Sunday, October 17
Shadow

दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि


  • -इ
  • इ+

काठमाण्डौं, असोज १०
यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि खोल्ने भएको छ।

अनलाइन प्रणालीमा गएकाहरूको अनलाइन र नगएकाहरूको टिकट काउन्टरमै पुगेर बुकिङ गर्न सकिने विभागका सूचना अधिकारी डा लोकनाथ भूसालले जानकारी दिएका छन्

विभागले गएको वर्षदेखि नै लामो दूरीका बस सेवा सञ्चालकलाई अनलाइन बुकिङ प्रणालीमा आउन आग्रह गरेको थियो। तर, कोरोना महामारीका कारण पर्यटकीय क्षेत्रका बाहेक अनलाइन प्रणालीमा आइनसकेको उनले जानकारी दिए।
डा भूसालले भने, ‘यसपल्ट पनि पूर्ण अनलाइन प्रणालीमा जान सकिएन। त्यसैले भीडभाड नगरी बुकिङ सेवा प्रदान गर्न यातायात व्यवसायीलाई निर्देशन गरिएको छ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्