Saturday, April 27
Shadow

समाचार

कलाकार रवि पटवर्धनको निधन

कलाकार रवि पटवर्धनको निधन

अन्तरवार्ता, समाचार
  काठमाडौ,मंसिर २१ हिन्दी र मराठी फिल्म, टेलिभिजन र नाटकका चर्चित कलाकार रवि पटवर्धनको आज विहान कार्डिएक अरेस्टबाट निधन भएको छ। ८४ वर्षीय रविमा लामो समयदेखि मुटुको समस्या थियो। भारतीय सञ्चारमाध्यमका अनुसार शनिवारमात्रै मुटुको समस्या बल्झिएको थियो। शनिवार राती श्वासप्रश्वासमा समस्या भएपछि उनलाई एक निजी अस्पतालमा भर्ना गरिएको थियो। यद्यपि उनको अवस्थामा कुनै सुधार भएन। आज विहान निधन भयो। यसअघि मार्चमा उनलाई हर्टअट्याक भएको थियो। मराठी-हिन्दी फिल्म र सीरियलमा दादाजीको भूमिकामा देखिने रवि पटवर्धनले आफ्नो करियरमा दुई सयभन्‍दा बढी फिल्म र १५० भन्दा बढी नाटकमा काम गरेका छन्।...
ओली बिनै सुरु भयो नेकपा स्थायी कमिटी बैठक

ओली बिनै सुरु भयो नेकपा स्थायी कमिटी बैठक

ब्यानर समाचार, राजनिती, समाचार
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ। १ बजेका लागि बोलाइएको बैठक साढे १ बजे सुरु हुँदा पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन्। उनी बालुवाटारमै रहेका छन्। बैठकमा सहभागी एक नेताले प्रधानमन्त्री उपस्थित नहुने जानकारी गराएका छन्। बैठकलाई पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अध्यक्षता गरिरहेका छन्। बैठकमा प्रधानमन्त्री ओली बाहेक सचिवालयका ८ जना जना नेता सहभागी छन्। पार्टीभित्र देखिएको विवाद टुंग्याउन तथा सचिवालयमा दुई अध्यक्षले पेश गरेको फरक फरक प्रतिवेदनमाथि छलफलका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री बैठकमा सहभागी हुने कुनै कार्यक्रम नरहेको जानकारी दिए।...
एनआईसी एशिया बैंकद्वारा १ प्रतिशत नगद लाभांश, १९ प्रतिशत बोनस सेयर प्रस्ताव

एनआईसी एशिया बैंकद्वारा १ प्रतिशत नगद लाभांश, १९ प्रतिशत बोनस सेयर प्रस्ताव

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, मंसिर २१ एन आई सी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ। सो सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश सेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। बैंकले १९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ। बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ। विश्वव्य...
पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्युटर बनाए चीनियाँ वैज्ञानिकले

पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्युटर बनाए चीनियाँ वैज्ञानिकले

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, सुचना प्रविधि
काठमाडौ,मंसिर २१ चीनीयाँ वैज्ञानिकहरुले विश्वकै पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्यूटर बनाएको दावी गरेका छन् । यसले पहिलेको सुपर कम्प्यूटर भन्दा छिटो गणना गर्ने गर्दछ । त्यो क्वान्टम कम्प्यूटरको नाम जीउजाङ्ग हो । जीउजाङ्ग नाम प्राचीन चिनियाँ गणितीय टेक्स्टबाट आएको हो । जिउजाङ्गले गणनाको लागि ७६ फोटोनहरु म्यानिपुलेटङ गर्ने नयाँ विधि प्रयोग गरेको छ । क्वानटम कम्प्यूटर अरु परम्परागत कम्प्यूटर भन्दा धेरै राम्रो काम गर्छ जसले विज्ञान, आर्टिफिसियल इन्टेलिजेन्स र औषधीको क्षेत्रमा एकदमै प्रगति गराउन सक्दछ । चीनले केही वर्ष देखि क्वान्टम टेक्नोलोजीमा एकदमै लगानी गरिरहेको छ । चीनले सन् २०१७ मा ह्याक प्रुफ र अल्ट्रा हाई सेक्युरिटी फिचर भएको क्वान्टम कम्युनिकेसन स्याटेलाइट सार्वजनिक गरेको थियो । चीनले बेजिङ र साङ्घाईको बिचमा  २००० किलोमिटरको ह्याक गर्न नमिल्ने क्वान्टम कम्युनिकेसन ल...
जोरविजोर प्रणाली हटाउने तयारीमा यातायात व्यवसायी

जोरविजोर प्रणाली हटाउने तयारीमा यातायात व्यवसायी

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २१ मंसिर २५ गतेदेखि यातायात व्यवसायीहरुले सवारी साधनमा लगाइएको जोरविजोर प्रणाली हटाउने तयारी गरेका छन्। कोभिड १९ का कारण गत चैत ११ देखि बन्द भएको सार्वजनिक यातायात भदौं एक गतेदेखि जोरविजोर प्रणाली लागूगरी सञ्चालन हुँदै आएको थियो। सार्वजनिक यातायात प्रति सरकार गैरजिम्मेवार भएको भन्दै मजदुर र व्यवसायी मिलेर मंसिर २५ गतेबाट जोरविजोर प्रणाली हटाउन लागेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताउँछन। ‘सिएमसीलाई सार्वजनिक यातायातहरुको समस्याबारे छिटै निर्णय गर्न प्रत्र पठाएको छौं,’उनले भने। उनका अनुसार सार्वजनिक यातायातमा यात्रुको चाप बढेकोले यात्रु र व्यवसायीलाई सहज बनाउन जोरविजोर प्रणाली हटाउन लागिएको हो। ‘सरकारले कम व्याजमा ऋण, अनुदान, किस्तामा सहज वातावरण दिन नसकेपछि पटक पटक दवाव दिदै आएका छौं,’ उनी भन्छन्।...
सिद्धार्थ बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा

सिद्धार्थ बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा

आर्थिक, समाचार
काठमाण्डौँ, मंसिर २१ सिद्धार्थ बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको हाल कायम चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १ सय ३८ रुपियाँ छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६र७७ को नाफा र संचित रकमबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशको करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव लक्ष्मण घिमिरेले जानकारी दिनुभएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव घिमिरेले बताउनुभयो ।...
बलिउड अभिनेत्री कियारा आडवाणी पापड बेच्दै

बलिउड अभिनेत्री कियारा आडवाणी पापड बेच्दै

अन्तर्राष्ट्रिय, मनोरञ्जन, समाचार
काठमाडौ,मंसिर २१ बलिउड अभिनेत्री कियारा आणवाणीले फिल्ममा विभिन्न भूमिका निभाउँदै आएकी छन् । भर्खरै मात्र उनी अक्षय कुमार अभिनित फिल्म ‘लक्ष्मी’ मा पनि एक अलग भूमिकामा देखिएकी थिइन् । उनले हालसालै अर्को एक फिल्म साइन गरेकी छन् । जसको नाम हो ‘ कुर्रम कुर्रम’ । यस फिल्ममलाई चर्चित निर्माता आशुतोष गोवारिकरले निर्माण गर्न लागेका हुन् । यस फिल्ममा कियारलाई अन्य फिल्मको भन्दा एक विशेष भूमिकामा देखाइने छ । भारतीय मिडियाले जनाए अनुसार कियारा यस फिल्ममा एक पापड बनाउने महिलाको भूमिकामा देखिने छिन् ।जसलाई चर्चिच ‘लिज्जत पापा’ ले सुरु गरेको थिए । यो फिल्ममा भारतीय महिला सहकारी श्री महिलाको कथा हुने छ । ‘लिज्जत पापड’को विज्ञापनमा पनि ‘कर्रम कर्रम’ को प्रयोग गरिएको छ । त्यही आधारमा फिल्मको नाम राखिएको हो । यही फिल्मको भूमिकाको लागि कियारा पापाड बेच्ने प्रयासमा अभ्यास गरिरहेकी छिन् । यो ए...
बाइडेनको जित उल्टाउने प्रयासमा ट्रम्प, जर्जियाका गभर्नरलाई दिए दबाब

बाइडेनको जित उल्टाउने प्रयासमा ट्रम्प, जर्जियाका गभर्नरलाई दिए दबाब

अन्तर्राष्ट्रिय, समाचार
काठमाडौ,मंसिर २१ अमेरिकामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा पराजित रिपब्लिकन पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले विजयी जो बाइडनको मत परिणाम उल्टाउन जर्जियाका गभर्नरलाई दबाब दिएका छन्। जर्जियाका रिपब्लिकन गभर्नर ब्रियन केम्पलाई मत परिणामलाई तत्काल स्वीकृति नदिन राज्यको संसद बैठक बोलाएर छलफल गराउन दबाब दिएका हुन्। हस्ताक्षर परीक्षण गर्न गभर्नर र राज्यका सचिवले अनुमति दिए मात्र पनि सजिलै र चाँडै आफ्ना पक्षमा परिणाम उल्टने ट्रम्पको अपेक्षा छ।...
तारकेश्वर नगरपालिकाद्धारा आजदेखि विद्यालय सञ्चालन

तारकेश्वर नगरपालिकाद्धारा आजदेखि विद्यालय सञ्चालन

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २१ काठमाडौंको तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खुला गरेको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपालिकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए । कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित तवरमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन हरेक विद्यालयलाई निर्देशन दिएको बताइएको छ । विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षामा मापदण्ड पालन गर्ने विधि, प्रत्येक विद्यालयमा हेल्प डेस्क निर्माण गर्ने र नजिकको स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यकतानुसार स्वास्थ्य परीक्षण र परामर्श दिने, विद्यालयको सरसफाइ, हात धुने व्यवस्था, विद्यालयलाई दैनिक निर्मलीकरण गर्ने, प्रत्येक दिन कक्षा शुरु हुनुअगावै कम्तीमा पाँच मिनेट कोभिड–१९ को सङ्क्रमणका बारेमा विद्यार्थीलाई जा...
प्रहरीकै पेस्तोल खोसेर ‘तस्कर’ले चलाए गोली

प्रहरीकै पेस्तोल खोसेर ‘तस्कर’ले चलाए गोली

अचम्मका कुरा, अपराध, समाचार
काठमाडौ,मंसिर २१ बुटवलमा गैंडाको खाग तस्करले प्रहरीको पेस्तोल खोसेर हानेको गोली लागेर एकजना घाइते भएका छन्। बुटवलको मिलनचोकमा आइतबार बिहान गोली चलेको हो। राजमार्ग चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएको छ। उनको पहिचान भइसकेको छैन। उनको चिउडोमा गोली लागेको छ। पेस्तोल खोसिएका प्रहरी भने सकुशल रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।...