Wednesday, April 24
Shadow

लोकतन्त्रको आवरणमा लुटतन्त्र, कुशासन र सर्बसत्ताबाद कायम भयो : कमल थापा


  • -इ
  • इ+

काठमाडौं, पुस २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले १४ बर्ष अघि नयाँ नेपाल निर्माणको नाममा राजसंस्था र हिन्दुराष्ट्र समाप्त गरियो र देशले धान्न नसक्ने संरचना कायम गरेका कारण अहिले लोकतन्त्रको आवरणमा लुटतन्त्र, कुशासन र सर्वसत्तावाद कायम भएको बताएका छन् ।

चुनाब चिन्ह र झण्डा अनावरण कार्यक्रमलाई आज दमौलिमा सम्बोधन गर्दै थापाले धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृति माथि आक्रमण भैरहेको भन्दै आपत्ती प्रकट गरे । थापाले देश अभिभावक विहिन भएको , बिदेशीको चलखेल बढेको, भ्रष्टाचार र कुशासन हावि भएको भन्दै यो संकटबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उपयुक्त हुने बिचार ब्यक्त गरे ।

ुसम्वर्द्धनवादुको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नको निमित्त राप्रपालाई बलियो बनाउनु पर्नेमा जोड दिदै उहाँले पार्टीलाई राष्ट्रवादीरप्रजातान्त्रिक शक्ति बनाउने अभियानमा सबैको सहयोगको अपेक्षा गरेको बताए । वाईडबडी, तेत्तीस क्विन्टल सुन, एनसेल कर, बालुवाटार जग्गा प्रकरण जस्ता ब्रम्हलुटको ज्वलन्त नमुना भएको भन्दै थापाले संसद विघटनको घटनाबाट संबिधान र संबैधानिक ब्यबस्था माथी गम्भीर प्रश्न चिन्ह खडा भएको समेत स्पष्ट पारे ।

कार्यक्रममा राप्रपा नेतृ दुर्गा श्रेष्ठ ,हेमजङ गुरुङ,राजेन्द्र अधिकारी ,गौमाया श्रेष्ठ , बिनोद घर्ती लगायतले पार्टी र संगठनलाई मजबुत गराउन सकृय हुनुपर्ने आबश्यकता औल्याए । पार्टी एकता पछि राप्रपाको चुनाब चिन्ह हलो कायम गर्ने सहमति भएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares