Friday, March 29
Shadow

एमाले विधान महाधिवेशन सुरु, अध्यक्ष मण्डल तोकिए


  • -इ
  • इ+

काठमाण्डौँ, असोज १५
शुक्रबारदेखि ललितपुरको गोदावरीमा एमाले विधान महाधिवेशन सुरु भएको छ ।

नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष मण्डल तोकिएको छ। अध्यक्ष मण्डलको अध्यक्षता केपी शर्मा ओली रहेका छन् । यस्तै, उपाध्यक्ष, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्य नारायण मण्डल, छवीलाल विश्वकर्मालाई अध्यक्ष मण्डलको सदस्यको जिम्मेवारी दिइएको छ ।

यस्तै, प्रस्ताव मस्यौदा कमिटीमा भिम रावल, घनश्याम भुषाल, रघुजी पन्त, यमलाल कँडेल, राजन भट्टराई, पद्यमा अर्याल र लीला भण्डारीलाई जिम्मेवारी दिइएको छ।

सुझाव अध्ययन कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, ज्वाला शाह, शिवमाया तुम्बाहाम्फे रहेका छन् । प्रचार कमिटीमा योगेश भट्टराई, खिमलाल भट्टराई, सूर्य थापालाई जिम्मेवारी तोकिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares