काठमाडौं , पुस २४ । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् ।
शुक्रबार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै २०७२ को संबिधानमा प्रतिनिधि सभा विघटन गर्ने अधिकारको व्यवस्था नगरिएको अवस्थामा समेत आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको टिप्पणी गरेका छन् ।
उनीहरुले संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको बताएका छन् ।
उनीहरुले कुनै पनि समसामयिक घटना वा परिस्थिति विशेषले संबिधानको आधारभूत मुल्य परिवर्तन नहुने बताउदै जुनसुकै परिस्थिति उत्पन्न भए पनि संबिधान र संबिधान कार्यान्वयन गर्दा संबिधानवादको अधिनमा रहेर सम्बोधन गर्ने क्षमता राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
चार पूर्व प्रधानन्यायाधीशको यस्तो छ विज्ञप्ति