Wednesday, July 1
Shadow

समाचार

वचन बचत तथा ऋण सहकारी संस्था लि को १२ औँ वार्षिक साधारण सभा सम्पन्न

वचन बचत तथा ऋण सहकारी संस्था लि को १२ औँ वार्षिक साधारण सभा सम्पन्न

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, असोज १६ डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि को १२ औँ साधारण सभा सम्पन्न भएको छ । आज बागबजार स्थीत होटल हार्दिकमा संस्थाका अध्यक्ष सुरज केसीको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी बिकास बोड को सह अध्यक्ष दक्ष पौडेल (सुवास), विशेष अतिथि काठमाण्डौँ महानगरपालिका वडा नं ३० का वडाध्यक्ष दलबहादुर कार्की त्यस्तै अतिथिहरुमा तारकेश्वर नगरपालिका वडा नं ३ का वडाध्यक्ष मनोहरि तिवारी, संस्थाका सचिव अर्जुन प्रसाद रिमाल, प्रबन्ध निर्देशक देश मर्दन बस्न्यात, प्रमुख सल्लाहाकार लक्ष्मण मोहन ध्वज जोशी, क्रोधरहित संसारका उपाध्यक्ष डा. लक्ष्मण शाक्य लगाएतको उपस्थीति रहेको थियो । १ हजार ९ सय सदस्य रहेको संस्थाको कुल पुँजि २६ करोड ७३ लाख ८७ हजार ७ सय ३० रुपैयाँ ८१ पैसा रहेको छ । भने संस्थाको मुनाफा १३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ८ प्रत...
केशव अधिकारीको स्वर,शब्दमा “दिल भित्र नाम छ” सार्वजनिक

केशव अधिकारीको स्वर,शब्दमा “दिल भित्र नाम छ” सार्वजनिक

समाचार, साहित्य/कला
महेन्द्र अधिकारी असोज १४,ललितपुर  नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक केशव अधिकारीको स्वरमा “दिल भित्र नाम छ” गीत सार्वजनिक भएको छ । यो गीतमा केशव अधिकारी कै शब्द छ भने संगित दिनेश मुस्कान को छ । काठमाडौं डिजिटलमा रेर्कड गरिएको गीतको भिडियोमा अन्जु सुनार,केशव अधिकारी ,अर्जुन बुढाथोकी,यम बहादुर बि क, राम शरण पाण्डे,राम कृष्ण पाण्डे र आयन राईको अभिनय रहेको छ । भिडियोमा दिनेश मुस्कानको छायांकन तथा सम्पादन रहेको छ भने केशव अधिकारीले यो भिडियोको निर्देशन गरेका हुन् । “दिल भित्र नाम छ” भिडियोलाई ओ एस् आर डिजिटल आधिकारिक युटुब च्यानलबाट गीत हेर्न सकिनेछ । भिडियो हेर्न तल क्लिक गर्नु होला : https://youtu.be/q9CgqisBqvc...
एमाले विधान महाधिवेशन सुरु, अध्यक्ष मण्डल तोकिए

एमाले विधान महाधिवेशन सुरु, अध्यक्ष मण्डल तोकिए

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, असोज १५ शुक्रबारदेखि ललितपुरको गोदावरीमा एमाले विधान महाधिवेशन सुरु भएको छ । नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष मण्डल तोकिएको छ। अध्यक्ष मण्डलको अध्यक्षता केपी शर्मा ओली रहेका छन् । यस्तै, उपाध्यक्ष, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्य नारायण मण्डल, छवीलाल विश्वकर्मालाई अध्यक्ष मण्डलको सदस्यको जिम्मेवारी दिइएको छ । यस्तै, प्रस्ताव मस्यौदा कमिटीमा भिम रावल, घनश्याम भुषाल, रघुजी पन्त, यमलाल कँडेल, राजन भट्टराई, पद्यमा अर्याल र लीला भण्डारीलाई जिम्मेवारी दिइएको छ। सुझाव अध्ययन कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, ज्वाला शाह, शिवमाया तुम्बाहाम्फे रहेका छन् । प्रचार कमिटीमा योगेश भट्टराई, खिमलाल भट्टराई, सूर्य थापालाई जिम्मेवारी तोकिएको छ । ...
नेपाली कांग्रेस तारकेश्वर ४ को उप सभापतिमा राना

नेपाली कांग्रेस तारकेश्वर ४ को उप सभापतिमा राना

राजनिती, समाचार, स्थानिय तह
लक्ष्मण श्रेष्ठ ११ असोज,काठमाडौं । नेपाली कांग्रेस तारकेश्वर ४ को उप सभापतिमा राना सर्वसम्मत चयन भएका छन् ।  २८ वर्षको उमेरमा राना नेपाली कांग्रेसका उप–सभापति हुन् सफल भएका हुन् । राना नेपाल विद्यार्थी संघमा विगत १० वर्षयता सक्रिय रुपमा जिम्मेवारी निर्वाह गर्दै र विद्यार्थीहरुको समस्याहरुलाई हल गर्दै आएका विद्यार्थी नेता समेत हुन् । असोज ५ गते सम्पन्न तारकेश्वर नगरपालिकाको वडा अधिवेशनबाट राना तारकेश्वर–४ का कांग्रेसका उपसभापतिमा चयन भएका हुन् । युवाहरुले देश हाक्नुपर्छ भन्ने मान्यताकहा साथ राना राजनीतिमा प्रवेश गरेको बताउनुहुन्छ । सक्षम रुपमा अगाडि बद्नुका लागि अबको नेतृत्वमा युवा हुनु जरुरत रहेको रानाले बताएका छन् ।...
धादिङ प्रदेश सभा निर्वाचन क्षेत्र नं २(ख)बाट प्रदेश प्रतिनिधि (जनजाती तर्फ) उमेश कुमार श्रेष्ठको उम्मेदवारी घोषणा

धादिङ प्रदेश सभा निर्वाचन क्षेत्र नं २(ख)बाट प्रदेश प्रतिनिधि (जनजाती तर्फ) उमेश कुमार श्रेष्ठको उम्मेदवारी घोषणा

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, असोज १० नेपाली कांग्रेस धादिङका युवा नेता उमेश कुमार श्रेष्ठले आसन्न प्रदेश सभा क्षेत्रिय अधिवेशनमा धादिङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं २(ख)बाट प्रदेश प्रतिनिधि (जनजाती तर्फ) को उम्मेदवारी घोषणा गरेका छन् । धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.२ विशालनगर,आरूघाट निवासी नेपाल तरूण दल साविक क्षेत्र नं. १,धादिङका पूर्व क्षेत्रिय अध्यक्ष समेत रहेका श्रेष्ठ धादिङका यूवाहरूका विच लोकप्रिय रहेका छन्।विभिन्न सामाजिक संघ संस्था र अभियानहरू मार्फत समाजसेवामा समेत संलग्न रहनुभएका तरूण नेता श्रेष्ठ त्यस क्षेत्रका जनताको प्रत्यक्ष सुख:दुखमा साथ दिने सहयोगी तथा परोपकारी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। आदिवासी जनजाति समुहवाट प्रदेश अधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले पार्टीको संगठनलाई सुदृढ,बलियो र व्यवस्थित बनाउन आफुले उक्त पदमा उम्मेदवारी ...
दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि

दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि

समाचार
काठमाण्डौं, असोज १० यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि खोल्ने भएको छ। अनलाइन प्रणालीमा गएकाहरूको अनलाइन र नगएकाहरूको टिकट काउन्टरमै पुगेर बुकिङ गर्न सकिने विभागका सूचना अधिकारी डा लोकनाथ भूसालले जानकारी दिएका छन् विभागले गएको वर्षदेखि नै लामो दूरीका बस सेवा सञ्चालकलाई अनलाइन बुकिङ प्रणालीमा आउन आग्रह गरेको थियो। तर, कोरोना महामारीका कारण पर्यटकीय क्षेत्रका बाहेक अनलाइन प्रणालीमा आइनसकेको उनले जानकारी दिए। डा भूसालले भने, ‘यसपल्ट पनि पूर्ण अनलाइन प्रणालीमा जान सकिएन। त्यसैले भीडभाड नगरी बुकिङ सेवा प्रदान गर्न यातायात व्यवसायीलाई निर्देशन गरिएको छ।...
काँग्रेस महाराजगंज नगर सभापतिमा गंगेश तिवारीले उमेदवारी दिने

काँग्रेस महाराजगंज नगर सभापतिमा गंगेश तिवारीले उमेदवारी दिने

राजनिती, समाचार, स्थानिय तह
कपिलवस्तु, असोज १० नेपाली काँग्रेसको कपिलवस्तु जिल्लाको महाराजगंज नगर सभापतिमा गंगेश नाथ तिवारीले उमेदवारी दिने भएका छन् । तिवारीले काँग्रेसको आगामी हुने महाराजगंज नगर अधिवेशनमा आफूले सभापति पदका लागि उमेदवारी दिने बताए । त्यसको लागि क्षेत्रका अग्रज नेताहरु संग राय सुझाव र परामर्श गर्दै आवश्यक तयारी गरिरहेको पनि उनले जानकारी दिए । हाल नेपाली काँग्रेस कपिलवस्तु जिल्लाको महाराजगंज नगर समितिको सचिवमा दुई बर्ष देखि सक्रिय सहभागिताका साथ रहनु भएका उहां अब नगर सभापतिमा आउनेगरी तयारी गरिरहेको बताए l विगत डेढ़ दशक देखि सामाजिक अभियन्ताका रूपमा रहनु भएका तिवारी उहां कर्मठ, जुझारू, इमानदार, संघर्ष शील युवा नेता को रूपमा परिचत रहनु भएका पार्टी को हकहितमा समेत सक्रिय भुमिका निर्वाह गर्दै आएका छन् l ‘तपाईंको उमेदवारी किन’ भन्ने प्रश्नमा तिवारीले व्यक्तित्व विकासका साथ युवाहरुलाई व्यवसाय उन्मु...
आइतवारदेखि भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने काठमाण्डौ महानगरको निर्णय

आइतवारदेखि भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने काठमाण्डौ महानगरको निर्णय

शिक्षा, समाचार, स्थानिय तह, स्वास्थ्य
लक्ष्मण श्रेष्ठ ०८,असोज काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले १० गते आइतवार बाट भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको कारण गएको वैशाखको दोस्रो हप्तादेखि बन्द रहेका विद्यालय भौतिक रुपमा खोल्ने निर्णय भएको हो । महानरपालिकाको शिक्षा विभागले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको छ । भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसेर अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर महानगरपालिकामा पेस गर्नुपर्नेछ ।भनेरविभागका प्रमुख रामप्रसाद सुवेदीले बताएका छन्। विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य गरिएको छैन । विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसेर आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाएर महानगरको शिक्षा शाखामा पेस गर्नुपर्ने र शिक्षक, विद्या...
विश्वभर कोरोना संक्रमणको दर कति छ त ?

विश्वभर कोरोना संक्रमणको दर कति छ त ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, स्वास्थ्य
०८,असोज काठमाडौँ विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ७ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख २२ हजार ९६८ जनामा कोरोना पहिचान भएको छ । यसैगरी बेलायतमा ३६ हजार ७१०, भारतमा ३१ हजार ४५८, टर्कीमा २७ हजार ८४४, ब्राजिलमा २४ हजार ६११ र रुसमा २१ हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ । यहीअवधिमा ८ हजार ५७६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा १ हजार ९४४, रुसमा ८२०, ब्राजिलमा ६६१, भारतमा ३१९ र टर्कीमा २१७ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४७ लाख ४१ हजार ५८२ पुगेको छ । कुल संक्रमित २३ करोड १३ लाख ५१ हजारमध्ये २० करोड ८० लाख १७ हजार जना निको भइसकेका छन् ।  ...
कांग्रेस तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमिल्सिनाको उम्मेदवारीता

कांग्रेस तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमिल्सिनाको उम्मेदवारीता

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, असोज ७ नेपाली कांग्रेसको असोज ९ गते हुने गाउँ नगरपालिकामा हुने अधिवेशनमा काठमाण्डौँको तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमिल्सिनले उम्मेदवारीता दिएका छन् । वडा नं १ का ३९ वर्षिय तिमिल्सिना नेपाली कांग्रेसमा सक्रिय रुपमा क्रियाशिल रहदैँ आएका छन् । तिमिल्सिना विगत लामो समय देखि कांग्रेस राजनितिमा सक्रिय हुदैँ आएका एक युवा व्यवसायि पनि हुन् । पछिल्लो समय राजनितिक नेतृत्वमा युवा सहभागिताको आवश्यकता रहेको भन्दै आफूले उम्मेदवारीता दिएको तिमिल्सिनाले बताए । पार्टि भित्र व्याप्त रहेका समस्याहरुलाई अन्त्य गर्दै कांग्रेसको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै असल नेतृत्वको भूमिकामा रहेको काम गर्ने उनको प्रतिवद्धता रहेको छ ।...