Monday, April 29
Shadow

आजबाट भर्ना अभियान शुरू, ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य


  • -इ
  • इ+

काठमाडौं- नयाँ शैक्षिक सत्रका लागि आजबाट ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने गरी देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको छ।

भर्ना अभियान कार्यक्रमअन्तर्गत विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छाडेका (ड्रप आउट) २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान शुरू भएको छ।

त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले अभियानअन्तर्गत शैक्षिक सत्र २०८१ मा १२ लाख १३ हजार बालबालिकालाई विद्यालयमा ल्याउन अभियान शुरू गरेको जानकारी दिनुभयो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares