Thursday, April 25
Shadow

दिगो शान्तिको संगठित कार्यको लागी विश्व शान्ति शिखर सम्मेलन आह्वान


  • -इ
  • इ+

काठमाण्डौँ, असोज १८
विश्व शान्ति शिखर सम्मेलन वार्पको ७ औ बार्षिकोत्सव सम्पन्न भएको छ ।

सेप्टेम्बर १८ शानिवारका दिन अनलाइनमार्फत आयोजना गरिएको सम्मेलन कोभिड संक्रमणका कारण प्रभावित शान्तिका एजेण्डाहरुलाई अन्तर्राष्ट्रिय रुपमा पुनः गति प्रदान गर्ने भन्नेबारे केन्द्रीत रहेको थियो । साथै सम्मेलनले आगामी दिनहरुमा यसका लागि अन्तर्राष्ट्रिय प्रयासहरुको विकास गर्दै जाने योजनाहरुबारे  छलफल केन्द्रित गरेको थियो ।

हेवेनली कल्चर, वर्ल्डपिस, रेस्टोरेसन अफ लाईट ९एचडब्ल्युपीएल०ले, २०१४ को विश्व शान्ति शिखर सम्मेलनदेखि, शान्तिपुर्ण सहअस्तित्वको वातावरण सिर्जना गर्नको लागि संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय समुदायको समर्थनमा नागरिक केन्द्रित शान्ति निर्माणका विभिन्न गतिविधिहरुको आयोजना गरि ूशान्तिको संस्कृतिू स्थापनाका लागि पहल गर्दै आएको छ।

विश्व शान्ति सम्मेलनले अन्तराष्ट्रिय कानुन, धर्म, शिक्षा, र सञ्चार जस्ता विभिन्न छेत्रहरुका मुद्दाहरुलाई लिएर दिगो शान्तिको लागि संयुक्त कार्य प्रस्तुत गर्दै आएको छ । अहिले विश्वमा देखिएको संकटले समग्र मानवजातिको सहअस्तित्व र सदभावलाई नै खतरामा पारेको निष्कर्ष निकाल्दै सम्मेलनले महामारीलाई जित्दै अगाडि बढ्न अन्तर्राष्ट्रिय सहयोग र समन्वयको अझ बढि खाँचो रहेको ठहर गरेको छ।

सम्मेलनमा एचडब्ल्युपीएलको नेतृत्वमा भैरहेका शान्ति निर्माणको प्रयासलाई साकार पार्न विश्वव्यापी अभियन्ताहरुलाई जोड्दै शान्तिको लागि आवश्यक कानूनी आधार र अन्तर्राष्ट्रिय मापदण्ड स्थापित गर्नुपर्नेमा जोड दिएको छ । यसका लागि शान्तिको घोषणा र युद्धको अन्त्य भन्ने ९डिपिसिडब्ल्यू० अन्तर्राष्ट्रिय कानूनको मस्यौदालाई अझ बढी राष्ट्रहरुको समर्थन जुटाउन थप प्रयास गर्नुपर्ने आवश्यकतालाई सम्मेलनका सहभागी वक्ताहरुले जोड दिएका छन्।

एसिया कानूनी प्राध्यापकहरुको संघ (एएलपी) का प्रमुख सल्लाहकार एवम् राष्ट्रिय मानव अधिकार आयोग, बंगलादेशका पूर्व अध्यक्ष डा। मिजानुर रहमानले शिक्षाको माध्यमबाट शान्ति निर्माणको सार्वजनिक बहसलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले डिपिसिडब्ल्यु पुस्तिकाले विद्यार्थीहरु र अरुलाई समेत व्यवस्थित रूपमा अन्तर्राष्ट्रिय कानून र शान्तिको सार सिकाउन सजिलो हुने र त्यो प्रभावकारी समेत हुने धारणा राख्नुभयो। डिपिसिडब्ल्युले वर्तमान युगमा शान्तिको संस्कृति फैलाउन आवश्यक व्यवहार र सिद्धान्तहरु जस्तै बलको प्रयोगमा निषेध, धार्मिक स्वतन्त्रतालाई बढावा र नागरिक सहभागितामा जोड दिइएको उहाँले बताउनुभयो । यसका लागि विश्वव्यापी प्रयास र समर्थन आवश्यक हुनेमा उहाँले जोड दिनुभयो।

इक्वेडोरका पूर्व राष्ट्रपति डा। रोसेलिया आरतेएगा सेरानोले विश्वका हरेक नागरिकले हामी आफैले शान्तिको लागी काम नगरेसम्म शान्ति प्राप्त गर्न कठिन हुने कुरा आत्मवोध गर्नुपर्नेमा जोड दिनुभयो । स्थिर र शान्तिपूर्ण विश्वको निर्माणका लागि बालबालिका, युवा वा वयस्कहरुमाथि हुने गरेका विभिन्न दुर्व्यवहार रोक्न र असमानता कम गर्न जरुरी रहेको उहाँले औंल्याउनुभयो ।

सम्मेलनमा डोमिनिका रिपब्लिकका शिक्षा मन्त्री ओक्टाभिया अल्फ्रेडले विद्यार्थीहरुले एचडब्ल्युपीएलको शान्ति शिक्षाको माध्यमबाट आपसी सहअस्तित्व र सहयोगको आवश्यकताबोध गर्ने बताउनुभयो । उनीहरुले जानेका कुरा उनीहरुका साथीहरु, आमा बुबा, र शिक्षकहरुलाई समेत सिकाउँने भएकोले त्यो शान्ति स्थापनाका लागि प्रभावकारी हुने उहाँको भनाइ छ । उहाँले शान्ति शिक्षाले विद्यार्थीहरुलाई विविधतामाथिको सम्मान र द्वन्द्व समाधानबारे ज्ञान प्राप्त हुनुका साथै हरेक समस्या वार्ताबाट सुल्झाउन सकिन्छ भन्ने शिक्षा प्राप्त हुने बताउनुभयो ।

सम्मेलनमा एचडब्लुपीएलका अध्यक्ष मान हि लीले आफूहरुको उदेश्य विश्वका हरेक गाउमा युद्धको अन्त्य गर्दै शान्ति स्थापना गरि त्यसलाई भावी पुस्ताको लागि स्थायी विरासत बनाउनु रहेको बताउनुभयो । शान्ति बिना मानव जातिले निर्माण र हासिल गरेका उपलब्धीहरुको कुनै अर्थ नरहने उहाँले जिकिर गर्नुभयो। त्यसैले विश्व शान्ति प्राप्तिका लागि सबै नागरिकले एउटै भावना र लक्ष्य लिएर अघि बढ्नु समेत उहाँले अपिल गर्नुभएको छ । सम्मेलनमा नेपालसहित विश्वका १२० भन्दा बढी राष्ट्रका सहभागीहरुको सहभागिता रहेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares