Saturday, May 4
Shadow

समाचार

कृष्णनगरमा मुख्यमन्त्री पोखरेललाई बुझाइयो ज्ञापन पत्र

कृष्णनगरमा मुख्यमन्त्री पोखरेललाई बुझाइयो ज्ञापन पत्र

मुख्य समाचार, समाचार, समाज
रवि प्रकाश कसौधन, कृष्णनगर, पुस, २४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हिजो कपिलवस्तु जिल्लाको कृष्णनगर भंसार नाकाको अवलोकन गरेका छन् । राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी, उद्योगी, कर्मचारी लगायतसंग भेटघाट तथा छलफल पनि गरेका छन् । भेटघाट तथा छलफलका क्रममा राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य श्याम कुमार मिश्रको नेतृत्वमा प्रेम शंकर शुक्ल लगायतको टोलीले यहि पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवसको अवसरमा नेपाल सरकारद्वारा भव्यरूपमा मनाउन र उक्त दिन सार्वजनिक विदा घोषणाको माग गर्दै मुख्यमंत्री पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् । साथै कृष्णनगरको लिंकगेटमा निर्माणाधीन रहेको प्रवेशद्वार कार्य पुरा गर्न रकम निकाला गर्न समेत प्रवेशद्वार निर्माण समितिले ध्यानाकर्षण गराएको छ । उक्त छलफलमा व्यापारी लगायत अन्यले आ- आफ्नो समस्याको बारेमा ध्यानाकर्षण गरा...
राष्ट्रियसभामा  बार्षिक प्रतिवेदन पेश , आज कसले के बोले ?

राष्ट्रियसभामा बार्षिक प्रतिवेदन पेश , आज कसले के बोले ?

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौँ , पुस २४ । राष्ट्रियसभामा दीगो विकास तथा सुशासन समितिको २०७६/७७ बार्षिक प्रतिवेदन पेश भएको छ । सभाको आजको बैठकमा सभापति तारादेवी भट्टले समितिको बार्षिक प्रतिवेदन पेश गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही पुस २६ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।राष्ट्रियसभाको शुक्रबारको बैठकमा पनि सदस्यहरुले प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बाँडिएका छन् । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरी नयाँ चुनाव मिति घोषणा गर्नु प्रतिपक्षीका लागि राम्रो हुनुपर्ने बताए । प्रमुख प्रतिपक्षीलगायतले जनतामा जान खुट्टा कमाएको उनको भनाइ छ । संवैधानिक इजलासमा गएपछि यो विषय संवैधानिक भएको उनले टिप्पणी गरे । प्रतिनिधिसभा विघटन प्रतिगमन नभएको उनको जिकिर छ । राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा (पार्वती)ले सरकारलाई पार्टीभित्र, संसदीय दल, संसदीय समितिहरुबाटै काम गर्न रोक...
कोरोनाबाट जोगाउनका लागि थप दुई जीवनरक्षक औषधि भेटिए

कोरोनाबाट जोगाउनका लागि थप दुई जीवनरक्षक औषधि भेटिए

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, पुस २४ । कोरोना संक्रमणले जकडेका बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधि भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस ९एनएचएस० को इन्टेन्सिव केयर युनिट (आइसीयू) मा यी भ्याक्सिनको ट्रायल गर्ने अनुसन्धानकर्ताले यी औषधि खोपमार्फत् दिइने र उपचार गरिएका हरेक १२ जनामध्ये थप एक जनाको ज्यान बचाउन सक्ने दाबी गरेका छन् । विशेषज्ञले यी औषधि बेलायतमा पहिलेदेखि नै उपलब्ध भएकोले यसको तुरुन्त प्रयोग गरेर सयौंको ज्यान बचाउन सकिने बताएका छन् । बेलायतको अस्पतालमा ३० हजारभन्दा बढी कोरोनाका बिरामी छन् । यो आँकडा गत वर्ष अप्रिलको तुलनामा ३९ प्रतिशत बढी छ । बेलायत सरकारले औषधि निर्माता कम्पनीसँग बेलायतमा बिरामीका लागि टोसिलुजमेब र सरिलुमेब औषधी उपलब्ध रहोस् भनेर लगातार सम्पर्क स्थाप...
काठमाडौँ महानगरका विद्यालय माघ १ देखि खुला हुने

काठमाडौँ महानगरका विद्यालय माघ १ देखि खुला हुने

शिक्षा, समाचार, समाज
  काठमाडौँ, पुस २४ । कोरोना भाइरसको महामारीपछि सरकारले लगाएका सबै प्रतिबन्ध फुकुवा गरिसके पनि काठमाडौँ महानगर क्षेत्रका सबै विद्यालय अझै सञ्चालनमा आएका छैनन् । स्वास्थ्य मापदण्ड पालनाका आवश्यक पूर्वाधारको तयारी तथा जोखिम आकलन विश्लेषणका लागि भन्दै महानगरले माघ १ देखि मात्रै विद्यालय सञ्चालनको अनुमति दिएको छ । महानगरपालिकाले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ ।चालु शैक्षिक सत्रको तीन महिनामात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने टुंगो गरेको हो । कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर विद्यालय खुलाउन अनुमति दिइएको महानगरपालिकाका प्रवक्ता तथा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए । सरकारको निर्देशनअनुसार महानगरका विद्यालयहरुले गत असारबाट अनलाइन कक्षा भने चलाइरहेका थिए । अधिकांश विद्यालयले अनलाइन कक्षा चलाए ...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २४ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु हुनेको संख्या १९ लाख नाघेको छ । गएको २४ घण्टामा १४ हजारभन्दा बढीको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १९ लाख ५ हजार नाघेको वल्डोमिटरले जनाएको छ । गएको २४ घण्टामा यो खबर तयार पार्दासम्म ७ लाख ९५ हजार संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमण पुष्टि हुनेको संख्या ८ करोड ४ लाख नाघेको छ । जसमध्ये ६ करोड ३५ लाख निको भएका छन् भने १९ लाख ५ हजारको मृत्यु भएको हो । अझै पनि २ करोड २९ लाख सक्रिय संक्रमित रहेकामा १ लाख ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको पाइएको छ ।...
अहिलेसम्मकै कठोर नैतिक संकटमा प्रधानन्यायाधीश

अहिलेसम्मकै कठोर नैतिक संकटमा प्रधानन्यायाधीश

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २४ । इजलास स्थगित भएन र हेर्न नभ्याउने भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ । केही निवेदनमाथिको सुनुवाइ गर्ने इजलासको नेतृत्वमा रहने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अहिलेसम्मकै कठोर नैतिक संकटमा पर्नेछन् किनभने उनले आफैमाथि पनि कारण देखाऊ आदेश जारी गर्नुपर्नेछ । निवेदकमध्येका एक अधिवक्ता ओमप्रकाश अर्यालले दर्ता गरेको निवेदनमा संवैधाकि परिषद्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र सदस्य रहेका प्रधानन्यायाधीशलाई पनि विपक्षी बनाइएको छ । यस अर्थमा शुक्रबार इजलासमा पेस हुने मुद्दा प्रधानन्यायाधीश जबराविरुद्ध समेत हो । आफूविरुद्धको मुद्दा आफैले हेर्न हुँदैन भन्ने प्राकृतिक न्यायको सिद्धान्त हो । त्यसैले प्रधानन्यायाधीश जबराले स्वयम् उक्त इजलासको न...
नेपालको पासपोर्ट कमजोरको सुचीमा, कुन देशको सबैभन्दा उत्कृष्ट ?

नेपालको पासपोर्ट कमजोरको सुचीमा, कुन देशको सबैभन्दा उत्कृष्ट ?

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । नेपालको पासपोर्ट, सन् २०२१ मा विश्वको सबैभन्दा खराब पासपोर्टको सुचीमा १०४ औं स्थानमा परेको छ । केवल ३८ देशमा यात्रा अनुमति भएको नेपाल र लिबिया, विश्वको सबै भन्दा कमजोर पासपोर्टको सुचीमा १०४औं स्थानमा रहेका छन् । कोरोना महामारीको कारण अहिले विमानस्थलमा गएर आफ्नो इच्छा भएको र जानुपर्ने राष्ट्रमा जाने, एयरपोर्टमा वरपर हिड्ने, पासपोर्ट देखाउने र विमानमा यात्रा गर्ने सम्झना मात्र भएको छ । यसलाई ठिक हुन करिब एक दशक नै लाग्ने जस्तो देखिन्छ । विश्वका कतिपय राष्ट्रहरु अहिले पुन लकडाउनमा गएका छन् भने हवाई यात्रामा प्रतिबन्ध लगाएका छन् । हेन्ली पासपोर्ट इन्डेक्सको अनुसार, विश्वमा सबै भन्दा धेरै यात्रा गर्न सजिलो र उत्कृष्ट पासपोर्ट जापानको रहेको छ । एशियाली मुलुकका नागरिकहरु संग यात्राको निकै शक्तिशाली कागजपत्र हुने गर्दछ । जापानलाई विश्वका कतिपय राष्ट्रहरुले निशुल्क भिसा र वि...
पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला त तीन दिनको मौसम ?

पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला त तीन दिनको मौसम ?

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, पुस २४ । पश्चिमी वायुको प्रभाव कम हुँदै जाँदा मुलुकभर मौसम क्रमिकरूपमा खुल्दै गएको छ । अझै पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि तराईका भू(भागमा हुस्सु लागिरहेको र दिउँसो क्रमिकरूपमा खुल्दै जाने महाशाखाले जनाएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान पौष २४ गते (शुक्रबार) दिउँसो : प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति :  प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम आंशिक बदली रहनेछ । पौष २५ गते (शनिबार) दिउँसो : प्रदेश १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक  देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम साम...
केहि नखाई ३० वर्ष बाँच्न सक्ने अनौठो जीव !विश्वास नलाग्ला तर यो कुरा सत्य हो

केहि नखाई ३० वर्ष बाँच्न सक्ने अनौठो जीव !विश्वास नलाग्ला तर यो कुरा सत्य हो

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं , पुस २३ । संसारमा एउटा यस्तो पनि जीव छ, जो ३० वर्षसम्म केहि पनि खानेकुरा नखाई कन बाच्न सक्छ ।तपाईलाई कुनै प्राणी केही पनि नखाई ३० वर्षसम्म बाँच्छ भन्दा विश्वास नलाग्ला तर यो कुरा सत्य हो । यो जीव देख्देमा डरलाग्दो छ । यसको स्वरूप मात्रै नभएर यसको क्षमता पनि त्यस्तै अनौठो रहेको हुन्छ । यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिक पनि छक्क परेका छन् ।केहि नखाई ३० वर्ष बाँच्न सक्ने अनौठो जीव ! यो जीवको नाम वाटर रिज हो । नयाँ तथ्यअनुसार यो जीवनलाई वैज्ञानिकले ‘अजम्बरी जीव’को नाम दिएका छन् । यो जीव व्रम्हाण्डमा पत्ता लागेका सबै ग्रहमा सजिलैसँग बाच्ने सक्ने क्षमताको हुन्छ । -एजेन्सीको सहयोगमा...
भारतमा वर्डफ्लु , नेपालमा उच्च सतर्कता

भारतमा वर्डफ्लु , नेपालमा उच्च सतर्कता

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ पुस २३ । भारतका विभिन्न प्रदेशमा बर्डफ्लु देखिएपछि नेपाल पनि उच्च सतकर्ताको लागि सरकारले तयारी थालेको छ । नेपालमा बर्डप्mलु संक्रमण भित्रिन नदिइन कृषि तथा पशुपन्छि विकास मन्त्रालयले पशुसेवा विभागलाई बिहिरबाट आयात हुने पशुपन्छि तत्काल नेपाल भित्रिन नदिन निर्देशन दिएको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तरगतको पशुसेवा विभाग लगायत सबै सम्बन्धित निकायलाई भारत लगायतका सिमा नाकाबाट आयात हुने पशुपन्छि तत्काल रोक्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयका सह–सचिव डा। विमल कुमार निर्मलले बर्डफ्लु संक्रमण नेपालमा भित्रिन नदिइन मन्त्रालयले उच्च सतकर्ताका लागि नेपाल–भारत सीमाका सबै क्वारेन्टाइनलाई सचेत हुन विभाग मार्फत पत्राचार गरी सकेको बताए । उनले कुनै पनि नाकाबाट पशुपन्छि आयात हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए । नेपालमा कोरोना संक्रमण फैलिएपछि स्वास्थ...