Wednesday, July 1
Shadow

समाचार

मानव सेवा आश्रमबाट भागेका जमकटेलको खोजि गर्न आग्रह

मानव सेवा आश्रमबाट भागेका जमकटेलको खोजि गर्न आग्रह

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, जेठ २६ बिगत लामो समय देखि मानसिक असन्तुलन भएका नुवाकोट विदुर नगरपालिका वडा नं ५ का राम प्रसाद जमकटेल मानव सेवा आश्रमको पर्खाल नागी भागेको छन् । उपचारको लागि मानव सेवा आश्रम भक्तपुर कौसलटार शाखामा बिगत १ वर्ष देखि रहदै आएका जमकटेल त्यहाँ बाट भागि बेपत्ता भएकाले उनको खोजिको लागि स्थानियहरुले पहल गरिरहेका छन् । ३५ वर्षका जमकटेललाई उपचारार्थ बिदुर नगरपालिका को केही वडा , स्थानिय युवाको सहयोग र बिदुर नगरपालिका कार्यालयको समन्वयमा मानव सेवा आश्रम भक्तपुर कौसलटार शाखा मा राखिदै आईएको थियो । उनी उक्त ठाउँबाट नुवाकोट नै आएको हुन सक्ने भएकाले देख्नुहुने जो कोहिले पनि बिदुर नगरपालिकाको कार्यालय नजिकैको प्रहरी चौकी वा 9841835974 मा सम्पर्क गरि पुन त्यही राख्नको लागि सहयोग गरिदिन स्थानिय युवा दीपक अधिकारीले आग्रह गरेका छन् ।...
नुवाकोटमै पहिलो पटक विदुर ५ को कार्यालयले सुरु गर्यो नि:शुल्क औषधि र एम्बुलेन्स सेवा

नुवाकोटमै पहिलो पटक विदुर ५ को कार्यालयले सुरु गर्यो नि:शुल्क औषधि र एम्बुलेन्स सेवा

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, जेठ २४ वडावासि स्वास्थ्यलाई ख्याल गर्दै विदुर नगरपालिका वडा नं ५ को कार्यालयले नि:शुल्क औषधि र एम्बुलेन्स सेवा सुरु गरेको छ । दीर्घ रोगि, अशक्त, असहाय र गरिव वर्गहरुलाई लक्षित गर्दै वडा कार्यालयले नि:शुल्क एम्बुलेन्स सेवा र औषधि वितरण कार्य सुरु गरेको छ । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटमा ८८ वटा वडा रहेको छ । जस मध्ये विदुर नगरपालिकाको वडा नं ५ ले उक्त सेवा जिल्लामा नै पहिलो पटक सुरु गरेको छ । वडा अध्यक्ष शिव कुमार चित्रकारको सक्रियतामा वडा सदस्य र वडा कार्यालयमा कार्यरत कर्मचारीको आर्थिक सहयोगमा उक्त सेवा सुचारु गरिएको हो । आज सोमवार वडावासि राजेन्द्र नेपाली र रामशरण नेपाली लाई आवश्यक औषधि हस्तान्तरण गरेर सो सेवाको सुरुवात गरिएको छ । निशुल्क औषधि र एम्बुलेन्स सेवाका लागि जनप्रतिनिधि र कर्मचारीले एक महिनाको पारिश्रमिक हस्तान्तरण गरेका छन् । वड...
कोरोना महामारीले रोक्न सकेन राष्ट्र प्रेम, उत्रिए विरोधमा जलाए पुत्ला

कोरोना महामारीले रोक्न सकेन राष्ट्र प्रेम, उत्रिए विरोधमा जलाए पुत्ला

ब्यानर समाचार, राजनिती, समाचार
राजेन्द्र गजुरेल/नुवाकोट, जेठ २४ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाईरसले त्रसित नेपाली भाईरस भन्दा पनि देशको वर्तवान राजनितिले आत्तिएका छन् । सत्ता टिकाउने खेलमा गरिएको आत्मघाति निर्णयहरुले नेपाली जनता आजित भएका छन् । राष्ट्रिय स्वाभिमान नै गुम्ने खतराले त्रसित छन् नेपाली जनता । वर्तवान सरकार टिकाउनकै लागि हिजोका दिनमा नेपालको संविधान जलाउने देखि कयौँ राष्ट्रघाति काम गरेका व्यक्तिलाई सरकारको उप प्रधानमन्त्री बनाईएको छ । नवनियुक्त उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको आफ्नै अभिव्यक्तिका कारण नियुक्ति भएको २४ घण्टा भित्र देश भर चर्को विरोध संगै पुत्ला दहन समेत भयो । राष्ट्रप्रेमि नेपालीले कोरोना महामारीमा समेत आफ्नो ज्यानको प्रवाह नगरी, नेपाली हामि रहौला कहाँ नेपालै नरहे भन्ने भावनाका साथ विरोधको मैदानमा उत्रिएका छन् । मन्त्री राजेन्द्र महतोले...
एनआरएनए क्युस्युको संयोजकमा नुवाकोट पञ्‍चकन्याका अर्जुन थापा

एनआरएनए क्युस्युको संयोजकमा नुवाकोट पञ्‍चकन्याका अर्जुन थापा

अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाण्डौँ, जेठ २३ गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान क्युस्युको संयोजकमा अर्जुन थापा निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट थापाको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा भएको हो । संयोजकमा निर्वाचित थापा यसअघि सचिवको जिम्मेवारीमा थिए । नुवाकोट पञ्‍चकन्या गाउँपालिका ३ घलेगाउँमा जन्मिएका थापा सन् २०१२ मा जापान प्रवेश गरेका हुन् । हाल फुकुओका जापान बस्दै आएका उनी स्नातक हुन् । विद्यालय जीवनदेखि नै सामाजिक काममा रुची राख्ने संयोजक थापा नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबका संस्थापक अध्यक्ष हुन् भने फुकुओका नेपाल सोसाईटीका सदस्य हुन् । यस्तै एनआरएनए क्युस्युको उपसंयोजकहरुमा भीमबहादुर गुरुङ, विवेक बुढाथोकी, महिला उपसंयोजकमा कमला पाण्डे, सचिवमा कृष्णहरि पाठक, सहसचिवमा सुनील श्रेष्ठ, भीमबहादुर बुढाथोकी, कोषाध्यक्षमा केशवकुमार लामिछाने र सहकोषाध्यक्षमा...
उपप्रधानमन्त्री महतोको चर्को विरोध, देश भर पुत्ला दहनको तयारी

उपप्रधानमन्त्री महतोको चर्को विरोध, देश भर पुत्ला दहनको तयारी

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, जेठ २२ नवनियुक्त उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । पदभार ग्रहण गरेको २४ घन्टा नबित्दै उपप्रधानमन्त्री महतोले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै पुत्ला जलाउन थालिएको छ । आज शनिवार उनले बहुल राष्ट्रिय राज्यको वकालत गरेको भन्दै उनको अभिव्यक्तिप्रति तिब्ररुपमा विरोध समेत भईरहेको छ। उनको अभिव्यक्तिपछि देश भर विरोधका साथै पुत्ला जलाउने तयारी भईरहेको छ । सामाजिक संजालमा चर्को विरोध संधै सचेत नेपालीले खुलेर विरोध गर्न आव्हान समेत गरिएको छ । मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका थिए। शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअन...
रक्तदानमा नुवाकोटका युवाको सक्रियता बढ्दो

रक्तदानमा नुवाकोटका युवाको सक्रियता बढ्दो

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट,जेठ २२ रक्तदानमा नुवाकोटका युवाको सक्रिय सहभागिता बढ्दै गएको छ । विश्वव्यापि महामारीको रुपमा रहेको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण जो कोहिलाई पनि रगतको अभाव नहोस् भन्ने उदेश्यका साथ नुवाकोट जिल्लामा रगत व्यवस्थापनमा क्रियाशिल संस्था Blood On Request In Nuwakot ,को आयोजना ,दाह्री ग्याङ नुवाकोट , र विदुरनगरपालिका वडा नं ७ तुप्चेमा अवस्थित श्री जन जागृती युवा क्लवको सह आयोजना ,नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र कलोनीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । करिव २९ जना रक्तदाताहरुले स्वत : स्फुर्त रुपमा उपस्थिति भई आफ्नो अमुल्य रक्तदान गर्नुभएको सो कार्यक्रममा सम्पुर्ण रक्तदाताहरुलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरिएको छ । एक हप्ता अगाडी मात्र आयोजक Blood On Request In Nuwakot ले प्लाज्मा र रक्तदान गरी संकलित सम्पुर्ण रगत नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र भक्...
पन्चदेवल विनाएक नगरपालिकामा कर्ण विश्वकर्माद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

पन्चदेवल विनाएक नगरपालिकामा कर्ण विश्वकर्माद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, जेठ २२ सामाजिक काममा अत्यन्तै क्रियाशील स्वास्थ्यकर्मी कर्ण विश्वकर्माको नेतृत्वोमा पन्चदेवल नगरपालिका अछाम लाई करिव ४ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तारण गरिएको छ । कोरोना भाईरसको पहिलो लहर सुरु भएदेखि नै ठाँउ ठाँउमा स्वास्थ्य सामाग्री सहयोग गर्दै आएका विश्वकर्माले यो पटक अमेरिकामा बसोबास गर्दै आएका केहि मनकासर ब्यक्ति र सिन्धुपाल्चोक घर भई हाल काठमाडौंमा व्यावसाय गर्ने राजेन्द्र घतानी संगको सहकार्यमा नगरपालीका लाई राहत सामाग्री हस्तान्तरण गरेका हुन । सहिद गंगालाल अस्पताल काठमाडौंमा कार्यरत स्वास्थ्यकर्मी विश्वकर्माले पन्चदेवल नगरपालिका अछाम लाइ करिब चार लाख बराबरको कोरोना महामारीका लागि आवश्यक मेडिसिन र तीन थान कन्स्ट्रसर मेसिन,एक सय पचास पिपि सेट,बीस सेट वसिमेट,दुई हजार पिस माक्र्स,दुई हजार पिस गोलोप्स,पचास पिस भाईजर छन। विश्वकर्माले आपतकालीन समयमा अक्सिजन उपलब्ध ब...
एम्बुलेन्स र औेषधि सेवा नि:शुल्क दिदैँ विदुर ५ को कार्यालय

एम्बुलेन्स र औेषधि सेवा नि:शुल्क दिदैँ विदुर ५ को कार्यालय

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, जेठ १९ कोभिड १९ अर्थात कोरोना भाईरस बाट प्रभावित वडावासि विशेष गरी दीर्घ रोगि, अशक्त, असहाय र गरिव वर्गहरुलाई लक्षित गर्दै विदुर नगरपालिका वडा नं ५ को कार्यालयले नि:शुल्क एम्बुलेन्स सेवा र औषधि वितरण कार्य सुरु गरेको छ । १७ गते सोमवार सुचना जारी गर्दै वडाले उक्त सेवा सुचारु गरेको जनाएको छ । वडा अध्यक्ष शिव कुमार चित्रकारको अग्रतामा उक्त सेवा सुरु गरिएको छ । वडा क्षेत्रमा रहेकाहरुलाई निषेधाज्ञाको समयमा यातायातका कारण जिल्ला अस्पताल सम्म पुग्नको लागि नि:शुल्क एम्बुलेन्स सेवा सुचारु गरिएको छ । त्यस्तै मुटु, उच्च रक्तचाप, मधुमेह, मृगौला, दम लगाएतका दीर्घ रोगिलाई लक्षित गर्दै नि:शुल्क औषधि वितरण गरिरहेको छ । सेवाको उपयोगको लागि नागरिकता वा मतदाता परिचय पत्रको प्रतिलिपि र डाक्टरको सिफरिस पत्र आवश्यक पर्ने वडाले जारी गरेको सुचनामा उल्लेख छ । ...
स्वाथ्य सामाग्री खरिद गर्न १ लाख आर्थिक सहयोग गर्ने दम्पतीलाई धन्यवाद ज्ञापन पत्र

स्वाथ्य सामाग्री खरिद गर्न १ लाख आर्थिक सहयोग गर्ने दम्पतीलाई धन्यवाद ज्ञापन पत्र

आर्थिक, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, जेठ १५ यतिबेला विश्वसमुदायमा फैलीएको कोरोना भाईरसले सहरमा मात्रै नभएर गाउ गाउमा समेत मान्छेमा त्रास सृजना गरेको छ । दिनप्रतिदिन संक्रमितको संख्या थपिदै जाने र उपचारमा विभिन्न स्वास्थ्य सामाग्री अभाव हुन थाले संगै सबै स्थानीयतह हरुले यतिबेला आ आफ्नो ठाँउबाट सहयोग अपील गरिरहेका छन , यसै अन्तर्गत पश्चिम बाग्लुङको तमानखोला गा.पा.मा पछिल्लो केहि हप्ता यता निरन्तर रुपमा संक्रमण बढेपछि स्थानीयमा त्रास सृजना भएको हो , संक्रमण दर बढे संगै उपचारमा समस्या आउने देखिएकाले गा.पा.ले सहयोग अपील समेत गरेको छ । बढ्दो समस्यालाई मध्यनजर गर्दै तमानखोला गा.पा. ५ खुखांनीमा आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न नगद १ लाख आर्थिक सहयोग गर्ने तुलेन्द्र सुन्चौरी र उनका दम्पतीलाई वडाले धन्यवाद ज्ञापन गरेको छ । महामारीको बेला स्थानीय बासिन्दाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आपतकालीन समयमा आर्थिक ...
विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ऋण दिइने

विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ऋण दिइने

आर्थिक, ब्यानर समाचार, शिक्षा, समाचार
काठमाण्डौँ, जेठ १५ सरकारले वैकल्पिक शिक्षालाई सहयोग पुर्‍याउन विद्यार्थीलाई ल्यापटप खरीदमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै सार्वजनिक विद्यालय तथा क्याम्पसको माध्यमिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीका लागि एउटा ल्यापटप खरीद गर्न रु.८० हजारसम्म ऋण दिने बताएका हुन्। यस्तो ऋणको ब्याजदर १ प्रतिशत मात्रै हुनेछ भने कर्जाको अवधि दुई वर्ष हुनेछ।...