कृष्णनगरमा नेकपा दहाल-नेपाल समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
कृष्णनगर, पुस २५
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २
कृष्णनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कृष्णनगर नगरकमिटीको आयोजना नेकपा कृष्णनगर नगर कमीटी अध्यक्ष जावेद आलम खां को अध्यक्षता ,नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेको प्रमुख आतिथ्य रह्यो भने विशिष्ट अतिथिमा लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्रलाल बन्जाडे, प्रदेश कमिटी सदस्य बालकराम बुढा, लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी र अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, नेकपा महाराजगंज नगर कमीटी अध्यक्ष विजय जयसवाल लगायत अन्य रहनु भयो ।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरधारी लाल न्यौपाने ले प्रधानमंत्री लाई आफ्नो गल्ती सच्याउनु पर्ने बताउदै सारा ...









