Saturday, April 20
Shadow

राजनिती

अर्थका सहसचिव शर्मा बने वाणिज्य बैंकका अध्यक्ष

अर्थका सहसचिव शर्मा बने वाणिज्य बैंकका अध्यक्ष

आर्थिक, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष २३ सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा चयन भएका छन्। वाणिज्य बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष चयन गरेको हो। शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्। शर्मालाई अधिकारीले बिहीबार सपथ गराएका हुन्। शर्मा अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा वाणिज्य बैंक सञ्चालक समितिका सदस्य रहेका थिए। तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी प्राडा उपेन्द्र कोइरालालाई वाणिज्य बैंक सञ्चालक समितिको सदस्य नियुक्त गरेका थिए। उनलाई अध्यक्ष बनाउने गरी सदस्य बनाइएको भएपनि चर्को आलोचना भएपछि रोकिएको थियो।...
प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपामा विवाद उत्पन्न भयो : वामदेव

प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपामा विवाद उत्पन्न भयो : वामदेव

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २३ राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचक भएको बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकलाई पहिलोपटक सम्बोधन गर्दै सांसद गौतमले प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपामा विवाद उत्पन्न गराएको बताए। ‘प्रधानमन्त्रीको म कटु आलोचक हो, उहाँको कार्यशैली गर्दा हाम्रो पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराएको छ’, उनले भने। उनले ओली आफ्नो ४३ वर्षदेखिको मित्र र सहयोद्धा भएको बताउँदै आफूले धेरै पटक शैली सुधार गर्न सुझाब दिएको बताए। ‘प्रधानमन्त्री ओलीलाई शैली सुधार गर्न मैले धेरै पटक सुझाब दिएको छु। उहाँ दुई पटक प्रधानमन्त्री हुनुभो, दुवैपटक मैले धेरै सुझाब दिए। कति ग्रहण गर्नु भो, कति भएन’, उनले भने।...
प्रधानमन्त्री ओलीको संसद विघटनको कदमविरुद्ध नेविसंघले ‘उल्टो जुलुस’ निकाल्ने

प्रधानमन्त्री ओलीको संसद विघटनको कदमविरुद्ध नेविसंघले ‘उल्टो जुलुस’ निकाल्ने

मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २३ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध आन्दोलन गर्नेक्रममा उल्टो हिडेर बिरोध प्रदर्शन गर्ने भएको छ। भोली शुक्रबार दिउँसो १ः०० बजे माइतीघर मण्डलाबाट उल्टो हिडेर बिरोध प्रदर्शन गर्ने भएको हो। संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक भएकाले आफूहरुले चरणवद्ध आन्दोलन गरिरहेको जानकारी दिए । उनले भने,‘प्रधानमन्त्री ओलीको कदम सच्चाउन आवश्यक छ। कदम नसच्चिएसम्म हामी आन्दोलनबाट दबाब दिइरहन्छौँ।’...
अमेरिकाको राजधानीमा हिंसात्मक प्रदर्शनका क्रममा चारजनाको मृत्यु

अमेरिकाको राजधानीमा हिंसात्मक प्रदर्शनका क्रममा चारजनाको मृत्यु

अन्तर्राष्ट्रिय, दुर्घटना, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २३ वासिङटन डिसी प्रहरीका अनुसार क्यापिटल भवनमा जबर्जस्ती प्रवेश गर्दैगर्दा प्रहरीसँग भएको झडपमा चारजना मारिएका छन् । यसअघि एक महिलाको गोली लागेर मृत्यु भएको बताइएको थियो भने बाँकी तीनजना मेडिकल इमरजेन्सीको परिणामस्वरुप मृत घोषित भएको बताइएको छ । अहिलेसम्म यसमा ५२ जना पक्राउ परेका छन् । जसमा ४७ ले कर्फ्यु उल्लंघन गरेका थिए । यसअघि मृत्यु भएकी महिला सेन डिएगोकी बासिन्दा असिल बबित भएको बताइएको छ । उनी अमेरिकी एयर फोर्सकी भेटेरान थिइन् र प्रदर्शनकारीहरुसँगै संसद् भवनभित्र जबर्जस्ती घुस्न खोज्दा प्रहरीको गाली लागी उनको मृत्यु भएको बताइएको छ । सञ्चारमाध्यम फक्सफाइभले उनकी सासूसँग गरेको कुराकानीको आधारमा उनी डोनाल्ड ट्रम्पको ठूलो समर्थक भएको खुलेको छ । उनलाई अमेरिकी समयानुसार दिउँसो ३ बजे गोली लागेको र तत्कालै अस्पताल लगिएको तर पछि मृत घोषित गरिएको बताइएको छ । बीबीसी...
ओली समुहद्धारा भीम रावलसहित तीन नेतालाई कारवाही गर्दै पदबाट हटाउन सिफारिस

ओली समुहद्धारा भीम रावलसहित तीन नेतालाई कारवाही गर्दै पदबाट हटाउन सिफारिस

ब्यानर समाचार, राजनिती
काठमाडौ, पुस २३ । नेकपा प्रचण्ड–माधव समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीनजना नेतालाई ओली समूहले कारवाही गर्दै पदबाट हटाउन सिफारिस गरेको छ । बुधबार धनगढीमा बसेको नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकले खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप लगाउँदै इन्चार्ज भीम रावल, प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गरेको नेकपा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले बताए । बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ । प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन कार्यक्रमलाई शानदार रूपमा सफल पार्न...
सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल पक्षको प्रस्ताव

सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल पक्षको प्रस्ताव

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् । नेपालले प्रतिनिधिसभा विघटन नेकपा मात्र नभएर देशै सिध्याउने कदम भएको दाबी गर्दै मुलुकलाई संकटमा जानबाट रोक्न यस्तो प्रस्ताव गरेका हुन् । काठमाडौंको बानेश्वरमा बुधबार आयोजित अन्तरपार्टी अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीमा सत्ता उन्माद चढेको र यसै कारण उनले गरेको संवैधानिक ‘कु’ को विरोधमा सबै राजनीतिक दलले मिलेर आन्दोलन गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री ओलीले सिंगो व्यवस्थाविरूद्ध कदम चालेको आरोप लगाउँदै भने, ‘केपी ओलीमा सत्ता उन्माद छ, त्यसैले उनले सिंगो व्यवस्थाविरुद्ध, संघीयताविरुद्ध, गणतन्त्र र समावेशी समानुपा...
नेता पोखरोलले खुलाए प्रतिनिधिसभा विघटन हुनुका ८ कारण , के के हुन् ती ?

नेता पोखरोलले खुलाए प्रतिनिधिसभा विघटन हुनुका ८ कारण , के के हुन् ती ?

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस २२ । लुम्बिनी प्रेदशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिनुका ८ कारण खुलासा गरेका छन् । नेकपा स्थायी समिति सदस्य समेत रहेका पोखरेलले बुधबार साँज सामाजिक सञ्जाल फेसबुकमार्फत संसद विघटन गर्नुका ८ कारण खुलासा गरेका हुन ।उनले सभामुख अग्नी सापकोटाको असहयोगदेखि पार्टीका प्रथम अध्यक्षविरुद्ध षडयन्त्र भएको विषयले संसद विघटन निम्ताएको बताएका छन् । उनले सरकारबाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापति र सांसदहरुको असहयोग रहनाले संसद विघटन गर्नु परेको अर्को कारणका रुपमा लिएका छन् । उनले फेसबुकमा यस्तो लेखेका छन्- नेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ? सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्नाले, सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक...
कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पुस २५ देखि सरकारविरुद्ध प्रदर्शन गर्ने

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पुस २५ देखि सरकारविरुद्ध प्रदर्शन गर्ने

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २२ । नेपाली कांग्रेस जिल्ला कार्य समिति काठमाडौंले प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । काठमाडौं जिल्ला सभापति सबुज बानियाँको नेतृत्वमा गणेशमान स्मृति भवन ज्ञानेश्वरमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै सो कदमविरुद्ध यहि पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, माघ ३ गते गाउँपालिका तथा नगरपालिकामा र माघ ८ गते वडास्तरमा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले पुस २५ गते दिउँसो १ बजे काठमाडौं जिल्लाका २० वटै निर्वाचन क्षेत्रमा एकैसाथ विरोध प्रदर्शन गर्न जिल्लाभित्रका सम्पूर्ण पार्टी सदस्यलाई निर्देशन दिएको सभापति बानियाँले जानकारी दिए । गत पुस १९ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्र...
ओलीले निरङ्कुश चरित्र देखाए :  नेता नेपाल, दिए  संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी

ओलीले निरङ्कुश चरित्र देखाए : नेता नेपाल, दिए संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी

ब्यानर समाचार, राजनिती
काठमाडौँ पुस २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले निरङ्कुश चरित्र देखाएको आरोप लगाएका छन् । पार्टीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले आफैले संसद विघटन गर्ने आफै फुलफ्लेज प्रधानमन्त्री रहेको दाबी गरेर निरङ्कुश चरित्र देखाएको आरोप लगाएका हुन् । अब निरङ्कुश व्यवस्था सम्भव नभएको भन्दै नेता नेपालले संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी दिए । सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र काम गर्न दिइएन, हात खुट्टा बाधियो त्यसकारण अब देखाइदिन्छु भन्दै ओलीले न रहे बाँस न बजे बासुरी भने झै लोकतन्त्र र संविधान नै धरापमा पर्नेगरी प्रतिनिधिसभा बिघटन गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानका प्रावधानलाई क्षतविक्षत पारेर, संबिधानलाई कु गरेर निरंकुश चरित्र देखाएको आरोप लगाएका थिए ।अहिले सिंगो मुलुक...
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष २२ कैलालिको धनगढीमा बुधबार पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बोहोरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा खुलेका छन् । प्रदेश न. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पनि आर्थिक मामला तथा योजना मन्त्री झपट बहादुर बोहराले राजीनामा दिएको पुष्टि गरेका छन् ।  ...