Tuesday, April 30
Shadow

एनएफपिजे बागमती प्रदेशका अध्यक्ष सिलवाल र सदस्य खड्का सम्मानित


  • -इ
  • इ+

काठमाण्डौँ, असोज ७
राष्ट्रिय फोटो पत्रकार समूहको २५ औँ वार्षिक साधारण सभा तथा १२औँ अधिवेशन बाट एनएफपिजे बागमती प्रदेशका अध्यक्ष नारायन सिलवाल र सदस्य कपिल खड्क सम्मानित भएका छन् ।

‘हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६’ को सिलवाल पर्या पर्यटन फोटो पत्रकारिता पुरस्कार र खड्का मनोरञ्जन फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । साथै मनोरन्जन तर्फ नवराज वाग्ले, खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डंगोल, पर्यापर्यटन तर्फ प्रेम थापा, सस्कृति समपदा तर्फ सोभा मर्हजन र प्रदीप शाक्य र साहासिक तर्फ मुकुन्द कालीकोटे र पूर्णीमा श्रेष्ठ लाई प्रमाण पत्र र तामाको तक्मा प्रदान गरिएको थियो भने पूर्व शसत्र प्रहरी नायव महानिरिक्षक माधव थापाको नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटोपत्रकारिता पुरस्कार सिलापत्रका फोटोपत्रकार शुसील कुमार श्रेष्ठलाई नगद रु १० हजार सहित प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

बुधवार भएको अधिवेशनले प्रदीपराज वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । जसमा वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससका भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिर्पोटस नेपालका मुकुन्द कालिकोटे रहेका छन भने ।

त्यस्तै केन्द्रिय सदस्यहरूमा अन्नपूर्णटाइम्सका घनश्याम श्रेष्ठ, वारखारिका हरिश सिंह नगाल, अनलाइनखवरका आर्यन धिमाल,थाहा खवरकी शिला तिमीलसिना, नयाँपेजका प्रबिण कुलुङ राई , नेवा टाइम्सका रमिता छुँजु र प्रदीप कुमार श्रेष्ठ चयन भएका छन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares