Saturday, May 4
Shadow

विचार

आमा आज मेरो जन्मदिन म यो बाचा गर्छु…..

आमा आज मेरो जन्मदिन म यो बाचा गर्छु…..

विचार
खगेन्द्र वस्ती आमा आज मेरो जन्मदिन यो संसार देखेको दिन यो संसारमा पाइला टेकेको दिन आज अलि न्यास्रो लाग्दै छ आमा खै किन हो थाहा छैन म जन्मेदेखि आफ्नो लागि नसोचि नखाई नलाई यहाँ सम्म पुर्याउनु हुने मेरा प्यारा आमा बाबा प्रति नमन, त्यसैगरि कक्षा १० सम्म पढाई लेखाई अगाडि बढ्नु सधै सत्यको बाटो अपनाउनु ठुलो मान्छे बन्नु हामिले गर्ब गर्ने बन्नु भन्दै सधै सत्मार्गमा डोर्याउन मेरा गुरूबा गुरुआमा प्रति नमन । हो आमा आज म जन्मेको दिन हजुरको मुहारमा खुशि छाएको दिन ति आशुले भरिएका आखामा खुशि आएको दिन बर्षौ देखि छोरो भयन भनि रून्चे अनुहारमा खुशि छाएको दिन म कसरि सम्झु आमा म त एक पात्र मात्र थिए मलाई यो संसारमा जन्मदिनु भयो अब सधै सत्यको मार्गमा हिंड्नेछु बाबाको र हजुरको नाम उच्च राख्नेछु आमा। आमा म कसरि बणन गरू हजुरलाई म संग बणन गर्नलाई कुनै शब्द छैन आमा कुनै शब्द भेटिन आमा आमा भन्ने शब्द कति महान ...
सुत्केरीको रोदन : मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो…

सुत्केरीको रोदन : मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो…

मुख्य समाचार, विचार, समाचार, समाज
काठमाडौं, ६ चैत । १४ वर्षअघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँडिएको देख्नेहरु जोकोहीको पनि मन अमिलो हुन्छ । अन्तर जातीय जोडीले भागी विवाह गरेरसँगै जीउने मर्ने वाचा गरेका थिए । ‘एक मुठी सास र एक थोपा रगत रहेसम्म तिमिलाई छाड्दिन’, देवकुमारले खाएको यो कसम विनिता झल्झली सम्झन्छिन् । भर्भराउदो ३१ वर्षे उमेरमा श्रीमती विनितालाई सुत्केरी भएकै बखत छाडेपछि पहिलेका वाचा कसम सबै झुठा ठहरिए । विगतमा उनका मिठामिठा सपनाले तानेर दुई जीवनलाई एक बनाएको थियो । काठमाडौंको काँडाघारीमा बस्ने देवकुमार २१ दिने सुत्केरी श्रीमती छाडेर फागुन २० देखि अलप भएपछि विनिताका भविष्यका सुन्दर सपना चकनाचुर बन्यो । उनी अहिले डेढ महिनाको सुत्केरी छिन् । ज्याला मजदूरी गर्नसक्ने अवस्थामा छै...
छोरी भएर बाँच्दा…

छोरी भएर बाँच्दा…

मुख्य समाचार, विचार, समाचार, समाज
विकास पुडासैनी , आमा छोरी भनेको केहो ? मैले बाल मनबाट सोधेको पहिलो प्रश्न यहि हो । उ जमानामा मैले बिध्यालयबाट क ख रा चिनि सकेपछि मेरो बाल मस्तिष्कमा बनेको आमा पछिको दोस्रो शब्द छोरी ।मेरो यो प्रश्नले आमालाइ पक्कै छोएछ म अहिले पनि सम्झन्छु उहाँको त्यो उत्तर,आफू नहासी नहासी अरुलाइ हसाउन सक्ने जात नै छोरी हो बा ! मैले केहि बुझिन साँच्चै भन्ने हो भने मलाइ हसाउनु भनेको केहो नै थाहा थिएन । आमा यत्ती भनेर आफ्नो काममा लाग्नु भयो मेरो हातमा खाजाको कचौरि थमाएर । कचौराको खाजालाइ मैले भन्दा धेरै मलाइ खायो त्यो उत्तरले । उमेरले छ पुगेकी मलाइ अब बिसौँ बर्षको बन्न बाध्य बनायो । पहिले त मलाइ हसाउनु शब्दको अर्थ जान्नु थियो अनि जान्नु थियो धेरै कुरा । अहिले सम्झिँदा पनि अचम्म लाग्छ आमाले दिएको त्यो उत्तर उहाँको दिमागमा कहाँबाट आयो । उमेर बढदै गयो समय परिबर्तन भयो मेरो कक्षा फेरियो तर मैले खोज्न थालेको त्...
सरकारबारे काँग्रेसमा दुई धार !

सरकारबारे काँग्रेसमा दुई धार !

ब्यानर समाचार, राजनिती, विचार
काठमाडौं , चैत ६ । सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषय लिएर नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसभित्र सभापति शेरबहादुर देउवा तत्कालै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने परिस्थिति बनेको बताउँदै आइरहेका छन् । काँग्रेस महामन्त्री डा। शशांक कोइराला भने केही दिनभित्रै काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् । सभापति देउवा स्थिति परिपक्व बनेपछि मात्र सरकारको नेतृत्व गर्ने बताइरहँदा महामन्त्री कोइराला भने हप्ता १० दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वस प्रस्ताव दर्ता हुने र काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका हुन् । कोइरालाले बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा केही दिनमा नै ओलीविरुद्ध अविश्वासको प्रस्तावअघि बढ्ने र काँग्रेस नेतृत्वमा माओवादी केन्द...
ओलीको विकल्प बन्लान् त देउवा ?

ओलीको विकल्प बन्लान् त देउवा ?

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती, विचार
काठमाडौं, चैत २ । कांग्रेसको सहभागिताबिना मुलुकले प्रधानमन्त्री केपी ओलीको विकल्प पाउने सम्भावना कमजोर बन्दै गएको छ। तर सत्ताका लागि सधैं मरिहत्ते गर्ने आरोप खेप्दै आएका शेरबहादुर देउवाको प्राथमिकतामा प्रधानमन्त्री परेको छैन। नेता रामचन्द्र पौडेलसहित संस्थापन इतर समूहका नेताहरूले समेत ओलीको विकल्प दिन सभापति देउवाले सरकारको नेतृत्वका लागि अग्रसरता लिनुपर्ने र त्यसका लागि आफूहरूको पूर्ण समर्थन रहेको पदाधिकारी बैठकमा बताएका छन्। यसअघि पौडेलसहित संस्थापन इतर समूहका नेताहरू देउवा प्रधानमन्त्री हुँदा पार्टीको महाधिवेशनमा समेत प्रभाव पर्ने भन्दै उनलाई कुनै हालतमा रोक्नुपर्ने पक्षमा थिए। तर देउवाले प्रधानमन्त्रीका लागि पार्टी हतारिने पक्षमा नरहेको बताउँदै आएका छन्। देउवाले आइतबार बारामा आयोजित कार्यक्रममा विगतमा मुलुकमा आइपरेका संकटको निकास कांग्रेसले दिँदै आएको बताए। अहिलेको संकटबाट मुलुकल...
सर्वोच्चको फैसला : कार्यकर्ताको हर्क बढ्याई, तेह्र दिने सुध्धायी

सर्वोच्चको फैसला : कार्यकर्ताको हर्क बढ्याई, तेह्र दिने सुध्धायी

राजनिती, विचार, समाज, सम्पादकीय
पामेल उपाध्याय सदर र वदरमा मलाई केही रुचि छैन। नागरिकको हैसियतले सत्य लेख्नु गलत हो भने गलत नै सहि । सामाजिक सञ्जालमा केही झोले, कार्यकर्ता र हनुमानेहरुले संसद पुन:र्स्थापनालाई जनताको जित भएको ठानेका रहेछन्। गोबर भरिएको दिमागले यसो भन्नू त ठिकै हो। हैन भने कुन जनताले संसद विघटनको कुरा उठाए र अराजक गतिविधि लाई आश्रय दिएका थिए ? कुनै-कुनै गोबर गणेश चाहिँ सभामा त्यत्रो उपस्थिति भन्छ। रवि लामिछाने ज्ञानेन्द्र शाही र पुर्व राजाले पनि उत्तिकै मान्छे जम्मा पारिरहेका छन् नगद बिनै। गोबर भरिएको दिमाग लाई यो थाहा नहुन सक्छ। "हामी यहाँ छौँ" भन्दै एउटै पार्टी भित्रका स्वयम् माहान कहलिएकाहरु कोहि सत्तामा त कोहि सडकमा उत्रिएको नदेख्ने अनुत्पादक नेता हरुका रैती र दास हरुले मान्छे भएर जिएको देख्दा पनि अचम्म लागेर आउँछ। तत्कालिन समयमा मनमोहन अधिकारीको मध्यावधीमा जाने निर्णय आई अदालत ले बदर गर्दा देशै भर...
बदलिँदो राजनीतिक सस्कार , जताततै भ्रष्टाचार र अशान्तीको घेरा

बदलिँदो राजनीतिक सस्कार , जताततै भ्रष्टाचार र अशान्तीको घेरा

विचार
काठमाडौं । नेपालमा पछिल्लो समय बदलिँदो राजनीतिक जुन दलपिक्षे एक आपस झगडा अनि मोड्मुटाब भैरएको छ । जुन ब्याक्ती शक्तिमा हाबि हुने दाउमा छन । राजनीतिक सिद्धान्त र बिचार मा भन्दा पनि शक्ति र पावर पछि नेता लगाएत कार्यकर्ता तछाड मछाड गरि हिडिरहेको देखिन्छ । यस्तो परिस्थितिले गर्दा जनता र कार्यकर्ता नेता बिच त्यति बिश्वास पनि घट्दै गएको छ । यस्तो परिपाटीले देशमा अशान्ति ,हिंसा ,दण्ड निमत्याउने गर्छ । राजनीतिक दलले गरेको यस्तो प्रभावले गर्दा जनता यसको विकल्प राजा हुन कि भन्ने महसुस गर्न थालिसके । जनताले लोकतन्त्र गणतन्त्र को लागि अमुल्य योगदान र बलिदान पनि दिइसकेको छ । नेपालमा राजनीतिक सस्कारले सासक मात्र जन्माएको हो भन्ने जनता मा भान भैसकेको छ । नेपाल मा बिकास छैन जुन अबिकसित अराजकता मात्र भएको देखिन्छ । र जताततै भ्रष्टाचार मौलाउदै गएको छ जुन एसिया कै एक नम्बर भ्रष्टाचारको देश बनेको छ । का...
तिमी लड्नैको निम्ति जन्मिएका हौँ

तिमी लड्नैको निम्ति जन्मिएका हौँ

विचार, समाज, सम्पादकीय
पामेल उपाध्यय/काठमाण्डौँ, पुष २२ तिमी लड जति सक्छौं त्यती लड। लम्किदै लड, घिस्रिदै लड। जोसिदै लड, मुठ्ठी उझाई लड। शीर झुकाएर होस् वा उठाएर होस्, पिठ्युँ फर्काएर होस् वा छाती फुलाएर होस् लड्न नछोड। तिमी लड्न लाई जन्मिएका हौँ त्यसै ले पाखुरा सुर्किएर लड, तिघ्रा ठटाएर लड। मस्त जवानी को झोक झै राग उकाल्ने गरि लड। मान्छे भएर जन्मिनुमा एउटा सार्थकता हुञ्छ, त्यसलाई लडाईमा बदल। जीवन नै लडाई हो भन्ने सम्झि कर्म लाई थाती राख्दै लड। हस्तिनापुर को बाँस होस् वा चपरी मुनि को बाँस लडाई निरन्तर जारी राख्दै अनन्तकाल सम्म भक्त भएर लड। लडाई लाई नै भाग्य विद्याता सम्झी इमान्दार मेहनत र परिश्रम भएर होईन भक्त हनुमान भएर लड। कम्युनिष्ट आन्दोलन भित्र बैचारिक वहसको युग समाप्त भएर स्खलित युग को सुरुवात भएको घोषणा गर्दै लड। तिमी छौँ र त यहाँ सबै कुरा सम्भव छ। तिम्रा केही उच्च नेताहरु ले बोलेको तुच्छ वाक्य लाई ...
ओझेल भित्रको बागलुङ थास्पुरी गाउँको  भित्रि कथा

ओझेल भित्रको बागलुङ थास्पुरी गाउँको भित्रि कथा

विचार, समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह
जसिन्द्र श्रीपाली, काठमाण्डौं २० बागलुङ जिल्ला साविक खुखांनी गाविस वडा नम्बर ६ हाल तमानखोला गा.पा. ५ मा पर्ने एउटा दलितहरुको बस्ति रहेको गाँउको नाम हो थास्पुरी ।यो गाउमा पुग्न ब्यापारिक केन्द्र बुर्तिवाड्ड बजार बाट १९ किलोमिटरको यात्रा पार गर्नुपर्दछ, समुन्द्रि सतह देखि करिव ३२ सय मिटर उचाईमा रहेको यस गाउको कथा भने बडो रोचक र आश्चर्य जनक छ । आजको विकाश ले थास्पुरी गाउको उबेलाको पिडा भुसुक्कै सिर्साएको छ अझ युवा पुस्तालाई यो कुरा सुनायो भने त यस्तो पनि हुन सक्छ भनेर उल्टै प्रश्न गर्छन तर अहिलेझै थिएन त्यो बेलाको थास्पुरी गाउ यति पढे पछि जोकोही लाई प्रश्न जन्मिन्छ वा जिज्ञासा लाग्छ उसो भए , कस्तो थियो त ? वा कस्तो हुदो हो त ? स्थानीयहरु संग गरिएको यो रोचक अनि आश्चर्य लाग्दो थास्पुरी गाउको कथा ।   करिवन १९७० साल तिर तीन घर ढुड्डा र छ घर खरको गरेर जम्मा नौ घर रहेको थास्पुरीको ...