Wednesday, July 1
Shadow

समाचार

चिसो बढेकोले तीन दिन विद्यालय बन्द गर्न निर्देशन

चिसो बढेकोले तीन दिन विद्यालय बन्द गर्न निर्देशन

मौसम, शिक्षा, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, माघ १८ नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधिक चिसो बढेकाले तीन दिन विद्यालय बन्द गर्न निर्देशन दिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले सूचना निकालेर १९ देखि २१ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएका हुन्। चिसो यथावत रहेमा शुक्रबारसम्म विद्यालय बन्द गर्न निर्देशन गरिएको छ। सूचनामा भनिएको छ, ‘अत्याधिक चिसो भएको कारणले गर्दा मिति २०७७ माघ १९ गते सोमबारदेखि २०७७ माघ २१ गते बुधबारसम्म तीन दिन विद्यालय विदा गर्ने र मौसम अनुकूल भइ घाम लागेको खण्डमा २२ गतेबाट विद्यालय सञ्चालन गर्ने तर यस्तै प्रतिकूल मौसम रहेमा माघ २३ गते शुक्रबारसम्म विद्यालयहरुमा विदा गर्ने व्यवस्था मिलाउनु हुन सम्पूर्ण विद्यालयहरुलाई जानकारी गराइन्छ।’ नेपालगञ्जमा केही दिनयता चिसो बढेको छ। यहाँको तापक्रम ३ डिग्रीसम्म सेल्सियसमा झरेको छ। आइतबारको न्यूनतम तापक्रम ५ डि...
श्री ५ को सरकार भनेपछि खानेपानी मन्त्री आलोचित, मागे माफि

श्री ५ को सरकार भनेपछि खानेपानी मन्त्री आलोचित, मागे माफि

ब्यानर समाचार, राजनिती, समाचार
खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले माफि मागेका छन् । एउटा सभामा सम्बोधनका क्रममा उनले 'श्री ५ को सरकार' भनेकोमा माफी मागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेतासमेत रहेका मन्त्री थापाले सुर्खेतमा शनिबार आयोजित सभामा 'नेपाल सरकार' भन्नुपर्नेमा 'श्री ५ को सरकार' भनेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भनेका थिए, 'सबैलाई सम्मान गर्न चाहन्छु जो मञ्चमा आसीन हुनुहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरु म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा ‘ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा तपाईंहरुलाई लाल सलाम भन्न चाहन्छु ।' मन्त्री थापाले श्री ५ को सरकार भनेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि आइतबार बिहान मन्त्री थापाले स्पष्टीकरण दिँदै माफी मागेका छन् । म...
काठमाण्डौमा बर्ड फ्लू :  सम्भावित क्षेत्रमा उच्च निगरानी

काठमाण्डौमा बर्ड फ्लू : सम्भावित क्षेत्रमा उच्च निगरानी

जिवनसैली, ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, माघ १८ काठमाण्डौमा बर्ड फ्लू देखिएपछि भारतसँगको नाकामा कडाइ गरिएको छ । यसअघि भारतमा बर्ड फ्लू देखिएकाले भारतसँगको सबै नाकामा कडाइ गरिएको पशुसेवा विभागले जनाएको छ । विभागले भारतबाट हुने पंक्षीजन्य सबै वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइएको पनि जनाएको छ । अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लु रोग देखा परेसँगै नेपालमा सतर्कता बढाइएको बताइए पनि काठमाण्डौमा बर्ड फ्लूकाे पुष्टि भएको हो । बर्ड फ्लू काठमाण्डौमा देखा पर्यो भन्नेबारे भने अनुसन्धान भइरहेको विभागका सूचना अधिकारी डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो । भारतका विभिन्न राज्यमा बर्ड फ्लू देखिएपछि नाकामा कडाइ गरिएको सरकारले बताउँदै आएको थियो । यस्तै सीमानाकासहित देशका विभिन्न ठाउँमा पनि निगरानी बढाइएको छ । रोग पुष्टि भएको क्षेत्र काठमाण्डौको तारकेश्वर नगरपालिका-७ क्षेत्रमा रहेका सबै घरपालुवा पंक्षी र रोग सार्न...
संचारकर्मी गुप्तालाई ज्यान मार्ने धम्की

संचारकर्मी गुप्तालाई ज्यान मार्ने धम्की

अपराध, समाचार
कृष्णनगर कपिलवस्तु कपिलवस्तु कृष्णनगर नगरपालिका ६ भिल्मी घर भएकाे संचारकर्मी कमलेश चन्द्र गुप्तालाई समाचार लेखेको कारण केहि ब्यक्तिले गाली गलौज गरि हात पात गरेका छन । कृष्णनगर नगरपलिका ६ भिल्मीमा जनता आवास कार्यक्रम अन्तर्गत बन्दै गएकाे घरमा कमसल इटा प्रयाेग भइरहेकाे समाचार लेखेपछि वहांलाई निर्माण समितिका जावेद आलम र तिनका भाई ताहिर खानले गाली गालाैज गरि ज्यान मार्ने धम्की दिएका छन l ज्यान मार्ने धम्की आएपछि पत्रकार कमलेश चंद्र गुप्ताले सुरक्षाको माग गर्दै प्रहरी चौकी भिल्मीमा उजुरी दिएका हुन । पत्रकार भई समाचार संकलन सम्प्रेषण गर्दा अनेकाैं बाधा अवराेध आउने गर्छन तर निडर भई समाजलाई सुसुचित गराउन पत्रकारिताकाे धर्म रहेकाेले समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की दिने र गाली गलाैज, हातापाई गर्ने जस्ताे कुकृतिप्रति प्रेस क्लब आफ कृष्णनगर र अवधी पत्रकार संघ नेपालकाे गम्भीर ध्याना...
सैन्य शिविरमा आत्मघाती बम आक्रमण, ८ सुरक्षाकर्मीको मृत्यु

सैन्य शिविरमा आत्मघाती बम आक्रमण, ८ सुरक्षाकर्मीको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ १७ । अफगानिस्तानको पूर्वी भाग नान्गाहारस्थित सैन्य शिविरमा आत्मघाती बम आक्रमणमा कम्तीमा ८ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । तालिवान लडाकू समूहले विस्फोटक पदार्थले भरिएको गाडी शिविरभित्र लगेर विस्फोट गराएका थिए । तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले घटनाको जिम्मा लिएका छन् । सैन्य शिविरमा भएको आक्रमणको नान्गाहारका गभर्नरले विज्ञप्तिमार्फत पुष्टि गरेका छन् । यो प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेना लक्षित आक्रमण जारी राखेको छ । तालिवान र अफगान सरकारबीच युद्ध रोक्ने विषयमा गत वर्ष सेप्टेम्बरमा सुरु भएको शान्ति वार्ता अझै पनि निष्कर्षमा पुग्न सकेको छैन ।...
बलात्कारको आरोपमा २६ वर्षीय युवक पक्राउ

बलात्कारको आरोपमा २६ वर्षीय युवक पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सप्तरी , माघ १७ । बलात्कार प्रयासका फरार एक आरोपी आज पक्राउ परेका छन् । सप्तरीको रूपनी गाउँपालिका–३ मलाहाटोलका २६ वर्षीय नरेश मुखिया मलाहालाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गत कात्तिक ६ गते राति शौचालय गएका बेला आरोपितले बलात्कार प्रयास गरेको भन्दै एक महिलाले उजुरी गरेका थिए । पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी कात्तिक २७ गते नै दर्ता भए पनि फरार रहेकाले खोजतलासका क्रममा आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।...
कोरोना विरुद्धको खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

कोरोना विरुद्धको खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, माघ १७ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको खोप अभियान प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले स्वास्थ्य निर्देशनालय र खोप केन्द्रका अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् । आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवामा खोप अभियानको निरीक्षणका क्रममा उनले पहिलो चरणमा प्रभावकारी ढङ्गले स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप प्रदान गर्न आग्रह गरे । उनले नेपालमा आएको खोप अरु देशमा परीक्षण भइसकेकाले ढुक्क भएर लगाउन अनुरोध गर्दै सरसफाइकर्मी सहज रूपमा खोप केन्द्रसम्म आउने वातावरण बनाउन निर्देशन दिए । खोप अभियानका लागि स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न पनि मन्त्री त्रिपाठीले सुझाव दिए । अस्पतालको खोप केन्द्रको निरीक्षणपछि मन्त्री त्रिपाठीले प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारी तथा अस्पतालका पदाधिकारीसँग छलफल गरेका थिए ।...
कोरोनाविरुद्ध खोप अभियान :  चार दिनमा ६४ हजारले लगाए खोप, कुन प्रदेशमा कति ?

कोरोनाविरुद्ध खोप अभियान : चार दिनमा ६४ हजारले लगाए खोप, कुन प्रदेशमा कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ १७ । कोरोनाविरुद्धको खोप अभियानको चौथो दिनसम्म देशभर ६४ हजारभन्दा बढीले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल ६४ हजार ४२२ जनाले खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार चौथो दिन १४ हजार ८९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जस अनुसार प्रदेश १ मा १५४७, प्रदेश २ मा २११०, बागमती प्रदेशमा ५ हजार ४०२, गण्डकी प्रदेशमा १८८७, लुम्बिनी प्रदेशमा २०६३, कर्णाली प्रदेशमा ९५५ र सुदूरपश्चिम प्रदेशमा ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रवक्ता डा गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म सामान्य असर देखिएपनि केहि समयमा आफै ठिक भएको बताएका छन् । हालसम्म कसैलाई पनि जटिल किसिमको समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै मन्त्रलायले सञ्चार माध्यमलाई खोप...
सोलुखुम्बुमा आगलागीमा परी २ बालबालिकाको मृत्यु

सोलुखुम्बुमा आगलागीमा परी २ बालबालिकाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ १७ । सोलुखुम्बुमा आगलागीमा परेर दुई बालबालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेहरू एकैदाजुभाईका छोरा र छोरी हुन् । नेचासल्यान गाउँपालिका-२ सल्यानका टेकबहादुर निरौलाको मतानमा आगलागी हुँदा उनको नाति र नातिनीको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरूमा सात वर्षका सुगम निरौला र पाँच वर्षकी गृष्मा निरौला रहेका छन् । प्रहरीका अनुसार मृतकमध्ये सुगम दाईको छोरा हुन् भने गृष्मा भाईको छोरी हुन् । आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।...
नेपालमा पनि भित्रियो बर्ड फ्लू, २५ सय पंक्षी नष्ट

नेपालमा पनि भित्रियो बर्ड फ्लू, २५ सय पंक्षी नष्ट

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ १७ । भारतका विभिन्न राज्यमा देखा परेको बर्ड फ्लू नेपालमा पनि भित्रिएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका( ७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लू रोग पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार रोग फैलिन नदिनका लागि संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरिएको छ । विभागले शनिबार विज्ञप्ति जाारी गर्दै पशुपंक्षीको ओसारपसारमा ध्यान दिन आग्रह गरेको छ । विभागले केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्डफ्लू पुष्टि भएको जानकारी दिएको छ । रोग अन्यत्र फैलन नदिन...