काठमाडौ- सामाजिक तथा अतिरिक्त कार्यमा सक्रिय रहदै आएको परिवर्तन अभियान नेपालले लोकतन्त्र दिवसको अवसरमा संवाद कार्यक्रम गर्ने भएको छ ।
`लोकतान्त्रिक प्रणालीमा निति, नेतृत्व र नैतिकता´ विषयमा संघीय सांसद र राजनीतिक विश्लेषक बिचमा संवाद गरिने आयोजकले जनाएको छ । संवादका लागि प्रमुख वक्ता नेपाली काङ्ग्रेसका संघीय सांसद प्रदीप पौडेल, नेकपा एमालेका संघीय सांसद सुनिता बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद मनिस झा र राजनीतिक विश्लेषक डा. पिताम्बर भण्डारी रहेका छ्न ।
कार्यक्रम वैशाख ११ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे हुने आयोजकले जनाएको छ ।