Saturday, May 4
Shadow

राजनिती

सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल पक्षको प्रस्ताव

सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल पक्षको प्रस्ताव

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् । नेपालले प्रतिनिधिसभा विघटन नेकपा मात्र नभएर देशै सिध्याउने कदम भएको दाबी गर्दै मुलुकलाई संकटमा जानबाट रोक्न यस्तो प्रस्ताव गरेका हुन् । काठमाडौंको बानेश्वरमा बुधबार आयोजित अन्तरपार्टी अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीमा सत्ता उन्माद चढेको र यसै कारण उनले गरेको संवैधानिक ‘कु’ को विरोधमा सबै राजनीतिक दलले मिलेर आन्दोलन गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री ओलीले सिंगो व्यवस्थाविरूद्ध कदम चालेको आरोप लगाउँदै भने, ‘केपी ओलीमा सत्ता उन्माद छ, त्यसैले उनले सिंगो व्यवस्थाविरुद्ध, संघीयताविरुद्ध, गणतन्त्र र समावेशी समानुपा...
नेता पोखरोलले खुलाए प्रतिनिधिसभा विघटन हुनुका ८ कारण , के के हुन् ती ?

नेता पोखरोलले खुलाए प्रतिनिधिसभा विघटन हुनुका ८ कारण , के के हुन् ती ?

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस २२ । लुम्बिनी प्रेदशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिनुका ८ कारण खुलासा गरेका छन् । नेकपा स्थायी समिति सदस्य समेत रहेका पोखरेलले बुधबार साँज सामाजिक सञ्जाल फेसबुकमार्फत संसद विघटन गर्नुका ८ कारण खुलासा गरेका हुन ।उनले सभामुख अग्नी सापकोटाको असहयोगदेखि पार्टीका प्रथम अध्यक्षविरुद्ध षडयन्त्र भएको विषयले संसद विघटन निम्ताएको बताएका छन् । उनले सरकारबाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापति र सांसदहरुको असहयोग रहनाले संसद विघटन गर्नु परेको अर्को कारणका रुपमा लिएका छन् । उनले फेसबुकमा यस्तो लेखेका छन्- नेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ? सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्नाले, सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक...
कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पुस २५ देखि सरकारविरुद्ध प्रदर्शन गर्ने

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पुस २५ देखि सरकारविरुद्ध प्रदर्शन गर्ने

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २२ । नेपाली कांग्रेस जिल्ला कार्य समिति काठमाडौंले प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । काठमाडौं जिल्ला सभापति सबुज बानियाँको नेतृत्वमा गणेशमान स्मृति भवन ज्ञानेश्वरमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै सो कदमविरुद्ध यहि पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, माघ ३ गते गाउँपालिका तथा नगरपालिकामा र माघ ८ गते वडास्तरमा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले पुस २५ गते दिउँसो १ बजे काठमाडौं जिल्लाका २० वटै निर्वाचन क्षेत्रमा एकैसाथ विरोध प्रदर्शन गर्न जिल्लाभित्रका सम्पूर्ण पार्टी सदस्यलाई निर्देशन दिएको सभापति बानियाँले जानकारी दिए । गत पुस १९ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्र...
ओलीले निरङ्कुश चरित्र देखाए :  नेता नेपाल, दिए  संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी

ओलीले निरङ्कुश चरित्र देखाए : नेता नेपाल, दिए संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी

ब्यानर समाचार, राजनिती
काठमाडौँ पुस २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले निरङ्कुश चरित्र देखाएको आरोप लगाएका छन् । पार्टीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले आफैले संसद विघटन गर्ने आफै फुलफ्लेज प्रधानमन्त्री रहेको दाबी गरेर निरङ्कुश चरित्र देखाएको आरोप लगाएका हुन् । अब निरङ्कुश व्यवस्था सम्भव नभएको भन्दै नेता नेपालले संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी दिए । सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र काम गर्न दिइएन, हात खुट्टा बाधियो त्यसकारण अब देखाइदिन्छु भन्दै ओलीले न रहे बाँस न बजे बासुरी भने झै लोकतन्त्र र संविधान नै धरापमा पर्नेगरी प्रतिनिधिसभा बिघटन गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानका प्रावधानलाई क्षतविक्षत पारेर, संबिधानलाई कु गरेर निरंकुश चरित्र देखाएको आरोप लगाएका थिए ।अहिले सिंगो मुलुक...
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष २२ कैलालिको धनगढीमा बुधबार पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बोहोरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा खुलेका छन् । प्रदेश न. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पनि आर्थिक मामला तथा योजना मन्त्री झपट बहादुर बोहराले राजीनामा दिएको पुष्टि गरेका छन् ।  ...
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २२ सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बुधबार (आज) सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा पेसी ताेकिएको छ । यसअघि यस इजसालले यही पुस १० गतेको सुनुवाइपछि अदालतले प्रतिनिधि सभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न विपक्षी राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायलाई आदेश दिएको थियो । प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिस्टारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश पनि जारी भएको थियो । अदालतको आदेशअनुसार पुस १९ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत सबैको लिखित जवाफ अदालतमा पेस भइसकेको छ ।...
सर्वोच्च अदालतले संविधानको सही व्याख्या गर्नेछ : नेता नेपाल

सर्वोच्च अदालतले संविधानको सही व्याख्या गर्नेछ : नेता नेपाल

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले संविधानको मूल भावनामा टेकेर संविधानको सही व्याख्या गर्ने विश्वास व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा मंगलबार राजधानीमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानले प्रधानमन्त्रीलाई अहिलेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नदिएको जिकिर गरे । उनले प्रतिनिधिसभाले प्रधानमन्त्री चुन्नै सकेन भने वा कुनै प्रधानमन्त्रीलाई चयन गरेपछि विश्वासको मत लिन सकेन भने मात्रै विघटनको अधिकार स्वभावतः रहने तर कसैको इच्छाका भरमा विघटन गर्न नपाइने बताए । अध्यक्ष नेपालले गणतन्त्र, सङ्घीयता र समावेशितालाई जोगाउने कि नजोगाउने भन्ने प्रश्न खडा भएको जनाउँदै विगतमा झैँ अहिले पनि उपलब्धि रक्षाका लागि सबै एकजुट हुने बेला आएकामा जोड दिए । कार्यक्रमम...
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जादै

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जादै

मुख्य समाचार, राजनिती
  काठमाडौँ , पुस २१ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आगामी जनवरी १४ मा भारत भ्रमणमा जाने भएका छन् । नेपाल(भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेका हुन् । नेपालमा संसद विघटनपछि राजनीतिक रुपमा अस्थिरता उत्पन्न भएका बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि नै भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले नेपाल भ्रमणका बेला नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका थिए । जनवरी १४ मा नयाँदिल्लीस्थित हुने मन्त्रीस्तरीय बैठकमा भारतको वार्ता टोलीको नेतृत्व भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले नेतृत्व गर्ने बताइएको छ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्शा जारी गरेपछि रहेको संवादहिनताको अवस्थालाई चिर्दै भारतबाट यसबीचमा यस बीचमा विदेशसचिव श्रींगलासहित भारत...
प्रचण्ड र माधव सरकार विरोधी गतिविधिमा लागे: उपप्रधानमन्त्री पोखरेल

प्रचण्ड र माधव सरकार विरोधी गतिविधिमा लागे: उपप्रधानमन्त्री पोखरेल

ब्यानर समाचार 2, राजनिती
काठमाडौं, पुस २१ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता नै अहिलेको आवश्यकता रहेको बताएका छन् । मंगलबार जनकपुरमा नेकपा ओली समूहद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ओली समूहका स्थायी समिति सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले पार्टी एकता विरुद्ध जानेहरुको अन्त्य सुनिश्चित रहेको बताए । उनले पार्टी एकता भएको ३ वर्ष नवित्दै आफ्नै अध्यक्षविरुद्ध पार्टी भित्रैबाट एकता विरोधी गतिविधि भएको गुनासो गरे । उनले अझै पार्टी एकता जोगाउन सकिने औंल्याए । साथै उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड र माधव नेपाल सरकार र पार्टी विरोधी गतिविधिमा लागेको आरोप लगाए । कार्यक्रममा पूर्वमन्त्री तथा सो समूहका स्थायी समिति सदस्य रघुवीर महासेठले जनकपुरको तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय कब्जा गर्न खोज्नेको भन्दै कडा आलोचना गरे ।...
अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच

अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच

राजनिती, समाचार, समाज
काठमाण्डौ, पुष २१ नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको प्रतिनिधि भएको टिप्पणी गरेका छन् । उनले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच भएको पनि बताए । मंगलबार नेकपा बिटमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीसँगको छलफलमा उनले भने, ‘यो लडाइँ अग्रगमन र प्रतिगमन बीको हो ।उनले ओलिीले जनयुद्धका मुद्दाका कुरा उठाउन थालेको भन्दै उनले यस्तो भए पुरानै अवस्थामा फर्कनु पर्ने पनि बताए । जनयुद्धका सबै मुद्दा सत्यनिरुपरन तथा मेलमिलाप आयोगले हेर्ने निर्णय भएको पनि उनले स्मरण गराए । भट्टराईले अहिलेको उपलब्धी जनयुद्ध र जनआन्दोलनकै कारणले भएको पनि उनले बताए।...