Friday, April 19
Shadow

आईपी टीभी शुरू गर्ने तयारीमा टेलिकम, यस्तो छ सुविधा


  • -इ
  • इ+

काठमाडौं, पुस ९ । नेपाल टेलिकमले दुई वर्षदेखि तयारी गरेको आईपी टीभीको प्राविधिक काम सकेर औपचारिक रूपमा एक सातापछि घोषणा गर्ने भएको छ। ग्राहकको रोजाई इन्टरनेटसँगै आईपी टीभीतर्फ भएकोले सजिलो र सहजताका लागि टेलिकमले प्रविधिको प्रयोगबाट टीभी हेर्ने सुविधा थप गरेको हो।

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले १७ पुसदेखि फाइबर टू दि होम ९एफटीटीएच०मार्फत आईपी टीभी सेवा शुरू गर्ने भएको छ। टेलिकमले काठमाडौं उपत्यकाबाट यो सेवा शुरू गर्ने र ७७ वटै जिल्लामा विस्तार गर्दै जाने घोषणा आगामी साता गर्दैछ।

टेलिकमले शुरू गर्न लागेको इन्टरनेटसहितको यस्तो आईपी टीभी ग्राहकले प्रविधिको प्रयोगले टीभी हेर्न पाउने सुविधा थप हुने बताएको छ। यस्तो इन्टरनेटमा ग्राहकले १५ एमबीपीएस भन्दा माथिको गतिमा लिएको सेवाका लागि आईपी टिभी उपलब्ध हुने टेलिकमका सहप्रवक्ता रन्जित लोहिया बताउँछन्।

आईपी टीभीको सेवा दिन टेलिकमले दुई वर्षदेखि गरेको प्राविधिक तयारी पूरा भएकोले अब औपचारिक रूपमा १ जनावरी २०२१ बाट घोषणा गर्ने तयारी गरिएको छ। लोहिया टेलिकमको एफटीटीएच सेवाबाट भ्वाइस र डाटा दिइरहेकोमा अब टिभी हेर्ने सुविधा पनि थप हुने बताउँछन्।

आईपी टीभीका लागि औपचारिक घोषणासँगै विभिन्न सुविधा र प्याकेजमा सेवाको बारेमा जानकारी दिइने पनि लोहियाले बताए। सरकारले ८ कात्तिकदेखि लागू गरेको क्लिन फिड ९विज्ञापनरहित० नीतिसँगै टिभीका ग्राहक आईपीतर्फ मोडिएका छन्। क्लिन फिड नीति अनुसार विदेशी च्यानलाई क्लिन फिड बनाएर चलाउनुपर्ने हुन्छ। सो अनुसारको आवश्यक तयारी गरेर टेलिकमले नयाँ  सेवा र प्रविधिको औपचारिक  शुरूआत गर्ने जानकारी दिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिकमा सार्वजनिक गरेको भदौसम्मको तथ्यांक अनुसार टेलिकमका एफटीटीएच ग्राहक देशैभर दुई लाख ४३ हजार २१४ रहेका छन्। टेलिकमले ७३ जिल्लामा पुर्‍याएको यस्तो द्रुत गतिको इन्टरनेट सेवालाई छिट्टै ७७ जिल्लामा पुर्‍याइने योजना रहेको पनि टेलिकमका सहप्रवक्ता लोहिया बताउँछन्।

टेलिकमले पछिल्लो समय आक्रामक सेवा विस्तार गर्ने, गुणस्तर सुधार्ने र ग्राहकको आवश्यकता अनुसार द्रुत गतिको फाइबर इन्टरनेट किफायति मूल्यमा उलब्ध गराउने योजन अनुसार एफटीटीएच सेवाको पहुँच तथा दायरा बढाउँदै गएको पनि छ।

टेलिकमले एफटीटीएच इन्टरनेट सेवालाई प्रवर्द्धन गर्न पुस मसान्तसम्म ‘एफटीटीएच जाडोमा न्यानो अफर’समेत ल्याएको छ। यो अफरका लागि २० एमबीपीएस वा सो भन्दा बढी स्पीडको इन्टरनेट जडान गर्दा निःसुल्क सीपीई,  १०० मिटरसम्म निःसुल्क ड्रप फाइबर र ग्राहकको मोबाइलमा एक वर्षसम्म दैनिक ३०० एमबी डाटा उपलब्ध गराइरहेको छ।

टेलिकमले यो अफरमा २० एमबीपीएसको इन्टरनेटका लागि वार्षिक शुल्क रू। १३ हजार तोकेको छ। यो अफर लिँदा ग्राहकले कुल १०६ जीबीको मोबाइल डाटा निःशुल्क पाउने टेलिकमले जानकारी दिएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares