काठमाडौ– नेपाली काङ्ग्रेसको भादृ संगठन नेपाल तरुण दलका केन्द्रिय सदस्य सुजन घिमिरेले तरुण दलको केन्द्रिय कार्यालय निर्माणका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन । मंगलबार घिमिरेले तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।
नेपाल विद्यार्थी संघबाट राजनीति सुरुगरेका घिमिरे हाल तरुण दलका केन्द्रिय सदस्य समेत हुन । साथै उनी युवा व्यवसायी समेत हुन । घिमिरे तरुण दलको प्रभावसाली नेताको रुपमा परिचित छन । उनको काङ्ग्रेस पार्टीमा पनि राम्रो प्रभाव रहेको उनी निकटहरु बताउँछन् ।
धादिङ ज्वालामुखीमा जन्मिएका घिमिरे राजनीतिसंगै सामाजिक कार्यमा समेत सकृय रहदै आएका छन ।