Monday, April 29
Shadow

कालिदेवी मा.वि ले आफ्नो ३६औं स्थापना दिवस सम्पन्न गर्‍यो


  • -इ
  • इ+

काठमाडौ –  २०८० – चैत्र – ३० गते तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित कालिदेवी मा.वि ले ३६ औं स्थापना दिवस अभिभावक दिवसको रुपमा भब्य कार्यक्रम गरेर मनाएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष राधाकृष्ण खड्किको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथि नगर प्रमुख कृष्णहरि महर्जन विशिष्ट अतिथि नगर उपप्रमुख सिर्जना बुर्लाकोटी लगाएत अन्य अतिथिहरुमा नगर शिक्षा समिती, शिक्षा समन्वय समिति , स्थानीय राजनैतिक दलका प्रतिनिधि लगायत बिद्यालय लाई लामो समयदेखी सहयोग गर्ने सहयोगी हरु थिए ।
उक्त कार्यक्रममा बोल्नुहुंदै नगरप्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल बिस्तारै आउन सुरु गरेको बताउनुभयो ।
सामुदायिक विद्यालयहरुले कक्षा ८ को परिक्षामा गत बर्ष ३२ प्रतिशत नतिजा ल्याएकोमा यस बर्ष ५६.५ प्रतिशत नतिजा ल्याएको बताँउदै नगरप्रमख महर्जनले गतबर्ष भन्दा २४ प्रतिशत बढी नतिजा आउनु शिक्षामा सुधार भइरहेको स्पष्ट देखिएको बताउनुभयो ।
शिक्षामा परिर्वतनको लागि जुत्तामा पालीस लगाएको जस्तै अहिलेको अहिल्यै चम्कने गरि परिवर्तन हुन नसक्ने बताँउदै नगरप्रमुख महर्जनले उहाँले भन्नुभयो सामुदायिक विद्यालयको शिक्षामा सुधारका लागि हामीले सुरुवात गरेका छौं,शिक्षामा परिर्वतन जुत्तामा पालिस लगाएर अहिल्यै टल्काउने र महिलो लुगा धोएर तत्काल सफा गर्ने जस्तो पनि हैन, यसका लागि समय लाग्छ त्यो सबैले बुझेको कुरा हो, त्यसैले तत्कालै सुधार भएन भनेर भ्रम छरिनु राम्रो कुरा होइन् ।
उहाले पत्रकार हरुले समाजलाई सकारात्मक सन्देश दिने खालको समाचार सम्प्रेषण गर्न पनि भन्नू भयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटीले विद्यालयको शैक्षिक सुधारका लागि प्रधानाध्यापकको महत्वपुर्ण भूमिका हुने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका सामाजिक विकास साखाका संयोजक एवं वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले तारकेश्वरको सामुदायिक विद्यालयको सुधारका लागि नगरपालिकाले आगामी बर्ष अझै उत्कृष्ट कार्यक्रम ल्याउन लागेको बताँउदै आगामी बजेटमा तारकेश्वरको शिक्षा क्षेत्रका लागि डबल डिजीटको बजेट आउने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण ओझाले तारकेश्वर नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीले सामुदायिक बिद्यालयको शैक्षिक सुधारका निम्ती ठुलो योग्दान गरेको बताँउदै नगरपालिकाको लगानीले सामुदायिक विद्यालय प्रति बिद्यार्थीको आर्कषण बढेको बताउनुभयो ।
उक्त कार्यक्रममा बिद्यालय लाई सहयोग गर्ने हरुलाइ सम्मान गरिएको थियो भने अभिभावक र विद्यार्थी हरुले विभिन्न प्रस्तुति पनि गरेका थिए । विभिन्न विधामा उत्कृष्ट विद्यार्थी र शिक्षक हरुलाइ पुरस्कार वितरण पनि गरिएको थियोे ।
तारकेश्वर नगरपालिकाका प्रवक्त एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण खडगीको अध्यक्षता सम्पन्न कार्यक्रममा तारकेश्वरका बिभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, जनप्रतिनिधिहरु, समाजसेवी, अविभावकहरु लगायतको भब्य र सभ्य उपस्थीति रहेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares