Thursday, March 28
Shadow

विजयनगरमा दहाल- नेपाल समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


  • -इ
  • इ+

विजयनगर, पुस २३ , कपिलवस्तु जिल्लाको विजयनगर गांउपालिका वडा नं ६ प्रेमनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयनगर गांउकमिटीको आयोजना मुनिस मनिहारको अध्यक्षता तथा गिरधारी लाल न्यौपाने को प्रमुख आतिथ्य रह्यो भने विशिष्ट अतिथिमा प्रदेश कमिटी सदस्य बालकराम बुढा र अतिथिमा नेकपा कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली रहेका थिए ।

कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरधारी लाल न्यौपाने ले प्रधानमंत्री लाई आफ्नो गल्ती सच्याउनु पर्ने बताउदै सारा शक्ति सडकमा रहेको र यो जनताको आन्दोलन हो भन्ने कुरा बताउदै सरकारले आफ्नो गल्ती सुधारेनन भने अझ ससक्त आन्दोलन हुने बताए ।

लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले हाम्रो पार्टी लाई धोखा दिने काम धेरै पटक भयो राजतंत्र हटाएर आफूहरु नै गणतंत्र स्थापना गरेको बताउदै मुख्यमंत्री लाई राजनीति गर्ने हो भने मुख्यमंत्रीको पद छोडेर राजनीति गर्न सुझाव दिदै अन्तिम समयमा आफूहरु संग मिल्नु बाहेक बिकल्प नरहेको बताए ।

कार्यक्रममा नेकपा लुम्बिनी प्रदेश कमिटि सदस्य अब्दुल रौफ, नेकपा शिवराज नगर कमिटिका अध्यक्ष दिनेश पुन , नेकपा विजयनगरका इन्चार्ज अर्जुन सापकोटा ,नेकपा शिवराज नगर कमिटी सचिवालय सदस्य चिन्ता परियार वार्ड कमिटी सबै टोल कमिटीका सम्पूर्ण पदाधिकारी तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा। अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, तोफेल खान, कैफ खान
लगायत सदस्यहरु तथा पार्टी संगठित सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन भने दिपेन्द्र बहादुर महराले गरेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares