Monday, May 6
Shadow

वचन बचत तथा ऋण सहकारी संस्था लि को १२ औँ वार्षिक साधारण सभा सम्पन्न


  • -इ
  • इ+

काठमाण्डौँ, असोज १६
डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि को १२ औँ साधारण सभा सम्पन्न भएको छ । आज बागबजार स्थीत होटल हार्दिकमा संस्थाका अध्यक्ष सुरज केसीको सभापतित्वमा कार्यक्रम भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी बिकास बोड को सह अध्यक्ष दक्ष पौडेल (सुवास), विशेष अतिथि काठमाण्डौँ महानगरपालिका वडा नं ३० का वडाध्यक्ष दलबहादुर कार्की त्यस्तै अतिथिहरुमा तारकेश्वर नगरपालिका वडा नं ३ का वडाध्यक्ष मनोहरि तिवारी, संस्थाका सचिव अर्जुन प्रसाद रिमाल, प्रबन्ध निर्देशक देश मर्दन बस्न्यात, प्रमुख सल्लाहाकार लक्ष्मण मोहन ध्वज जोशी, क्रोधरहित संसारका उपाध्यक्ष डा. लक्ष्मण शाक्य लगाएतको उपस्थीति रहेको थियो ।

१ हजार ९ सय सदस्य रहेको संस्थाको कुल पुँजि २६ करोड ७३ लाख ८७ हजार ७ सय ३० रुपैयाँ ८१ पैसा रहेको छ । भने संस्थाको मुनाफा १३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ८ प्रतिशत मुनाफा रहेको संस्थाले यस वर्ष १३ प्रतिशत मुनाफा आर्जन गर्न सफल भएको संस्थाका प्रबन्ध निर्देशक देश मर्दन बस्न्यातले बताए । संस्थाले १२ औँ वार्षिक साधारण सभाको अवसरमा सम्पूर्ण सेयर सदस्यहरुलाई १३ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ ।

कार्यक्रमको अवसरमा महिलाहरुको नेतृत्व गर्दै समुह विस्तार मार्फत संस्थालाई सहयोग गरेको भन्दै नगद पुरस्कार सहित तारकेश्वर नगरपालिका वडा नं ६ कि कमला तामाङलाई संस्थाले सम्मान गरेको छ । त्यस्तै संस्थाले आफ्ना सेयर सदस्यहरुको परिवार भित्र कसैको मृत्यु हुदाँ दिदै आएको काजक्रिया वापतको खर्च रकम यस वर्ष दुई जनालाई दिएको छ । साथै संस्थाले दुई जनालाई सुत्केरी खर्च समेत प्रदान गरेको छ ।

कार्यक्रममा संस्थाको १२ औँ वार्षिक साधारण सभाको सफलताको कामना व्यक्त गर्दै सेयर सदस्यहरुको प्रतिनिधित्व गर्दै माधव प्रसाद मिल्सिना लगाएत अन्य अतिथिहरुले आफ्नो मन्यव्य राखेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares