Thursday, March 28
Shadow

चित्रबहादुर केसी भन्छन् – प्रधानमन्त्रीले भारतको इशारामा संसद विघटन गरे


  • -इ
  • इ+

काठमाडौं, पुस २३ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको इशारामा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन्।

बिहीबार दाङको घोराहीमा उक्त पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो आरोप लगाएका हुन्  । उनले भने , ‘प्रधानमन्त्री ओलीले आफ्नो हातबाट सत्ता गुम्ने खतरा देखेपछि भारतको इशारामा संसद नै विघटन गरे।’

प्रधानमन्त्री ओलीले पार्टी भित्रको विवाद मिलाउनुको सट्टा संसद विघटन गरेर देशलाई नै संकटमा फसाउने काम गरेको भन्दै रोष प्रकट गरे।संसद पुनर्स्थापना गरेर देशलाई आर्थिक भारबाट जोगाउन समेत उनले प्रधानमनन्त्रीसँग आग्रह गरे।

वर्तमान प्रधानमन्त्री र संविधानको संरक्षक राष्ट्रपतिले असंवैधानिक तरिकाले संसद विघटन गर्ने काम गरेको भन्दै उनले रोष प्रकट गरे।
नेकपा भित्रको सत्तास्वार्थको उपद्रोका कारण देश संकटमा पर्ने अवस्था आएको भन्दै उनले चिन्ता व्यक्त गरे।

प्रधानमन्त्रीले संविधानमै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गरे पनि अझै चर्को बोलेको सुन्दा उनको चरित्र उदांगो भएको अध्यक्ष केसीले बताए।

अध्यक्ष केसीले विगतमा पटकरपटक बहुमत प्राप्त गरेका सरकारहरू ढाल्ने काम प्रधानमन्त्रीबाटै भएकाले पछिल्लो पटक २०७२ सालमा संविधान निर्माण गर्दा प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने गरी कानुन निर्माण गरिएको भए पनि त्यसलाई समेत पंगु बनाएर ओलीले असली स्वरूप देखाएको बताए।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares