Sunday, June 28
Shadow

समाचार

सुत्नु अघि भुलेर पनि नगर्नुस यी काम, पछुताउनु पर्ला !

सुत्नु अघि भुलेर पनि नगर्नुस यी काम, पछुताउनु पर्ला !

जिवनसैली, टिप्स, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस ८ ।। हामी प्राय खाना खाने वित्तिकै सुत्न जान्छौं । तर सुत्नु अघि केही कार्यहरु हामीले जीवन व्यवहारमा लागु ग¥यौं भने हाम्रो स्वास्थ्य राम्रो हुन्छ । सुन्दा समान्य लाग्ने कतिपय कुराहरुमा ख्याल नगर्दा त्यसले ठुलो असर पार्न सक्छ स्वथ शरिरका लागी आरामदायी र पर्याप्त निन्द्रा को आवश्यकता पर्दछ । अस्तव्यस्त दैनिकिले गर्दा धेरै मानिसहरुको न दिन राम्रो न रात राम्रो भइरहेको हन्छ । विभिन्न उपयोगी जानकरीहरु :  छिटो सुत्न नजानेः धेरै छिटो सुत्न गयो भने गहिरो निद्रा नपर्न सक्छ । सुत्न जाने उपयुक्त समय भनेको राती १० वजे देखि १०।३० सम्म हो। निदाउनको लागि मदिरा नपिउनेः रक्सी पिउने गर्दा पनि गहिरो निद्रा नपर्ने र वेला वेलामा निद्रा खुल्ने हुन्छ । सुत्न जानु भन्दा पहिले चुरोटः सुर्ती सेवन ग¥यो भने मस्तिस्कमा एक प्रकारको उत्तेजना वढाउँछ र निद्रा आउन वाधा पार्छ । सुत्न ज...
नक्कली परीक्षार्थी बनि ईपिएस परीक्षा दिने एक जना पक्राउ, प्रतिव्यक्ति ७ लाख लिएको खुलासा

नक्कली परीक्षार्थी बनि ईपिएस परीक्षा दिने एक जना पक्राउ, प्रतिव्यक्ति ७ लाख लिएको खुलासा

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस ७ । नक्कली परीक्षार्थी बनि ईपिएस परीक्षा दिने धरानका एक जना पक्राउ परेका छन् । विभिन्न समयमा ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका–१९ घर भई काठमाडौं महानगरपालिका–५ रुद्रमतीमार्ग, कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको बागबजारस्थित एक कन्सल्टेन्सीमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने उत्तम मान समेतले विभिन्न समयमा कोरियन भाषाको ईपिएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई प्रभाव तथा प्रलोभनमा पारी विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिई उत्तीर्ण गराएको खुलेको छ । यस्तै विद्यार्थीहरुबाट प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको खुल्न आएको छ । विशेष सूचना आधारमा महानगरीय अपराध म...
सरकारको अनुरोध- बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टिनमा अनिवार्य बस्नु होला

सरकारको अनुरोध- बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टिनमा अनिवार्य बस्नु होला

ब्यानर समाचार 2, समाचार, समाज
  काठमाडौँ , पुस ८ । सरकारले संयुक्त अधिराज्य (बेलायत) बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँबाट आउने व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गरेका छन् । उक्त नयाँ जातको प्रजातिको भाइरसको रोकथाम र नियन्त्रणका लागि यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबै अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न उनले अनुरोध गरेका छन् । उनले त्यहाँ देखिएको नयाँ प्रजातिको कोभिड–१९ को भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले प्राथमिकतासाथ काम गरिरहेको बताए । मन्त्रालयका प्रवक्ता डा गौतमले नेपाल प्रवेश गरेको मितिले सात दिनदेखि १० दिनभित्र ...
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा भोलिदेखि इलेक्ट्रोनिक टोकन सिस्टम लागू हुने

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा भोलिदेखि इलेक्ट्रोनिक टोकन सिस्टम लागू हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस ८ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा भोलिदेखि इलेक्ट्रोनिक टोकन सिस्टम लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा टोकन जडान गरिएसँगै यस्तो नियम लागू हुने भएको हो । कार्यालयका सेवाग्राहीको बढी चाप हुने , नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र शाखामा यो व्यवस्था लागू गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । अब बाट कार्यालयमा सेवा लिन आउनेले टोकन लिई आफ्नो टोकनको पालो आएपछि मात्रै सम्बन्धित फांटमा सम्पर्क गरी सेवा लिन सक्नेछन् । टोकन सिस्टम लागू भएपछि अब भने लामो समय सम्म लाइन बसीरहनु पर्ने छैन । यस सिस्टमले हालको कोरोना संक्रमणको अवस्थामा भीडभाडमा कमी आउने र सेवा प्रवाहमा समेत सहज हुने अपेक्षा गरिएको छ । साथै जिल्ला प्रशासन कार्यालय नुवाकोटले यस कार्यमा सहयोग गरेको भन्दै एनआइसी एशिया बैंकलाई विशेष धन्यवाद दिएको छ ।...
दाहाल-नेपाल समूहले बुझायो निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर

दाहाल-नेपाल समूहले बुझायो निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, पुस ८ । पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा अनौपचारिकरूपमा विभाजन भइसकेको छ । पुस ५ यता ओली र दाहाल- नेपाल समूहको समानन्तर बैठकले आफू अनुकुलका निर्णय तीव्र पारेका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहले आफ्नो पार्टी आधिकारिक रहेको प्रमाणस्वरूप २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ। मंगलबार बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी ३१५ सदस्यमध्ये बुधबार २८७ जनाको हस्ताक्षर र पार्टीले केपी ओलीलाई अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगलाई बुझाएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । २९० जनाको नामावली बुझाइए पनि २८७ जनाको हस्ताक्षरसहित मंगलबार पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय आयोगमा बुझाइएको पाण्डेले बताए । ३ जना भने काम विशेषले हस्ताक्षर गर्ने बेलामा छुटेकाले २८७ जनाको हस्ताक्षरसहित बहुमत पार्टी सदस्यको निर्णय आयोगमा पेस गरेको...
मेकअप गर्ने सही तरिका, यसरी तपाइँ आकर्षक देखिनुहुन्छ !

मेकअप गर्ने सही तरिका, यसरी तपाइँ आकर्षक देखिनुहुन्छ !

टिप्स, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष ७ सही मेकअपले मात्र तपाईंको सुन्दरता बढाउँदैन, तपाईंको व्यक्तिमा निखार ल्याएर आत्मविश्वास समेत जगाउँछ । तर यसका लागि आवश्यक हुन्छ मेकअप गर्ने सही कला तरिका । एक साधारण अनुहारलाई आकर्षक तथा सुन्दर बनाउन मेकअपको महत्वपूर्ण भूमिका हुन्छ । यसका लागि उचित मेकअप साधन चुन्न सक्नु पनि आवश्यक हुन्छ । साथै तपाईंले आफूलाई आवश्यक परेअनुसार मेकअप कलाको विविधता जान्नु पनि जरुरी हुन्छ । फाउन्डेशन त्वचासँग म्याच गर्ने फाउन्डेशनले अनुहारलाई एक राम्रो बेस दिन्छ । कुनै पनि अवसर तथा उत्सवका लागि तयार हुनुपूर्व फाउन्डेनको सही छनौट र उसलाई लगाउने सही तरिका जान्नु जरुरी हुन्छ । जब पनि तपाईंले फाउन्डेशन खरिद गर्नुहुन्छ, त्यतिबेला ख्याल गर्नुपर्ने हुन्छ त्यो तपाईंको त्वचासँग म्याच गर्ने खालको हुनुपर्छ । तपाईंको अनुहारको रंगसँग फाउण्डेशन पनि मिल्ने खालको हुनुपर्छ । आइस्याडो ​आफ...
सूर्य चिन्हमा कसैले दाबी नगरे हुन्छ : प्रचण्ड-नेपाल समूह

सूर्य चिन्हमा कसैले दाबी नगरे हुन्छ : प्रचण्ड-नेपाल समूह

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ७ प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन् । ओलीलाई कारबाही गरेको र आफूहरू नै आधारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेका छन् । उनीहरू दिउँसो साढे २ बजे निर्वाचन आयोग पुगेका हुन्। आयोगमा पुगेर उनीहरूले हिजो भएको पार्टीको निर्णय र हस्ताक्षर बुझाएका छन् । नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ । अरु ३ जना उपत्यकाबाहिर रहेकाले हस्ताक्षर समावेश नभएको बताइएको छ । यसअघि मंगलबार नै केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीको बैठकबाट ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११९९ सदस्यीय बनाएको जानकारी आयोगलाई ग...
चालक अनुमतिपत्रका लागि ट्रायल खुलाउँदै विभाग

चालक अनुमतिपत्रका लागि ट्रायल खुलाउँदै विभाग

टिप्स, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, पुष ७ कोरोना महामारीले नौ महीनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा अब भने खुला हुने भएको छ । सम्बन्धित प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी गरिरहेकोले विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए । कोरोना महामारीका कारण ११ चैत २०७६ पछि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अब एक सातापछि खुल्ने भएको छ । सवारी चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फाराम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गततका यातायात कार्यायलबाट हुने भएकोले सोही अनुसारको आवश्यक व्यवस्था मिलाउने तयारी भइरहेको छ। सवारी चालक अनुमति पत्र दुवै प्रकारको सवारी साधन (चारपाङ्ग्रे र दुईपाङ्ग्रे)को परीक्षा खुल्ने गरी तयारी भइरहेको पनि भुसालले बताए। लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) लिने विषयमा आव...
संसद बिघटन : राष्ट्रको संबिधानलाई आघात पुग्ने काम

संसद बिघटन : राष्ट्रको संबिधानलाई आघात पुग्ने काम

ब्यानर समाचार, राजनिती, समाचार
लक्ष्मी तिवारी,काठमाण्डौँ, पुष ७ संसद बिघटनले संबिधानको मर्म माथि प्रहार भएको प्रति पुर्ब राष्ट्रपति डा.रामवरण यादवले चिन्ता व्यक्त गरेका छन् । यो संबैधानिक तथा राजनैतिक हिसाबले पनि नमिलेको र त्यसप्रति आफु एकदमै दुःखी भएको पुर्ब राष्ट्रपति यादवको भनाई छ । राष्ट्रको संबिधानलाई आघात पुग्ने गरी पटकपटक जारी भएर फेरी उहाले नै फिर्ता गरे पछि त्यही आध्यादेशलाई प्रयोग गरेर छोटो समयमा दुइ पटक बिघटन गर्ने प्रयास गर्नुभएको छ र त्यही कारणले राष्ट्रपतिको संस्था चुकेको हो । हालको संबिधानले कुनै अधिकार नदिएको र अन्तिम बिकल्पको रुपमा संसद बिघटन हुने कुरा पनि उहाले बताउनुभएको छ । संबिधानमा ब्यबस्था नभएको कुरा आफ्नो स्वच्छाले कसैले पनि गर्न नपाउने पनि उहाले बताउनुभयो । चुनाव भएको ३ बर्ष पुरा नहुदैँ अहिलेको समयमा चुनाब गर्नुको कुनै औचित्य नरहेको खुलासा गर्नुृभएको छ । राष्ट्रले पिडा भोगेको बेला चुनाब...
बालुवाटारमा प्रधानमन्त्री र बादलबीच भेटघाट

बालुवाटारमा प्रधानमन्त्री र बादलबीच भेटघाट

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ७ गृहमन्त्री रामबहादुर थापा 'बादल'ले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भेटाघाट गरेका छन्। उनीहरुबीच करिब १ घन्टा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। पूर्वमाओवादी समूहका बादलले नेकपा विभाजनपछि आफू कुन समूहमा जानेबारे अहिलेसम्म निर्णय गर्न सकेका छैनन्। सोही विषयमा निर्णय गर्न बादलले प्रधानमन्त्रीलाई भेटेको हुनसक्ने स्रोतको दावी छ। यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुल्चोकमा पुगेर बादललाई आफ्नो समूहमा आउन आग्रह गरेका थिए। भेटपछि प्रचण्डले बादल आफ्नो पक्षमा आउने दावी गरेका थिए। तर मंगलबार भएको प्रचण्ड नेपाल समूहको स्थायी कमिटी र केन्द्रीय समिति बैठकमा भने सहभागी भएनन्। मंगलबार बादल र उपाध्यक्ष वामदेवबीच छलफल भएको थियो। गौतमसँग छलफल गर्न बादल भैंसेपाटी गएका थिए।...