Friday, October 22
Shadow

यी हुन् ओली पक्षले तोकेका सातै प्रदेशका प्रदेश इन्चार्ज


  • -इ
  • इ+

काठमाडौं , पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

जसमा प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वागमतीमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको प्रवक्ता ज्ञवालीले बैठकपछि जानकारी दिए ।

त्यस्तै जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी, राजधानी उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको छ । बैठकले प्रचण्डको कार्यकारी अधिकार फिर्ता गरेको छ । साथै बैठकले समसामयिक १६ वटा प्रस्ताव पारित गरेको सो समूहले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्