Friday, April 26
Shadow

संसद् विघटनको विरुद्ध नुवाकोट कांग्रेसको विरोध प्रदर्शन


  • -इ
  • इ+


काठमाण्डौँ, पुष १३
संसद् विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्री केपी शर्माओलीको कदमलाई असंवैधानिक भनेको कांग्रेसले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो ।

सोहि क्रममा नुवाकोटमा पनि नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । सोमवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीको उपस्थीतिमा विरोध सभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले, प्रधानमन्त्री ओलीको एकल निर्णय आफैँमा असंवैधानिक र अमान्य भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य बहादुर सिंह लामा, जिल्ला सभापति जगदिश्वरनरसिंह केसी लगाएतका नेताहरुले प्रधानमन्त्री ओलीको निर्णयको विरोध जनाएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares