Sunday, June 28
Shadow

समाचार

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको आन्दोलन तयारी, प्रवक्ता श्रेष्ठको संयोजक्तवमा कमिटी गठन

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको आन्दोलन तयारी, प्रवक्ता श्रेष्ठको संयोजक्तवमा कमिटी गठन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने तयारी गरेको छ। केन्द्रीय कमिटीको बैठकमा पुस १४ गतेदेखि देशभर प्रदर्शन गर्ने सहितका संघर्षका कार्यक्रम प्रस्तुत गरिएको छ। बैठकले निर्णय गरेसँगै नेकपाको यो समूह शुक्रवारदेखि नै आन्दोलनका लागि सडकमा उत्रिने छ। गएको ७ गतेदेखि जारी केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीबाट नेता भीम रावलले पेश गरेको संघर्षको कार्यक्रम पारित गर्दै केन्द्रीय कमिटीमा पेश भएको हो। २ हजार ५ सय १ जनाको आन्दोलन परिचालन कमिटी समेत गठन गर्ने निर्णय भएको छ। बैठकले संघर्षका कार्यक्रम अन्तर्गत भोलि शुक्रवार १० गते साढे ९ बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने, निर्वाचन आयोगमा दलको आधिकारिकताका घेराउ गर्न जाने रणनीति बनाएको छ। त्यस्तै, भोलि २ बजे पत्रकार सम्मेलन गर्ने,...
कपडा तथा सिलाई व्यवसायीको अबस्थाबारे बुझ्न देशव्यापी अभियानमा अध्यक्ष रामकृष्ण श्रेष्ठ

कपडा तथा सिलाई व्यवसायीको अबस्थाबारे बुझ्न देशव्यापी अभियानमा अध्यक्ष रामकृष्ण श्रेष्ठ

आर्थिक, समाचार
काठमाण्डौँ, पुष ९ नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ यति बेला देशव्यापी अभियानमा रहेका छन् । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस अर्थात कोभिड १९ र त्यसले सिर्जना गरेको लकडाउनका कारण देशभरका अन्य व्यवसाय जस्तै कपडा तथा सिलाई व्यवसाय पनि त्यसको प्रत्यक्ष मारका पर्यो । सोहि कारणले पिडामा रहेका व्यवसायीहरुको अबस्थाबारे बुझ्न देशव्यापी अभियानमा रहेका छन् अध्यक्ष श्रेष्ठ । देशभरको ७० जिल्लामा गठित नेपाल कपडा तथा सिलाई व्यवसायी संघ र त्यसमा आवद्ध रहेका व्यवसायीहरु पछिल्लो समय के कस्ता समस्याहरुमा रहेका छन्, व्यवसायलाई के कसरी संचालन गर्दै छन् र वर्तवान परिस्थीतिमा उत्पन्न भएको समस्यालाई कसरी समाधान गर्न सकिन्छ, लगाएतका विषयमा व्यवसायीहरु संगको छलफल तथा भोटघाटलाई जोड दिएर आफु देशव्यापी अभियानमा रहेको अध्यक्ष श्रेष्ठले बताए । देशभरका व्यवसायी...
चिनियाँ राजदूत हु यान्छीले भेटिन प्रचण्ड

चिनियाँ राजदूत हु यान्छीले भेटिन प्रचण्ड

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं , पुस ९ सत्तारुढ दल दुई टुक्रामा विभाजन भएको बेला चिनियाँ राजदूत हु यान्छीले नेकपा प्रचण्ड– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन्। बिहीबार विहान साढे नौ बजे प्रचण्ड निवास खुमलटार पुगेकी यान्छी र प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। नेकपा दुई समूहमा विभाजित भइसकेपछि प्रचण्डसँग यान्छीको यो पहिलो भेटवार्ता हो। नेकपाको विवादमा सक्रिय हुने गरेकी यान्छीले यो पटक कुन बिषयमा छलफल गरिन भन्ने खुलेको छैन।...
नेपालमै केहि गर्छु भन्ने युवाको लागि थ्रिकमले ल्यायो नि:शुल्क सिपमुलक तालिम

नेपालमै केहि गर्छु भन्ने युवाको लागि थ्रिकमले ल्यायो नि:शुल्क सिपमुलक तालिम

आर्थिक, टिप्स, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, पुष ९ न्युरोड स्थीत पिपुल पाल्जामा रहेको थ्रिकम केयरले स्वदेशमै बसेर केहि गर्छु भन्ने युवाहरुलाई लक्षित गर्दै नि:शुल्क सिपमुलक तालिम ल्याउने भएको छ । बिगत ७ वर्षदेखी मोबाइल, ल्यापटप रिपेयरिङका साथै मोबाइल, ल्यापटपका पाटपुर्जा विक्रि, वितरण गर्दै आएको यस थ्रिकम केयरले युवा लक्षित आकर्षक प्याकेजको घोषणा गरेको छ । यसै माघ महिनाभित्र १५ जना युवालाई नि:शुल्क तालिम प्रदान गर्ने घोषणा गरेको छ । बढ्दो युवा पलायन रोक्नका लागी नेपाल सरकारले नै विशेष पहल गर्न ढिलाई भईरहेको अवस्थामा हामीले त्यसमा इटा थप्नका लागी सानो कदम चालेको थ्रिकम केयरका संचालक बिपिन जयसवालले बताए । १५ जना युवालाई नि:शुल्क तालिम प्रदान गर्नुका साथै रोजगारीको ग्यारेन्टी पनि लिएका छन्। साथै कम्पनिबाट तालिम लिएका युवाहरुलाई थ्रिकममै रोजगारीको व्यवस्था समेत गरिएको संचालक जयसवालले बताए । तालिम बारे थप जानका...
नेकपाका सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–नेपाल समूहमा फर्किए

नेकपाका सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–नेपाल समूहमा फर्किए

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौ , पुस ९ । २ दिन प्रधानमन्त्री केपी शर्मा ओलीको समूहका बैठकमा सहभागी भएका नेकपाका सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–नेपाल समूहमा फर्किएका छन् । यसअघिको बैठकमा ओली पक्ष्मा सहभागीता जनाएका तामाङले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा आफ्नो हस्ताक्षर दुरुपयोग भएको समेत बताएका थिए अब भने आफू प्रचण्ड–नेपाल समूहमै फर्किएको तामाङले आफू निकटलाई जानकारी दिएका छन् । प्रचण्ड–नेपाल निकट एक केन्द्रीय सदस्यले तामाङ आफूहरुकै ‘क्याम्प’मा फर्किएको बताए । प्रचण्ड–नेपाल समूहले बिहीबार बोलाएको केन्द्रीय कमिटी बैठकमा पनि तामाङ सहभागी हुनेछन् ।...
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

अपराध, समाचार, समाज, स्थानिय तह
  काठमाडौं, पुस ९ । पाँचथरको हिलिहाङ गाउँपालिका–५, सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । ३१ वर्षीय धनबहादुर उभरकोटीले बुधबार राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । गएको मध्यरात करिब १ बजे घटना भएको स्थानीयबासीले बताएका छन् । घटना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो । घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताए । धनबहादुरले मादकपदार्थ सेवन गरी घर आएको स्थानीयबासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।...
डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, स्कूल जान पाएकोमा विद्यार्थी भए खुशी

डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, स्कूल जान पाएकोमा विद्यार्थी भए खुशी

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस ९ । डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा त्यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गरिएका विद्यालयमा निर्मलीकरण गरिएसँगै त्यहाँका नौवटै स्थानीय तहका सबै विद्यालय पुस १ गतेदेखि सञ्चालन गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमणको डर कायमै रहे पनि विद्यालय निर्वाधरूपमा सञ्चालन भइरहेका छन् । सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएको शिक्षकले दाबी गर्दै आएका छन् । बन्द रहेको लामो समयपछि विद्यालय सञ्चालनमा आएसँगै अहिले त्यहाँका गाउँघरका विद्यालयमा विद्यार्थी सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको शिखर नगरपालिका–१ कपल्लेकीस्थि...
बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु , तीन जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु , तीन जना घाइते

मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं, पुस ९ । बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान ५ बजेतिर जयपृथ्वीराज मार्गअन्तर्गत सुर्नया गाउँपालिकाको आलुगैरामा धनगढीबाट बझाङतर्फ गइरहेको से१ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बझाङको बुंगल नगरपालिका( ११ घर भएका चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले दुर्घटनामा अन्य तीनजना घाइते भएका बताए । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । गम्भी घाइते हुनेमा बैतडीको पुर्चौड नगरपालिका(४ भटनाका ३५ वर्षीय जनकराज भट्ट र सोही ठाउँका अन्दाजी ४० वर्षीय गंगादत्त भट्टको रहेका छन् । दुर्घटनामा घाइते भएका बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।...
बल्खुमा जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु

बल्खुमा जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस ९ । ललितपुरको बल्खुमा गए राति जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । बा२१ च५०६४ नम्बरको जीपले ठक्कर दिँदा नवलपरासी देवचुली नगरपालिका घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकमा पैदल हिँडिरहेको बेला अधिकारीलाई जीपले ठक्कर दिएको हो । जीपको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि तत्कालै नजिकै रहेको बयोधा अस्पतालमा लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । जीपका चालक राजु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं, पुस ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसैगरी, हाल गण्डकी, बागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमानः पौष ९ गते (बिहीबार) दिउँसोः प्रदेश नं १ र  बागमती प्रदेशका पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। रातिः  प्रदेश नं १ का पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पौष १० गते (शुक्रबार) दिउँसोः प्रदेश नं १ का पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। रातिः  प्रदेश नं १ का पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।...