Monday, April 29
Shadow

नेपाली बजारमा भारतीय काेल्डड्रिंक्स छ्यापछ्याप्पी


  • -इ
  • इ+

कपिलवस्तु , चैत्र २६ । जिल्लाकाे सिमावर्ती बजार लगायत महेन्द्र राजमार्गका चाैक चाैकमा भारतीय काेल्डड्रिंक्स छ्यापछ्यापी बिक्रि भईरहेका छन ।
आज कृष्णनगर भन्सारका अधिकृत लेखनाथ भट्टराईकाे नेतृत्वमा सशस्त्र प्रहरी कृष्णनगरसंगै खटेकाे बजार अनुगमन टाेलीले बहादुरगंज चाैकबाट लगभग ५५ हजार बराबरकाे ८२२ वटा अवैध भारतीय काेल्डड्रिंक्स बरामद गरेकाे छ ।
केही दिनदेखि गर्मी बढेसंगै कपिलवस्तु जिल्लाकाे मर्यादपुर, हर्दाैना, कुशहवा बढ्नी, भिल्मि, कृष्णनगर , सिर्सिहवा लगायतका खुला नाका हुँदै अवैध भारतीय काेल्डड्रिंक्स नेपालमा भित्रिदै आएकाे स्राेतले जनाएको छ । गृहमन्त्री रवि लामिछाने बनेपछि ठुला स्केलका तस्करी न्युनीकरण भएकाे छ तर खुला सिमानाका कारण खुद्रा तस्करहरु माैलाउदै गएपछि सुरक्षा निकायकाे टाउकाे दुखाइ बनेकाे छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares