काठमाण्डौँ, असोज १७
साहस उर्जा लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले ओदन दिएका थिए । जसमा २३ लाख ८३ हजार ४६० जनाको मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ६ लाख ४४ हजारले १० कित्ता सेयर पाएका छन् ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गर्दा ६ लाख ४४ हजार आवदेकले मात्रै आईपीओ पाएका हुन् ।
साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको थियो ।
कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भईसकेकाले रिजल्ट विभिन्न ४ तरिकाबाट हेर्न सकिन्छ । साहस उर्जाको वेवसाईट https://sahasurja.com/, बिकी प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट https://niblcapital.com/, सिडिएस एण्ड क्लियरिङ्गको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
आईपीओ यहाँबाट हेर्न सकिन्छ :