Sunday, October 17
Shadow

आजबाट सोह्रश्राद्ध सुरु


  • -इ
  • इ+

काठमाण्डौँ, असोज ५
बडादसैँको नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आजबाट सोह्रश्राद्ध सुरु भएको छ ।

भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको श्राद्ध तथा तर्पण गरिने यो पितृ कार्य अति पवित्र मानिन्छ ।

पशुपति क्षेत्र विकास कोषले घाटमा कोष अन्तर्गत कर्मकाण्डको प्रमाणपत्र प्राप्त ब्राह्मणलाई मात्र पितृ कार्य गर्न अनुमति दिइएको र उनीहरूलाई कोरोना सङ्क्रमणबाट बचाउ हुने स्वास्थ्य मापदण्डको पूर्ण रूपमा परिपालन गर्न गराउन निर्देशन दिएको छ ।

प्रत्येक औँसी पितृ पक्ष भए पनि यो असोजको सोह्रश्राद्ध महत्वको मानिन्छ ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्