लागि निकै कष्‍टकर रहे। यस अवधिमा थप दुई लाख व्यक्ति सङ्क्रमित हुनुभयो। तीन हजारभन्दा बढीले ज्यान गुमाउनु भयो। अक्सिजन र शय्या व्यवस्थापनका लागि यो समय निकै चुनौतीपूर्ण रह्‍यो। लिक्विड अक्सिजन आयातमा समस्या पैदा भयो। अक्सिजन सिलिण्डरको अभाव खट्कियो। ३. समाधानका लागि हामीले सम्पूर्ण शक्ति केन्द्रित गर्‍यौं। त्यसले गर्दा अहिले स्थितिमा सुधार आएको छ। भारतबाट लिक्विड ...
काँग्रेस नेता शेरचनको सक्रियतामा चार लाख मुल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण

काँग्रेस नेता शेरचनको सक्रियतामा चार लाख मुल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, जेठ १२ बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका निम्ती करिब चारलाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको छ । कोभिड १९ रोकथाम र व्यवस्थापनका निम्ती नेपाल ह्यारीटेज च्यारीटी फाउन्डेशन अफ विसी क्यानडाका अध्यक्ष देवेन्द्र मल्लको आर्थिक सहयोग तथा नेपाली काँग्रेसका नेता जित शेरचन र काठमान्डौमा वस्दै आउनुु भएका समाजसेवी विपिन मल्लको सक्रियतामा खरिद गरीएको स्वास्थ्य सामाग्रि नगरप्रमुख देवकुमार नेपाली र स्वास्थ्य कर्मिको रहोभरमा नेता जित शेरचनले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो । कोभिड १९ व्यवस्थापनमा तत्काल आवस्यक पर्ने अक्सिजन कन्सन्टेटर मेशिन ३ थान, अक्सिमिटर २५ पिस, माक्स चार हजार पिस, सेनिटाईजर २० लिटर, सिटामोट ८ सय स्टिक र आइसोलेशनका निम्ती १५ थान तन्दा गरी करिब चारलाख रुपैयाँको स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको शेरचनले बताउनु भयो । अझैपनी स्...
कोरोना महामारीमा २३ जनाले गरे रक्तदान

कोरोना महामारीमा २३ जनाले गरे रक्तदान

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
रामेश्वर गजुरेल/नुवाकोट, जेठ १२ विश्वव्यापि महामारीको रुपमा रहेको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण जो कोहिलाई पनि रगतको अभाव नहोस् भन्ने उदेश्यका साथ ब्लड अन रिकोएस्ट इन नुवाकोटले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । ”रक्तदान जिवनदान ” भन्ने उदेश्यका साथ नुवाकोट ,रसुवा ,र धादिङ तथा काठमाडौंमा रहेका विरामीहरुलाई स्वत स्फुर्त रुपमा आफ्नो अमुल्य रगत दान गरेर धेरै जनाको जिवन वचाउने जुझारु व्यक्तिहरुको संस्था ब्लड अन रिकोएस्ट इन नुवाकोटको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको छ । नेपालमा फैलदो कोभिडको महामारी वाट छिटो निको हुने गरी प्लाज्माथेरापी पद्दतिवाट संक्रमितको उपचार सफल भईरहेको अवस्थामा देशभर प्लाज्माको अभाव हुनु , नुवाकोटमा कोभिड जित्नेको उच्चतम संख्या रहेकोले यस रक्...
१२ गते नुवाकोटमा रक्तदान कार्यक्रम हुने

१२ गते नुवाकोटमा रक्तदान कार्यक्रम हुने

टिप्स, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
रामेश्वर गजुरेल,नुवाकोट ''रक्तदान जिवनदान '' नुवाकोट ,रसुवा ,र धादिङ तथा काठमाडौंमा रहेका विरामीहरुलाई स्वत स्फुर्त रुपमा आफ्नो अमुल्य रगत दान गरेर धेरै जनाको जिवन वचाउने जुझारु व्यक्तिहरुको संस्था Blood on Request in Nuwakot को आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा आमागी जेठ १२ गते रक्तदान कार्यक्रम आयोजना हुन लागेको हो । नेपालमा फैलदो कोभिडको महामारी वाट छिटो निको हुने गरी प्लाज्माथेरापी पद्दतिवाट संक्रमितको उपचार सफल भईरहेको अवस्थामा देशभर प्लाज्माको अभाव हुनु , नुवाकोटमा कोभिड जित्नेको उच्चतम संख्या रहेकोले यस रक्तदान ( प्लाज्मा) कार्यवाट काठमाडौंमा विभिन्न जिल्लावाट कोभिड संक्रमित भई उपचारको लागी प्लाज्माको खोजिमा भौतारीरहनुभएकालाई केहि राहत मिल्ने विश्वास रहेको आयोजकको भनाई रहेको छ । सो रक्तदान कार्यमा कोभिड संक्रमण भई निको हुनु भ...
ब्लड अन रिकोएस्ट इन नुवाकोटद्वारा सुरक्षाकर्मिलाई पिपिई सेट हस्तान्तरण

ब्लड अन रिकोएस्ट इन नुवाकोटद्वारा सुरक्षाकर्मिलाई पिपिई सेट हस्तान्तरण

ब्यानर समाचार 2, समाचार, समाज, स्वास्थ्य
रामेश्वर गजुरेल/नुवाकोट,जेठ १० सामाजिक कार्यमा नुवाकोट जिल्लामा अग्रणी अवस्थामा रहेको रक्तदाताहरुको साझा सस्था  Blood on Request in Nuwakot द्वारा यस अघि कोभिड महामारीमा नुवाकोट जिल्लामा कार्यरत सुरक्षाकर्मि शसस्त्र प्रहरी ,नेपाल प्रहरी लाई फेस सिल्ड , मास्क ,सेनिटाईजर प्रदान गरेका थिय भने आज कोभिड १९ संक्रमित भई मृत्युवरण गरेका मृतकहरुको शब व्यवस्थापन कार्य गरिरहनुभएका नेपाली सेनालाई शव व्यवस्थापनमा अत्यावश्यक पिपिई सेट हस्तान्तरण गरेका छन् । आफु सँग सँगै सुरक्षाकर्मि पनि सुरक्षित तवरले यो महामारीमा सकारले दिएको जिम्मेवारी पुरा गर्न सुरक्षित रहुन,कार्यक्षेत्रमा जनतावाट प्राप्त हौसला र सहयोगले सुरक्षाकर्मिको मनोवल उच्च होस् भन्ने मनसायले सामाग्री हस्तान्तरण गरिएको Blood on Request in Nuwakot ले बताएको छ । महामारीमा आफु पनि जोगिउँ ,अरुलाई पनि जोगाउँ , रक्तदान जिवनदान भन्ने मुल सिद्वा...
संक्रमण बढे संगै ककनी ३ को वडा कार्यालय आसपासमा निषेधाज्ञा थप कडाइ

संक्रमण बढे संगै ककनी ३ को वडा कार्यालय आसपासमा निषेधाज्ञा थप कडाइ

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, जेठ ४ कोरोना भाईरस अर्थात कोभिड १९ को दोस्रो लहर विश्वव्यापी रुपमा चलिरहेको छ । नेपालमा पनि संक्रमण दर र मृत्यु दर दिन प्रतिदिन बढि रहेको छ । सोहि क्रममा नुवाकोटमा पनि सक्रिय संक्रमितको दर बढ्दो क्रममा रहेको छ । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटमा सबै स्थानिय तह प्रभावित भएको छ । त्यस्तै ककनी गाउँपालिका वडा नं ३ मा एकै दिन १४ जनालाई कोरोना संक्रमण भए संगै निषेधाज्ञा कडाई गरिएको छ । वडा कार्यालय रहेको ढोकाभज्याङ क्षेत्र सिल गरिएको वडाध्यक्ष घननाथ बजगाईले बताएका छन् । संक्रमणले विकराल रुप लिईरहेको छ । संक्रमितहरु बढे संगै अस्पतालहरु सबै भरिएका छन् । अक्सिजन नपाएर मानिसहरु अस्पतालको बेडका छटपटाएर मृत्यु भईरहेको छ । त्यसैले सरकारले जारी गरेको निषेधाज्ञाको पूर्ण पालना गरेर आफू सुरक्षित हुनुनै कोरोना संक्रमण बाट टाडा रहने उपाय हो । दिनहुँ कोरोना...
कोरोनाबाट ज्यान बचाउन सांसद खतिवडाको अक्सिजन संकलन र सहयोग अभियान

कोरोनाबाट ज्यान बचाउन सांसद खतिवडाको अक्सिजन संकलन र सहयोग अभियान

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
नुवाकोट, ३ जेठ पछिल्लो समय दिनानुदिन बढिरहेको कोरोना संक्रमणका बिरामीहरुको अत्याधिक चापसँगै उपचारमा आवश्यक अक्सिजनको समेत अभाव हुँदा मुलुकभर अकालमै मृत्युवरण गर्नेहरुको संख्या उच्च छ । यस्तो संकटकाबीच अक्सिजन नपाएकै कारण बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य लिएर बागमती प्रदेशसभाका सदस्य तथा नेकपा (माओवादी केन्द्र) नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले अक्सिजनको संकलन र सहयोग अभियान सुरु गरेका छन् । अभियानको थानलीस्वरुप पहिलोपटक जिल्ला त्रिशुली अस्पताललाई अक्सिजन सहितको सिलिण्डर सहयोग गरेका छन् । आफ्नै व्यक्तिगत लगानीमा खरिद गरिएको ६ हजार ८ सय लिटर अक्सिजनसहितको १० थान सिलिण्डर हस्तान्तरण गरेका हुन् । बिरामीहरुले अक्सिजनकै अभावमा मृत्युवरण गर्नु परिरहेको कहालिलाग्दो यस्तो महामारीमा आफ्नो दायित्व निर्वाहकै क्रममा पहिलो चरणको सहयोग स्वरुप अक्सिजन सहितको सिलिण्डर अस्पताललाई सहयोग गरिएक...