Wednesday, July 1
Shadow

समाचार

१८ वर्षको उमेरमा काठमाडौं उपत्यकाकै कान्छो क्षेत्रीय प्रतिनिधि भए मियाँ

१८ वर्षको उमेरमा काठमाडौं उपत्यकाकै कान्छो क्षेत्रीय प्रतिनिधि भए मियाँ

राजनिती, समाचार, स्थानिय तह
लक्ष्मण श्रेष्ठ ०७ असोज,काठमाडौं नागार्जुन नगरपालिका वडा नं १ का सुल्तान मियाँ काठमाडौं उपत्यकाकै नेपाली कांग्रेसका कान्छो क्षेत्रीय प्रतिनिधि रुपमा स्थापित भएका छन् । १८ वर्षको उमेरमा मियाँ नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् सफल भएका हुन् । मियाँ नेपाल विद्यार्थी संघमा विगत केही वर्षयता सक्रिय रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका विद्यार्थी नेता समेत हुन् । असोज ५ गते सम्पन्न नागार्जुन नगरपालिकाको वडा अधिवेशनबाट मिया नागार्जुन–१ का कांग्रेसका क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन् । युवाहरुले देश हाक्नुपर्छ भन्ने मान्यताकहा साथ मिया राजनीतिमा प्रवेश गरेको बताउनुहुन्छ ।  ...
एनएफपिजे बागमती प्रदेशका अध्यक्ष सिलवाल र सदस्य खड्का सम्मानित

एनएफपिजे बागमती प्रदेशका अध्यक्ष सिलवाल र सदस्य खड्का सम्मानित

समाचार, समाज
काठमाण्डौँ, असोज ७ राष्ट्रिय फोटो पत्रकार समूहको २५ औँ वार्षिक साधारण सभा तथा १२औँ अधिवेशन बाट एनएफपिजे बागमती प्रदेशका अध्यक्ष नारायन सिलवाल र सदस्य कपिल खड्क सम्मानित भएका छन् । ‘हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६’ को सिलवाल पर्या पर्यटन फोटो पत्रकारिता पुरस्कार र खड्का मनोरञ्जन फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । साथै मनोरन्जन तर्फ नवराज वाग्ले, खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डंगोल, पर्यापर्यटन तर्फ प्रेम थापा, सस्कृति समपदा तर्फ सोभा मर्हजन र प्रदीप शाक्य र साहासिक तर्फ मुकुन्द कालीकोटे र पूर्णीमा श्रेष्ठ लाई प्रमाण पत्र र तामाको तक्मा प्रदान गरिएको थियो भने पूर्व शसत्र प्रहरी नायव महानिरिक्षक माधव थापाको नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटोपत्रकारिता पुरस्कार सिलापत्रका फोटोपत्रकार शुसील कुमार श्रेष्ठलाई नगद रु १० हजार सहित प्रमाण पत्र हस्तान्तर...
मुख्यमन्त्री भट्ट द्घारा हलिया मुक्ति आन्दोलनका राष्ट्रिय अगुवा पूर्व सासद श्रीपाईली सम्मानित

मुख्यमन्त्री भट्ट द्घारा हलिया मुक्ति आन्दोलनका राष्ट्रिय अगुवा पूर्व सासद श्रीपाईली सम्मानित

राजनिती, समाचार, समाज
  ०७,असोज २०७८ सूदूरपश्चिमको मानवअधिकार,सामाजिक न्याय,दलित एंव,कमैया,कमलरी हलिया मुक्तिको आन्दोलनमा अग्रणी नेतृत्वदायी भूमिका निर्वाह गरी हलिया मुक्ति अधिकारमुखी आन्दोलनमा विशिष्ट योगदान पुर्याए वाफत संविधान सभा सदस्य तथा दलित एंव कमैया, हलिया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीलाई सोमबार सम्मान गरिएको छ । हलिया मुक्ति आन्दोलनमा बिशिस्ट योगदान पुर्याए वाफत राष्ट्रिय मुक्त हलिया समाज महासंघद्घारा कंचनपुरको पुर्नवासमा आयोजित १३ औँ मुक्त हलिया दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पूर्व सासद एंव हलिया आन्दोलनका अगुवा श्रीपाईलीलाई सम्मान गर्नुभएको हो । पूर्व सासद श्रीपाईली दशकौँ देखि हलियाहरुलाई संगठित,सुसूचित,जागरण,सचेतना,दिदै मुक्ति आन्दोलन र पुर्नस्थापना का लागि निरन्तर संघर्षरत राष्ट्रिय अभियन्ता हुन । दलित अधिकारका लागि राष्टिय संजालका केन्द...
परराष्ट्रमन्त्री खड्काद्वारा शपथ ग्रहण

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ ग्रहण

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, असोज ६ नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहरण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिएकाे हुन । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित थिए । मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त भएका हो ।...
कृष्ण लामिछाने र कमला पोखरेलको स्वरमा “लुट्यो खुसी सबै” सार्बजनिक

कृष्ण लामिछाने र कमला पोखरेलको स्वरमा “लुट्यो खुसी सबै” सार्बजनिक

भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी/असोज ०५,ललितपुर नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक कृष्ण लामिछाने को अर्को गीत “लुट्यो खुसी सबै” सार्बजनिक भएको छ । उक्त गीत सर्बसम्मान म्युजिक प्रा ली प्रस्तुति छत्र बि क र ईमान तामाङ्गको सम्युक्त प्रस्तुति “लुट्यो खुसी सबै” बोलको रहेको छ । कृष्ण लामिछाने प्रस्तुतिमा यस भन्दा अघि मायाले दिएको घडी , म छु हङकङ मा , माली गाई को दहि ,भरमा पर्दिन लगाएतका थुप्रै गितहरु सार्बजनिक भैसकेका छन् । प्रस्तुत गीतमा गायक कृष्ण लामिछाने र कमला पोखरेलको को सुमधुर स्वर सुन्न सकिन्छ । छत्र विकको शब्द र संगीत रहेको गीतलाई गायक कृष्ण लामिछानेले मिक्सिङ तथा तेजेन्द्र दुराले रेकडिङ गरेका छन् । “लुट्यो खुसी सबै” भिडियोलाई नमराज घिमिरेले खिचेका हुन भने निर्देशन प्रकाश क्षेत्रीले गरेका छन् । भिडियोमा सलिना थापा मगर,...
हाम्रो सर्मथन रहेको मान्छे नुवाकोट सभापति हुन्छ : सभापति केसी (भिडियो सहित)

हाम्रो सर्मथन रहेको मान्छे नुवाकोट सभापति हुन्छ : सभापति केसी (भिडियो सहित)

अन्तरवार्ता, ब्यानर समाचार, भिडियाे, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, असोज ४ नेपाली कांग्रेसमा यति बेला महाधिवेशनको लहर चलिरहेको छ । वडा देखि केन्द्र सम्म कुन पदमा को रहने भन्ने कुरालाई लिएर सबै नेताहरुको दौडधुप चलिरहेको छ । यसै बिच नुवाकोटमा पनि सभापतिको बन्ने भन्ने कुराको चर्चा चलिरहेको छ । नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले जिल्ला सभापति हामिले जसलाई सर्मथन गर्छौ उहि बन्ने बताएका छन् । ईन्टरभ्यू नेपाल संगको एक अन्तर्वातामा, नुवाकोटमा केसी परिवारको साथ जस्लाई हुन्छ उहि सभापनि बन्छ भन्ने चर्चा छ यस बारे के भन्न चाहनुहुन्छ भनि सोधिएको प्रश्नमा सभापति केसीले हाम्रो समर्थन रहेको मान्छे सो त सभापनि बन्ने बताएका हुन् । बाँकी भिडियोमा हेर्नुहोस् : https://www.youtube.com/watch?v=P-avh-RxB4s...
आजबाट सोह्रश्राद्ध सुरु

आजबाट सोह्रश्राद्ध सुरु

जिवनसैली, टिप्स, समाचार, समाज
काठमाण्डौँ, असोज ५ बडादसैँको नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आजबाट सोह्रश्राद्ध सुरु भएको छ । भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको श्राद्ध तथा तर्पण गरिने यो पितृ कार्य अति पवित्र मानिन्छ । पशुपति क्षेत्र विकास कोषले घाटमा कोष अन्तर्गत कर्मकाण्डको प्रमाणपत्र प्राप्त ब्राह्मणलाई मात्र पितृ कार्य गर्न अनुमति दिइएको र उनीहरूलाई कोरोना सङ्क्रमणबाट बचाउ हुने स्वास्थ्य मापदण्डको पूर्ण रूपमा परिपालन गर्न गराउन निर्देशन दिएको छ । प्रत्येक औँसी पितृ पक्ष भए पनि यो असोजको सोह्रश्राद्ध महत्वको मानिन्छ ।...
मेलम्ची पुनर्निर्माणका लागि थप एक अर्ब बजेट

मेलम्ची पुनर्निर्माणका लागि थप एक अर्ब बजेट

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाण्डौं, असोज ४ बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको पुनर्निर्माणलाई अगाडि बढाउन सरकारले समितिलाई तत्कालका लागि एक अर्ब रुपियाँ उपलब्ध गराएको जानकारी दिए । यसअघि मेलम्ची खानेपानी विकास समितिले चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने कार्य योजना सरकारलाई बुझाएको थियो । समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरणका लागि दुई अर्ब रुपियाँ मागसहितको कार्य योजना सरकार समक्ष पेस गरेको थियो ।...
ब्राह्मणका लागि किन वर्जित छ लसुन-प्याज यस्तो छ कारण…

ब्राह्मणका लागि किन वर्जित छ लसुन-प्याज यस्तो छ कारण…

अचम्मका कुरा, जिवनसैली, टिप्स, समाचार, समाज
काठमाण्डौँ, असोज ३ केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँडिएको छ : सात्विक, राजसिक र तामसिक । सात्विक भोजनले शान्ति, संयम, पवित्रता र मनको शान्ति दिलाउँछ भने राजसिक खाद्यपदार्थले मोह तथा खुशीको भाव दिन्छ । त्यस्तै तामसिक भोजनले क्रोध, अहंकार र विनाशजस्ता भाव पैदा गर्छन् । प्याज र लसुनलाई राजसिक र तामसिक पदार्थ मानिएको छ । यसको अर्थ यिनले अज्ञानता र क्रोध बढाउँछन् । मासु, लसुन र प्याजको अधिक सेवनले व्यवहारमा परिवर्तन ल्याउँछ । यसले कामोत्तेजना बढाउँछ । ब्राह्मणले पवित्रता राख्नु जरूरी हुन्छ किनकि उनीहरू देवताको पूजा गर्छन् र प्राकृतिक रूपमा शुद्ध हुनुपर्छ । सनातन शास्त्रहरूले प्याज र लसुन जस्ता खाद्यपदार्थले प्रकृतिप्रदत्त ...
टस जितेर ओमनविरुद्ध फिल्डिङ गर्दै नेपाल

टस जितेर ओमनविरुद्ध फिल्डिङ गर्दै नेपाल

खेलकुद, समाचार
काठमाण्डौँ, असोज ३ ओमनमा जारी नेपाल, अमेरिका, ओमन त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र ओमन भिड्न लागेका छन्। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ। खेल अब सवा ४ बाट अल अमरेत मैदानमा सुरु हुने छ। आजको खेलमा नेपालले ओमनविरुद्ध टस जितेर बलिङ रोजेको छ। आजको टिममा पछिल्लो खेलमा भन्दा गुल्सन झा र कुशल मल्ल आउट भएका छन्। उनीहरुको ठाउँमा आरिफ शेख र शरद भेषावकरले स्थान बनाएका छन्। यो खेल प्रशिक्षक डेव वाटमोरको प्रशिक्षणमा नेपालले खेल्ने अन्तिम खेल हो।...