Wednesday, April 24
Shadow

काठमाण्डौं बाट बाहिरिनेको संख्या दिन प्रतिदिन बढ्दो


  • -इ
  • इ+

काठमाण्डौं, असोज २३
दशै, तिहार तथा छठ पर्व लगायतका चाडपर्वहरु नजिकिदै गर्दा रोजगारी अथवा अध्ययनको शिलसिलामा काठमाण्डौं आउनेहरु चाडपर्वमा आफ्नो परिवार सँग समय विताउन र रमाइलो गर्न आ आफ्नो घर तथा गाउँ जाने गर्दछन् ।

आफ्नो परिवारसँग बसेर चाडपर्व मनाउने हर्ष र उल्लासले गाउँ जानेहरुको मात्रा नयाँ बसपार्क, पुरानो बसपार्क र अन्य सार्वजनिक स्थलहरुमा विहानैदेखि यात्रुहरुको भिडभाड देखिएको छ । दशैमा राजधानीबाट आफ्नो गाउँ जाने कतिपय यात्रुले टिकट नपाउँदा अलपत्र परेको देखिएको छ भने कतिपयले महंगो भाडा तिरेर भएपनि गन्तब्यमा पुग्न बाध्य भएका छन् । दशैको अष्टमी सम्म राजधानी बाट बाहिर जानेहरुको चाप कायमै रहिरहने छ ।

विगतका बर्षहरु झै यस बर्षको चाडपर्व धुमधाम र भिडभाडका साथ मनाउन नसकिने अवस्था रहेको छ । कोभिड १९ अथवा कोरोना भाइरसका कारण जनस्वास्थ्य लाइ विशेष ख्याल राख्दै चाडपर्व मनाउनुपर्ने बाध्यता हाम्रो सामु रहेको छ ।

यस विसम् परिस्थितिमा आउदै गरेको सांस्कृतिक पहिचान बोकेको एतिहासिक चाडपर्वको अवसरमा देश तथा विदेशमा रहनुहुने बुबा, आमा, दाजुभाई, दिदिबहिनी, इष्टमित्र, आफन्तजन, व्यवसायि, समाजसेवी, कलाकार, अग्रज व्यक्तित्व,सन्चारकर्मी लगायत सम्पुर्णमा शुख, शान्ति, संवृद्धि एवंम उत्तर उत्तर प्रगतिको कामनाका साथै सांस्कृतिक सद्भाव कायम गर्न हार्दिक अनुरोध गर्दछौ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares