Wednesday, July 1
Shadow

समाचार

संविधान दिवसको दिन राजावादीले गरे प्रदर्शन

संविधान दिवसको दिन राजावादीले गरे प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, असोज ३ संविधान दिवसको दिन संयुक्त जनआन्दोलन मोर्चाले प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डलामा उनीहरूले गणतन्त्रको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले राजा आऊ देश बचाऊ, महेन्द्र पथ जिन्दावाद, असोज तीन कालो दिन जस्ता नारा लगाएका थिए । संवैधानिक राजसंस्था स्थापना, वैदिक सनातन हिन्दू अधिराज्य कायम, संस्थागत भ्रष्टाचारको अन्त्यको माग गर्दै प्रर्दशन गरेका हुन् ।...
बन्चरे डाँडामा सदाका लागि फोहोर बन्द गर्न स्थानियले गरे आन्दोलन

बन्चरे डाँडामा सदाका लागि फोहोर बन्द गर्न स्थानियले गरे आन्दोलन

समाचार, समाज, स्थानिय तह
काठमाण्डौं, असोज २ लक्ष्मण श्रेष्ठ नुवाकोट, ककनी गाउँपालिकाको वडा नं २ बन्चरे डाँडामा फोहोरमैला सदाकालको लागि बन्द गर्न स्थानियले आन्दोलन गरेका छन् । संबिधानले सुनिस्चित गरेको मौलिक हक भित्र पर्ने सबै नागरिक सो सरह स्वच्छ वातावरणमा बाच्न पाउने अधिकार हनन् नगर, आफ्नो फोहोर आफै व्यवस्थापन गर भन्दै धादिङ धुनिवेशि नगरपालिकाका मेयर बालकृष्ण आचार्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । विगत १६ वर्ष देखि नुवाकोटको ककनी गाउँपालिकाको वडा नं १ सिसडोलमा काठमाण्डौं, ललितपुर र भक्तपुर  मात्र नभइ धुलिखेल र बनेपा छेउ सम्मको फोहोर फालिदै आएको र अहिले सिसडोलमा वातावरण प्रदुषण हुन थालेपछि बन्चरे डाँडामा सार्न लाइ तयारि हुदै गर्दा फोहोर फल्न नदिने भन्दै त्यहाँका स्थानियहरु आन्दोलनमा उत्रिएका छन् । लामो समय देखि फोहोरमैलाले निम्त्याएको समस्या समाधान नभई पटक पटक भएका सम्झौँताहरु पनि कार्यन्व...
विवेकशील साझा पार्टी ,नुवाकोटद्धारा एमसिसि विरुद्ध प्रदर्शन

विवेकशील साझा पार्टी ,नुवाकोटद्धारा एमसिसि विरुद्ध प्रदर्शन

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, भाद्र ३१ विवेकशील साझा पार्टी ,नुवाकोटले एमसिसि विरुद्ध प्रदर्शन गरेको छ । बिहिवार नुवाकोटको सदरमुकाम विदुरमा विरोध गरेको हो । एमसीसी कुनै अनुदान होइन मात्र हस्तक्षेप गर्ने योजना हो , विरालो बनेर छिर्ने सिंह बनेर नेपालमा राज गर्ने योजना हो भन्दै विवेकशील साझा पार्टी ,नुवाकोटका संयोजक दामोदर नेपालको नेतृत्वमा पार्टी सदस्य तथा अन्य देश प्रेमि नागरिकहरुको समेत सहभागितामा विरोध सभा गरेका थिए । ...
बन्चरे डाँडामा फोहोरमैला सदाकालको लागि बन्द गर्ने

बन्चरे डाँडामा फोहोरमैला सदाकालको लागि बन्द गर्ने

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, भाद्र ३० बन्चरे डाँडामा फोहोरमैला सदाकालको लागि बन्द गर्न स्थानियले आन्दोलन गर्ने भएका छन् । स्थानिय युवा क्लवहरुले एक सुचना प्रकाशित गर्दै असोज २ गते आन्दोलन गर्ने जनाएका छन् । विगत १६ वर्ष देखि नुवाकोटको ककनी गाउँपालिकाको वडा नं १,२ र ३ को साथै धादिङको धुनिवेशि नगरपालिकाको वडा नं १ सिसडोलको फोहोरले प्रभावित भईरहेका छन् । लामो समय देखि फोहोरमैलाले निम्त्याएको समस्या समाधान नभई पटक पटक भएका सम्झौँताहरु पनि कार्यान्वयन नभएको भन्दै स्थानिय ककनी प्रगतिशिल युवा क्लव, जनजागरण युवा क्लव, करुण युवा क्लव र रोयल युथ क्लवले संयुक्त रुपमा बन्चरे डाँडामा आन्दोलन गर्ने भएका छन् । बन्चरे डाँडामा फोहोर सदाकालको लागि बन्द गर्नलाई प्रभावित क्षेत्रका सम्पूर्ण स्थानियलाई उपस्थीत हुन आयोजक क्लवहरुले सुचना मार्फत अनुरोध गरेका छन् ।  ...
कक्षा १२ को परीक्षा सुरु

कक्षा १२ को परीक्षा सुरु

शिक्षा, समाचार
काठमाण्डौ,भाद्र ३० कोरोनाका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आज देखि सुरु भएको छ । आजदेखि सुरु भएको परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै फेरि स्थगित गरिएको थियो । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । विषम परिस्थिति भएकोले यो वर्ष विद्यार्थीलाई होम सेन्टरबाटै परीक्षा दिने व्यवस्था गरिएको छ । साथै, कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीलाई पनि छुट्टै राखेर परीक्षा लिन सकिने व्यवस्था बोर्डले गरेको छ । परीक्षा केन्द्रमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न बोर्डले अनुरोधसमेत गरेको छ । यसपटकको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । भौतिक रुपमै प...
बालबालिकाका समस्या र समाधानका उपाय

बालबालिकाका समस्या र समाधानका उपाय

जिवनसैली, विचार, समाचार, समाज
 यो अनन्त संसारको विशाल जनसमुदायमा मानबिय जीवन वृद्धि बिकासका विभिन्न चरणहरुको अर्थ पुर्ण बिबिधता सङग परिचितहुने ब्यक्ती थुप्रै होलान। तर ती चरणहरु पार गर्दाका बेला भोग्नु परेका विभेद पुर्ण व्यबहारले जन्मदिएको पीडा र सङघर्स सङग साइनो गास्ने ब्यक्ती सायद बिरलै भेटियलान।जसमध्ये बाल्याबस्थामा हुने हिन्सा,दुव्र्यवहारको विरुद्धमा पहिलो पटक एगलाइनटाइन जेबले बालधिकार न्याय सम्बन्धि पहिलो आवाज उठाइन र जसको फलस्वरूप सन १९८९ मा अन्तर्राष्ट्रिय बालअधिकार महासन्धी सम्पन्न भयो। तर पनी पछिल्लो समयमा अन्तरास्ट्रिय र रार्ष्ट्रिय जगतमा हिंसा,शोषण,गरिबी र दुव्र्यवहार न्यूनीकरण गर्नको लागि दर्जनौं ऎन,नियमावली,सन्धी,उपसन्धी र संविधान अनुमोदन भय दर्जनौ बाल अधिकार संरक्षणका कानुन फेरिय सयौ मात्रामा बाल अधिकार संरक्षण गर्ने मुलभुत उद्देश्य लियका संघ सस्था दर्ता भयता पनि हाम्रो समाजमा विभिन्न धार्मिक,सा...
असोज ६ देखि ७० लाख कित्ता आईपिओ निष्काशन हुदैँ, कति दिने आवेदन ?

असोज ६ देखि ७० लाख कित्ता आईपिओ निष्काशन हुदैँ, कति दिने आवेदन ?

आर्थिक, टिप्स, समाचार
काठमाण्डौ,भाद्र २९ साहस उर्जा लिमिटेडले यही असोज ६ गतेदेखि सर्वसाधारणका लागि ७० लाख कित्ता साधारण सेयर (आईपीओ) आईपीओ निष्काशन गर्ने भएको छ कम्पनीले पहिलो चरणमा साउन २९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार सेबोनमा निवेदन पेश गरेको थियो । कम्पनीले ३५ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण सेयर निष्काशन ...
‘यो मेरो दिल’ फिल्म नुवाकोटमा बन्दै

‘यो मेरो दिल’ फिल्म नुवाकोटमा बन्दै

मनोरञ्जन, समाचार, समाज
काठमाण्डौँ, भाद्र २९ स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाको समूहमा फिल्म छायांकन गर्ने अनुमति सरकारले दिएपछि अहिले धमाधम फिल्म छायांकनका लागि फ्लोरमा निस्किन थालेका छन् । यस्तैमा फिल्म ‘यो मेरो दिल’ पनि छायाँकन सुरु भएको छ । फिल्मको आइतबार सुटिङ सुरु भएको हो । फिल्म नुवाकोट आसपासको स्थानमा छायाँकन भइरहेको निर्देशक शंकर अधिकारी घायलले बताए । फिल्मले प्रेमका आरोह र अवरोहको कथा बिषयबस्तु बनाएको उनले सुनाए । समाजभित्रका विभिन्न विकृति र कुरीतिलाई समेत देखाउने फिल्ममा विवन तामाङ, प्रवेश लिम्बू, प्रतिमा राई, रोशिल रोशिल, रेनु थापा, सूर्य तामाङ, दसबहादुर तामाङ, पदम सुनार लगायतको अभिनय रहेको छ । दिवस गुरुङको छायांकन, राजन महर्जनको नृत्य रहने फिल्मको प्रदर्शन आउँदो तिहारमा हुने निर्माण युनिटले जनाएको छ ।...
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे) नुवाकोट शाखा गठन

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे) नुवाकोट शाखा गठन

ब्यानर समाचार, समाचार, स्थानिय तह
नुवाकोट,भाद्र २६ फोटो पत्रकारितामा आवद्धहरुको भेलाले राष्ट्रिय फोटो पत्रकार समूह नुवाकोट गठन गरेको छ । विदुरमा सम्पन्न समूहको प्रथम भेलाले आगामी तीन वर्षे कार्यकालका लागि प्रकाश सिलवालको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ । शनिबार फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारको प्रमुख आथित्व तथा फोटो पत्रकार समुह नुवाकोटका संयोजक राजेन्द्र गजुरेलको सभापतित्वमा नुवाकोटको बिदुरमा सम्पन्न भेलाले सिलवालको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । भेलाले उपाध्यक्षमा हरिराम भेटुवाल, सचिवमा महेन्द्र अधिकारी, कोषाध्यक्षमा केरिना शाक्यलाई चयन गरेको छ । सदस्यहरुमा सन्जय भट्ट, उषा रेग्मी र सन्नी श्रेष्ठ चुनिएका छन् ।   भेलाको उद्घाटन समूहका केन्द्रीय अध्यक्ष राजेन्द्र चित्रकारले उद्घाटन गरे । उनले पत्रकारिताको सौन्दर्य फोटो भएका कारण यस...
अनेरास्ववियु(क्रान्तिकारी)को १५ औं जिल्ला सम्मेलन हुने

अनेरास्ववियु(क्रान्तिकारी)को १५ औं जिल्ला सम्मेलन हुने

राजनिती, समाचार, समाज, स्थानिय तह
लक्ष्मण श्रेष्ठ २५ भाद्र,काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी नुवाकोटको १५ औं जिल्ला सम्मेलन भाद्र २९ गते होटल याङ्ग्रा ढुङ्गेमा हुने भएको छ । वैज्ञानिक र समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो अभियान नाराका साथ सुदृढ निर्माण सँगठनका लागि जिल्ला सम्मेलन गर्न लागेको अनेरास्ववियु(क्रान्तिकारी)ले जनाएको छ । शिक्षा क्षेत्रमा आईपर्ने विभिन्न खालका वेथिति समस्याहरुलाई समाधान गर्नका लागि र वैज्ञानिक शिक्षा प्रणालीको वृद्धि र बिकासका लागि महत्वपूर्ण भूमिका खेल्ने जिल्ला क्याम्पस इन्चार्ज राजेन्द्र पनेरुले बताएका छन् । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय रहेको नुवाकोटमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको भेला भईरहेको छ । समाजमा रहेका हरेक नकारात्मक कुराहरुलाई शिक्षाले नै सकारात्मक परिर्वतनका लागि महत्व पूर्ण...