Tuesday, October 20
Shadow

समाचार

प्रेस सेन्टर ककनी गाउँपालिका कमिटि गठन

प्रेस सेन्टर ककनी गाउँपालिका कमिटि गठन

समाचार, समाज
ककनी- प्रेस सेन्टर नेपालको गाउँपालिका स्तरीय प्रथम भेलाले नुवाकोटको ककनी गाउँपालिका अध्यक्षमा दिपेश न्यौपाने चयन भएका छन् । शुक्रवार रानीपौवामा बसेको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । प्रेस सेन्टर नेपालको पालिका स्तारीय कमिटि गठन गर्ने क्रममा शुक्रवार नुवाकोटका अध्यक्ष रामहरि गजुरेलको अध्यक्षतामा बसेको भेलाले न्यौपानेसहित ६ सदस्यीय समिति गठन गरेको हो । कमिटिको सचिवमा पुण्यप्रभा ढुंगाना, कोषध्यक्षमा शंकर नेपाली सदस्यहरुमा सागर ढुंगाना, रमित बलामी र सुस्मिता घिमिरे चयन भएका छन् भने बाकीँ सदस्य कमिटिले आगामी दिनमा चयन गर्ने छ । आयोजित भेलाका प्रमुख अतिथि ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ सज्जनले गाउँपालिकामा गठन भएको कमिटिलाई बधाई दिदैँ गाउँपालिकाले गरेका कामहरुको प्रचारप्रसार लगाएत गाउँपालिका भित्र हुने गतिविधिलाई संचारका माध्ययमका मार्फत आम मानिससम्म पुर्याउन सहयोग गर्ने आश...
एन.आर. कलेजमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर हुदै

एन.आर. कलेजमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर हुदै

समाचार, समाज, स्वास्थ्य
काठमाडौ- तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा रहेको एन.आर. कलेजमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । एन.आर. कलेज  पुर्व विद्यार्थी समाजको आयोजना उक्त शिविर हुन लागेको हो । कलेज-समुदाय सहकार्य कार्यक्रम अन्तर्गत रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजकको भनाइ छ । जीवन दानको रुपमा लिइदै आएको रक्तदान संगै नि:शुल्क रुपमा स्वास्थ्य परिक्षण गरेर मौकाको फाइदा उठाउन आम समुदायलाई आयोजकको अनुरोध समेत रहेको छ । सशस्त्र प्रहरी परिवार महिला संघको सहयोगमा यहि बैशाख १७ गते सोमबार बिहान ७ बजेदेखि ११:३० बजेसम्म शिविर संचालन गरिने आयोजकले जनाएको छ ।...
परिवर्तन अभियान नेपालले नि:शुल्क आँखा शिविर गर्दै

परिवर्तन अभियान नेपालले नि:शुल्क आँखा शिविर गर्दै

समाचार, समाज, स्वास्थ्य
काठमाडौ- सामाजिक तथा अतिरिक्त कार्यमा सक्रिय रहदै आएको परिवर्तन अभियान नेपालले नि:शुल्क आँखा शिविर गर्ने भएको छ । बागमती प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य माननीय कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा यहि वैशाख १५ गते शनिबार आँखा राेगिहरुका लागि निशुल्क शिविर राखिएको आयोजकले जनाएको छ । शिविर तारकेश्वर नगरपालिका वडा न. ५ मा रहेको नागार्जुन माविमा हुनेछ । तिलगंगा आँखा प्रतिष्ठान र तारकेश्वर नगरपालिका वाड न. ५ को सहकार्यमा हुने शिविर बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुनेछ । शिविरबाट छानिएका मोतियाविन्दुका बिरामीहरुलाइ तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरुद्वारा फुलारी गुम्बा जगडोल, काठमाडौमा नि:शुल्क शल्यक्रियाकाे व्यवस्था गरिएको आयोजकले जनाएको छ ।...
गुन्द्रुक ब्राण्डिङ गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिका

गुन्द्रुक ब्राण्डिङ गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिका

समाचार
काठमाडौं- नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले सिन्की गुन्द्रुकलाई ब्राण्डिङ गर्ने भएको छ । गाउँपालिकाको आ.व. २०८०/८१ को वार्षिक स्वीकृत सिन्की गुन्द्रुक ब्राण्डिङ कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र उत्पादन भएको सिन्की तथा गुन्द्रुकको ब्राण्डिङ, प्याकेजिङ तथा बजारीकरण गरि किसानहरुको आयआर्जनमा मद्दत गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा न्यूट्रिसनल भ्यालु परिक्षण गरेर बाकी प्रक्रिया आगाडी बढाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेश रिजालले आइतबार एक सुचना प्रकाशन गर्दै जानकारी दिए । सूचना प्रकाशन भएको ७ दिन भित्र गाउँपालिकाको कृषि बिकास शाखामा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ । ...
परिवर्तन अभियान नेपालले संवाद कार्यक्रम गर्दै

परिवर्तन अभियान नेपालले संवाद कार्यक्रम गर्दै

मुख्य समाचार, समाचार, समाज
काठमाडौ- सामाजिक तथा अतिरिक्त कार्यमा सक्रिय रहदै आएको परिवर्तन अभियान नेपालले लोकतन्त्र दिवसको अवसरमा संवाद कार्यक्रम गर्ने भएको छ । `लोकतान्त्रिक प्रणालीमा निति, नेतृत्व र नैतिकता´ विषयमा संघीय सांसद र राजनीतिक विश्लेषक बिचमा संवाद गरिने आयोजकले जनाएको छ । संवादका लागि प्रमुख वक्ता नेपाली काङ्ग्रेसका संघीय सांसद प्रदीप पौडेल, नेकपा एमालेका संघीय सांसद सुनिता बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद मनिस झा र राजनीतिक विश्लेषक डा. पिताम्बर भण्डारी रहेका छ्न । कार्यक्रम वैशाख ११ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे हुने आयोजकले जनाएको छ । ...
कालिदेवी मा.वि ले आफ्नो ३६औं स्थापना दिवस सम्पन्न गर्‍यो

कालिदेवी मा.वि ले आफ्नो ३६औं स्थापना दिवस सम्पन्न गर्‍यो

समाचार
काठमाडौ –  २०८० - चैत्र - ३० गते तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित कालिदेवी मा.वि ले ३६ औं स्थापना दिवस अभिभावक दिवसको रुपमा भब्य कार्यक्रम गरेर मनाएको छ । उक्त कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष राधाकृष्ण खड्किको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथि नगर प्रमुख कृष्णहरि महर्जन विशिष्ट अतिथि नगर उपप्रमुख सिर्जना बुर्लाकोटी लगाएत अन्य अतिथिहरुमा नगर शिक्षा समिती, शिक्षा समन्वय समिति , स्थानीय राजनैतिक दलका प्रतिनिधि लगायत बिद्यालय लाई लामो समयदेखी सहयोग गर्ने सहयोगी हरु थिए । उक्त कार्यक्रममा बोल्नुहुंदै नगरप्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल बिस्तारै आउन सुरु गरेको बताउनुभयो । सामुदायिक विद्यालयहरुले कक्षा ८ को परिक्षामा गत बर्ष ३२ प्रतिशत नतिजा ल्याएकोमा यस बर्ष ५६.५ प्रतिशत नतिजा ल्याएको बताँउदै नगरप्रम...
आफ्नै भवन निर्माणमा जुट्दै नेपाल तरुण दल

आफ्नै भवन निर्माणमा जुट्दै नेपाल तरुण दल

समाचार
काठमाडौं- नेपालमा थुप्रै राजनैतीक दलहरु स्थापना भएका छन् । लामो इतिहास र पृष्ठभूमि बनाएका दल र तीनका भातृ संगठनहरु पनि स्थापित नै छन् । नयाँ खोलिएका दलहरुका पनि आफ्नै भातृ संगठनहरु रहेका छन् । भातृ संगठनहरु पार्टीको बलियो आधार पनि हो । राजनैतीक पार्टीहरुले फरक फरक नामका भातृ संगठनहरु स्थापना गरेका छन् । ती मध्ये नेपाली कांग्रेसको गौरवशाली इतिहास बोकेको भातृ संगठन हो नेपाल तरुण दल । विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दल आज पनि उत्तिकै शसक्त रहेको छ । नेपालको राजनैतिक परिवर्तनका लागि भएका थुप्रै आन्दोलनहरुमा तरुण दलको दलको भूमिका अतुलनिय रहेको छ । राजनैतिक दलका भातृ संगठनहरु पार्टीमुखि मात्र भईरहेको परिवेशमा नेपाल तरुण दलले भने आत्मनिर्भताको यात्रा तय गरेको छ । गत चैत १५ र १६ गते अध्यक्ष विद्वान गुरुङको अध्यक्षतामा बस...
आजबाट भर्ना अभियान शुरू, ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

आजबाट भर्ना अभियान शुरू, ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं- नयाँ शैक्षिक सत्रका लागि आजबाट ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने गरी देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको छ। भर्ना अभियान कार्यक्रमअन्तर्गत विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छाडेका (ड्रप आउट) २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान शुरू भएको छ। त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले अभियानअन्तर्गत शैक्षिक सत्र २०८१ मा १२ लाख १३ हजार बालबालिकालाई विद्यालयमा ल्याउन अभियान शुरू गरेको जानकारी दिनुभयो।...
तरुण दलको भवन निर्माणका लागि केन्द्रिय सदस्य घिमिरेद्वारा दुई लाख सहयोग

तरुण दलको भवन निर्माणका लागि केन्द्रिय सदस्य घिमिरेद्वारा दुई लाख सहयोग

राजनिती, समाचार
काठमाडौ- नेपाली काङ्ग्रेसको भादृ संगठन नेपाल तरुण दलका केन्द्रिय सदस्य सुजन घिमिरेले तरुण दलको केन्द्रिय कार्यालय निर्माणका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन । मंगलबार घिमिरेले तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन । नेपाल विद्यार्थी संघबाट राजनीति सुरुगरेका घिमिरे हाल तरुण दलका केन्द्रिय सदस्य समेत हुन । साथै उनी युवा व्यवसायी समेत हुन । घिमिरे तरुण दलको प्रभावसाली नेताको रुपमा परिचित छन । उनको काङ्ग्रेस पार्टीमा पनि राम्रो प्रभाव रहेको उनी निकटहरु बताउँछन् । धादिङ ज्वालामुखीमा जन्मिएका घिमिरे राजनीतिसंगै सामाजिक कार्यमा समेत सकृय रहदै आएका छन । ...
नेपाली बजारमा भारतीय काेल्डड्रिंक्स छ्यापछ्याप्पी

नेपाली बजारमा भारतीय काेल्डड्रिंक्स छ्यापछ्याप्पी

समाचार
कपिलवस्तु , चैत्र २६ । जिल्लाकाे सिमावर्ती बजार लगायत महेन्द्र राजमार्गका चाैक चाैकमा भारतीय काेल्डड्रिंक्स छ्यापछ्यापी बिक्रि भईरहेका छन । आज कृष्णनगर भन्सारका अधिकृत लेखनाथ भट्टराईकाे नेतृत्वमा सशस्त्र प्रहरी कृष्णनगरसंगै खटेकाे बजार अनुगमन टाेलीले बहादुरगंज चाैकबाट लगभग ५५ हजार बराबरकाे ८२२ वटा अवैध भारतीय काेल्डड्रिंक्स बरामद गरेकाे छ । केही दिनदेखि गर्मी बढेसंगै कपिलवस्तु जिल्लाकाे मर्यादपुर, हर्दाैना, कुशहवा बढ्नी, भिल्मि, कृष्णनगर , सिर्सिहवा लगायतका खुला नाका हुँदै अवैध भारतीय काेल्डड्रिंक्स नेपालमा भित्रिदै आएकाे स्राेतले जनाएको छ । गृहमन्त्री रवि लामिछाने बनेपछि ठुला स्केलका तस्करी न्युनीकरण भएकाे छ तर खुला सिमानाका कारण खुद्रा तस्करहरु माैलाउदै गएपछि सुरक्षा निकायकाे टाउकाे दुखाइ बनेकाे छ ।...