सपनामा महिलालाई देख्नुहुन्छ ? यसो भन्छ ज्योतिष शास्त्र
ज्योतिष शास्त्रका अनुसार सपनाको वास्तविक जीवनसँग सम्बन्ध हुन्छ । तपाईलाई सपनाले कहिले केही भन्न खोजिरहेको हुन्छ । तर, तपाईले त्यसको मतलव बुझ्न सक्नु हुन्न ।
यदी तपाईले सपनामा महिलालाई विभिन्न रुपमा देख्नुभयो भने के हुन्छ र त्यसको अर्थ के लाग्छ त ?
नाचिरहेको युवती देखेमा :
नाचिरहेको युवती सपनामा देखिएमा तपाईंको आफ्नी प्रेमिकासँग सम्बन्ध टुट्ने वाला छ ।
दुलही रुपी महिला :
जब कोही मानिसले सपनामा सजिएकी दुलही देख्छ भने त्यस्ता मानिसले अनेकौं सुख प्राप्त गर्ने संकेत गर्दछ । सपनामा धेरै परीहरु एकसाथ देख्दा अचानक धनसम्पत्ति प्राप्त गर्ने संकेत हो ।
सुनौलो कपाल भएकी महिला :
कोही व्यक्तिले सपनामा सुनौलो कपाल भएको महिला देख्छ भने उसको विवाह कुनै धनी परिवारको महिलासँग हुनेछ ।
बुर्का लगाएकी महिला :
बुर्का लगाएकी महिला सपनामा आउँछिन् भने कुनै साथी, आफन्त र बिजनेस पार्टनरबाट धोका मिल्...









