Sunday, June 28
Shadow

समाचार

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम २ डिग्रीमा

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम २ डिग्रीमा

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , पुस १० । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । देशभर मौसम सामान्यतया सफा रहेपनि पश्चिमी वायुको सामान्य प्रभावले तराई/पहाडका केहि भू-भागमा हुस्सुरकुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको शुक्रबार बिहानको तापक्रम २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । बिहीबार न्यूनतम तापक्रम ४ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम शुक्रबार झण्डै २ डिग्रीले घटेको हो । काठमाडौंको शुक्रबार दिउँसोको तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने पूर्वानुमान गरिएको छ ।...
विश्वभर ‘क्रिसमस डे’ मनाइँदैै , किन मनाइन्छ ?  यस्तो छ धार्मिक आस्था र महत्व

विश्वभर ‘क्रिसमस डे’ मनाइँदैै , किन मनाइन्छ ? यस्तो छ धार्मिक आस्था र महत्व

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १० । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । नेपालमा ४ सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् । विक्रम संवत् ०६२–६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख...
स्थानियतहमा लुटको खेती :  सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमै

स्थानियतहमा लुटको खेती : सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमै

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी भ्रष्टाचार सम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ । आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मन्त्रालयगत रूपमा स्थानीय तहका कारणले सामान्य प्रशासनतर्फ सबैभन्दा धेरै उजुरी परेको पाइएको जानकारी दिए। शिक्षा क्षेत्रमा १६.३६, भूमि प्रशासनमा ८.२९ प्रतिशत उजुरी परेका छन् । त्यस्तै, दर्ता उजुरीमध्ये वन तथा वातावरणसँग सम्बन्धित ४.२१, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ४.०७ र गृह प्रशासनसँग सम्बन्धित ३.६५ प्रतिशत छन् । भौतिक पूर्वाधार तथा यातायाततर्फ ३।५९, ऊर्जा, जलस्रोत तथा सिँचाइतर्फ २.६६, अर्थतर्फ २.१७ प्रतिशत उजुरी परेका छन् ।...
आईपी टीभी शुरू गर्ने तयारीमा टेलिकम, यस्तो छ सुविधा

आईपी टीभी शुरू गर्ने तयारीमा टेलिकम, यस्तो छ सुविधा

समाचार, समाज, सुचना प्रविधि
काठमाडौं, पुस ९ । नेपाल टेलिकमले दुई वर्षदेखि तयारी गरेको आईपी टीभीको प्राविधिक काम सकेर औपचारिक रूपमा एक सातापछि घोषणा गर्ने भएको छ। ग्राहकको रोजाई इन्टरनेटसँगै आईपी टीभीतर्फ भएकोले सजिलो र सहजताका लागि टेलिकमले प्रविधिको प्रयोगबाट टीभी हेर्ने सुविधा थप गरेको हो। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले १७ पुसदेखि फाइबर टू दि होम ९एफटीटीएच०मार्फत आईपी टीभी सेवा शुरू गर्ने भएको छ। टेलिकमले काठमाडौं उपत्यकाबाट यो सेवा शुरू गर्ने र ७७ वटै जिल्लामा विस्तार गर्दै जाने घोषणा आगामी साता गर्दैछ। टेलिकमले शुरू गर्न लागेको इन्टरनेटसहितको यस्तो आईपी टीभी ग्राहकले प्रविधिको प्रयोगले टीभी हेर्न पाउने सुविधा थप हुने बताएको छ। यस्तो इन्टरनेटमा ग्राहकले १५ एमबीपीएस भन्दा माथिको गतिमा लिएको सेवाका लागि आईपी टिभी उपलब्ध हुने टेलिकमका सहप्रवक्ता रन्जित लोहिया बताउँछन्। आईपी टीभीको सेव...
उठ्दैछ धरहरा : २०औं तलाको पुनर्निर्माण सकियो

उठ्दैछ धरहरा : २०औं तलाको पुनर्निर्माण सकियो

मुख्य समाचार, समाचार, समाज
काठमाडौ , पुस ९ । २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तलाको पुननिर्माण गर्ने काम सम्पन्न भएको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशिल ज्ञवालीले २० औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको बताए । यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । धरहरा कूल २३ तला रहने पनि ज्ञवालीले बताए । यस्तै, धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रूत गतिमा भइरहेको सीईओ ज्ञवालीले बताए । त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्राहलय रहने भवनको निर्माण कार्यपनि तीव्र गतिमा भइरहेको छ । जमिन मुनीको दुईतलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरह...
यी हुन् ओली पक्षले तोकेका सातै प्रदेशका प्रदेश इन्चार्ज

यी हुन् ओली पक्षले तोकेका सातै प्रदेशका प्रदेश इन्चार्ज

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं , पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । जसमा प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वागमतीमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको प्रवक्ता ज्ञवालीले बैठकपछि जानकारी दिए । त्यस्तै जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी, राजधानी उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको छ । बैठकले प्रचण्डको कार्यकारी अधिकार फिर्ता गरेको छ । साथै बैठकले समसामयिक १६ वटा प्रस्ताव पारित गरेको सो समूहले जनाएको छ ।...
प्रतिनिधिसभा विघटनप्रति बल्ल बोल्यो भारत, भन्यो – ‘हामीले नोट गरेका छौं’

प्रतिनिधिसभा विघटनप्रति बल्ल बोल्यो भारत, भन्यो – ‘हामीले नोट गरेका छौं’

ब्यानर समाचार, समाचार
काठमाडौं, पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णयपछि नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई भारतले ‘नोट’ गरेको जनाएको छ । त्यसैगरी संसद् विघटनलगायतका निर्णयहरु नेपालको आन्तरिक मामिला भएकाले लोकतान्त्रिक विधिअनुसार निर्णय गर्ने अधिकार पनि नेपालकै भएको भारतले बताएको छ । साथै दक्षिणी छिमेकी भारतले नेपालमा विकसित भइरहेका पछिल्ला राजनीतिक घटनाक्रमलाई नियालिरहेको बताएको छ। बिहीबार आयोजित विदेश मन्त्रालयको नियमित भिडिओ ब्रिफिङमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई नोटमा राखेको बताए उनले यो नेपालको आन्तरिक मामिला भएको र प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्ने पनि बताए।छिमेकी र शुभेच्छुक भएका नाताले भारत नेपाल र नेपालीहरूलाई शान्ति, समृद्धि र विकासको बाटो अघि बढ्न सहयोग गरिरहनेछ, उनले भने। प्रधानमन्त्...
आगो ताप्ने क्रममा जलेर मृत्यु

आगो ताप्ने क्रममा जलेर मृत्यु

दुर्घटना, समाचार, समाज
काठमाण्डौँ, पुष ९ कञ्चनपुर पुनर्वास नगरपालिका –६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो । थापा उच्च रक्तचापका कारण बेहोश भई आगोमा खस्न पुगेका थिए । एक्लै आगो ताप्ने क्रममा लडेपछि उठाउने व्यक्ति नहुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।...
पछिल्लो २४ घण्टामा ६१३ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ६१३ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष ९ पछिल्लो २४ घण्टामा नेपालमा ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार ५ सय १० जनाको पिसिआर परीक्षण गर्दा ६ सय १३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९६ हजार २ सय ५० पुगेको छ। बिहीबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ७३९ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको मन्त्रालयले जनाएको छ।...
नेकपा परित्याग गरि ५१ जना नेपाली कांग्रेसमा प्रवेश

नेकपा परित्याग गरि ५१ जना नेपाली कांग्रेसमा प्रवेश

राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । रामेछाप पकरबास निवासी रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लब न्यौपाने, रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका छन् । नेपाली काङ्ग्रेस रामेछाप सम्पर्क समितिको सभापती राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको थियो । पार्टी प्रवेश गर्नेहरुको नाम यसप्रकार छः १. रोशन बुडाथोकी २.कृष्णहरि खड्का ३.अमित कार्की ४. हेम ब कार्की५.तुला ब कार्की ६.अनिल थापामगर ७.कृष्ण श्रेष्ठ ८. मोहन कु. भण्डारी ९. राजन भण्डारी १०. रुपेश भण्डारी ११.पदम ब मोक्तान १२. पाशङ लामा १२. मोति घिसिङ १३. शन्देश लामा १४. गोपि खत्...