Thursday, April 25
Shadow

कृष्ण लामिछाने र कमला पोखरेलको स्वरमा “लुट्यो खुसी सबै” सार्बजनिक


  • -इ
  • इ+

महेन्द्र अधिकारी/असोज ०५,ललितपुर
नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक कृष्ण लामिछाने को अर्को गीत “लुट्यो खुसी सबै” सार्बजनिक भएको छ । उक्त गीत सर्बसम्मान म्युजिक प्रा ली प्रस्तुति छत्र बि क र ईमान तामाङ्गको सम्युक्त प्रस्तुति “लुट्यो खुसी सबै” बोलको रहेको छ । कृष्ण लामिछाने प्रस्तुतिमा यस भन्दा अघि मायाले दिएको घडी , म छु हङकङ मा , माली गाई को दहि ,भरमा पर्दिन लगाएतका थुप्रै गितहरु सार्बजनिक भैसकेका छन् ।

प्रस्तुत गीतमा गायक कृष्ण लामिछाने र कमला पोखरेलको को सुमधुर स्वर सुन्न सकिन्छ । छत्र विकको शब्द र संगीत रहेको गीतलाई गायक कृष्ण लामिछानेले मिक्सिङ तथा तेजेन्द्र दुराले रेकडिङ गरेका छन् ।

“लुट्यो खुसी सबै” भिडियोलाई नमराज घिमिरेले खिचेका हुन भने निर्देशन प्रकाश क्षेत्रीले गरेका छन् । भिडियोमा सलिना थापा मगर, इमान तामाङ, पशुपती रिजालको अभिनय देख्न सकिनेछ।

अडियो मंगल रेकर्डिङ स्टुडियोले तयार गरेको थियो भने सर्ब सम्मान ले भिडियो निर्माण गरेको हो। सर्ब सम्मान आधिकारिक युटुब च्यानलबाट गीत हेर्न सकिनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares