Saturday, May 18
Shadow

राजनिती

सरकारले संविधान मिच्दैन : प्रधानमन्त्री ओली

सरकारले संविधान मिच्दैन : प्रधानमन्त्री ओली

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताए । सरकार जनताको अभिमतभन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्टाचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्नेसमेत प्रधानमन्त्री उनले बताए । उनले भने, ‘‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन । संविधान मिच्दैन, मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन । भ्रष्टाचार गर्दैन र गर्न दिँदैन । सुशासन कायम गरेर छोड्छ । अपराधहरुलाई नियन्त्रण गर्छ आदि कुराहरुमा म आम दाजुभाइ दिदीबहिनीहरुलाई आश्वस्त पार्न चाहन्छु ।’’ जनताको आकांक्षा र अभिमतबाट मात्रै लोकतन्त्र सञ्चालित हुन सकोस् भन्ने अभिप्रायले सरकारले अस्थिरता खोज्ने प्रय...
संसद पुनर्स्थापना नभए देश भयंकर अन्धकारमा जानेछः प्रचण्ड

संसद पुनर्स्थापना नभए देश भयंकर अन्धकारमा जानेछः प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको ‘गुण्डागर्दी’ चलिरहेको आरोप लगाएका छन्। बाराको सिमरामा भएको कार्यकर्ता भेटघाटको क्रममा अध्यक्ष दाहालले अहिले मुलुकमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको ‘गण्डागर्दी’ चलिरहेको आरोप लगाएका हुन ।सम्बोधनका क्रममा उनले चुनाव हुनेमा आफूहरुलाई रतिभर विश्वास नभएको बताउँदै संसद पुनर्स्थापना नभए तोकिएको समयमा चुनाव नहुने बताए । उनले भने, ‘संसद पुनर्स्थापना नभए देश भयंकर अन्धकारमा जानेछ, यसतर्फ सरकार बेलैमा सचेत हुनुपर्छ ।’ यता दाहाल–नेपाल समूहले अब जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न र तयारी अवस्थामा रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकल...
प्रदेश प्रमुखको बर्खास्त र नियुक्ति आपत्तिजनक: काँग्रेस (विज्ञप्तिसहित)

प्रदेश प्रमुखको बर्खास्त र नियुक्ति आपत्तिजनक: काँग्रेस (विज्ञप्तिसहित)

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन ७। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश २ को प्रदेश प्रमुख बर्खास्त र नियुक्तिको विरोध गरेको छ । काँग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिको विरोध र भत्सर्ना गरेको हो । काँग्रेसले सरकारले प्रदशको गरिमा घटाउने काम गरेको टिप्पणी गर्दै संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्ति काम नमिल्ने बताएको छ । काँग्रेसले एकातिर निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक रहेको काँग्रेसको टिप्पणी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर राजेश झालाई नियुक्त गरेकी थिइन् । काँग...
१४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने कांग्रेसको निर्णय

१४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने कांग्रेसको निर्णय

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन ६ । नेपाली कांग्रेसले १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्तावलाई पारित गरेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले राखेको महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव सामान्य संशोधनसहित अनुमोदन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानमारी दिए । विधानअनुसार पाँच वर्षको अवधि यही फागुन १९ गते सकिने भएपछि विधानको धारा नै निलम्बन गरी केन्द्रीय कार्यसमितिको म्याद पनि ६ महिना थप गरेको हो । केन्द्रीय समिति बैठकले सभापतिका तर्फबाट महामन्त्रले प्रस्ताव गरेकै महाधिवेशनको अन्तिम मिति अनुमोदन गरेको भन्दै महाधिवेशन पूर्व जिल्ला वडा तह लगायतको अधिवेशनको कार्यतालिका भने सामान्य हेरफेर गरेको उनले बताए । बैठकले पार्टीको केन्द्रीय सदस्य रमेश लेखकको संयोकत्वमा ७ सदस...
प्रचण्ड–नेपाल पक्षद्वारा टुँडिखेल घेराउ गर्दै प्रतिनिधि सभा विघटनको विरोध

प्रचण्ड–नेपाल पक्षद्वारा टुँडिखेल घेराउ गर्दै प्रतिनिधि सभा विघटनको विरोध

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज मानव साङ्लो बनाएर काठमाडौको टुँडिखेल घेराउ गर्दै प्रतिनिधि सभा विघटनको विरोध गरेको छ । आफ्नो चौथो चरणको आन्दोलन अन्तर्गत प्रचण्ड(नेपाल पक्षले आज मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम तय गरेको थियो । संसद विघटन खारेज गर लगायत महिला हिँसा, महंगीलाई जोडेर बनाइएका नाराको प्लेकार्डसहित प्रदर्शन गरिएको थियो । मानव साङलोका लागि प्रचण्ड(नेपाल पक्षका केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी भएका थिए । प्रचण्ड-नेपाल पक्षले शुक्रबार देशभरका सबै स्थानीय तहका वडा स्तरमा विरोध कार्यक्रम गर्दै छ ।...
सभापति देउवा भन्छन्- सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुन्छ

सभापति देउवा भन्छन्- सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुन्छ

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ६ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुने बताका छन् । नेपाल राष्ट्रिय मगर सङ्घ गण्डकी प्रदेशस्तरीय सम्मेलन तथा राष्ट्रिय मगर विद्यार्थी सङ्घ प्रदेश समितिको घोषणा कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उनले अदातलले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचनमा जाने जुनसुकै फैसला गरे पनि पार्टीका लागि स्वीकार्य हुने बताए । मुलुकको प्रत्येक परिवर्तमा मगर समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले संविधानले व्यवस्था गरेका हक अधिकारको संरक्षण कार्यान्वयनका लागि मगर सङ्गठित भएर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टीका गतिविधिमा सक्रिय सहभागिता जनाउन कार्यकर्तालाई निर्देशन दिँदै सभापति देउवाले लामो सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि पार्टी एकताबद्ध भएर लाग्नुको विकल्प नभएको बताए । वरिष्ठ नेता रामचन्...
प्रजातन्त्र दिवसमा कांग्रेस सभापति देउवा सहित प्रभावशालि नेताहरु नुवाकोट जार्दैँ

प्रजातन्त्र दिवसमा कांग्रेस सभापति देउवा सहित प्रभावशालि नेताहरु नुवाकोट जार्दैँ

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस नुवाकोटको बि पि स्मृति भवन उद्घाटनको लागि नेपाली कांग्रेसका केन्द्रिय सभापति एवम् पुर्व प्रधानमंत्री शेर बहादुर देउवा नुवाकोट जाने भएका छन् । साथै सो कार्यक्रममा अन्य प्रभावशालि नेताहरुको पनि सहभागिता रहने भएको छ । कार्यक्रममा कांग्रेस नेताहरु प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, अर्जुन नरसिंह केसि, डा.रामशरण महत, शशांक कोईराला, गगन थापा, प्रदिप पौडेल, बहादुर सिंह लामा लगाएतका नेता उपस्थीत हुने छन् । कार्यक्रम सदरमुकाम विदुरमा मध्यान्न १२ बजे हुने छ ।...
पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध नेविसंघ ग्रामिण र एनआरद्धारा विरोध

पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध नेविसंघ ग्रामिण र एनआरद्धारा विरोध

आर्थिक, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, फागुन ६ सरकारले पेट्रोलियम पदार्थको मुल्य हप्तामै दुई पटक बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै नेपालटारमा रहेको ग्रामिण आर्दश बहुमुखि क्याम्पस र एन आर कलेजका नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले विरोध जनाएका छन् । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै, डिजल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पुगेको छ । सरकारले अनावश्यक आन्तरिक रुपमा मूल्य वृद्धि गरेको प्रति आपत्ति समेत जनाएका छन् । ...
अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ६ प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत जाँदै हुनुहुन्छ । अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मुद्दा दायर गर्नु भएको थियो । प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्तालाई अशिष्ट र अमर्यादित भाषाकाे प्रयोग गरिएको रिटमा उल्लेख छ । म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार प्रधानमन्त्री ओली सर्वोच्च जान लाग्नु भएको छ । प्रधानमन्त्री जाने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालतमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि अवहेलनाको मुद्द...
आन्दोलनमा होमिएको प्रचण्ड नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

आन्दोलनमा होमिएको प्रचण्ड नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन ६ । नेकपा प्रचण्ड-नेपाल समूहले टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत सो समूहले आज दिउँसो ४ बजेदेखि एक घन्टा मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने भएको हो । पूर्वनिर्धारित विरोधको कार्यक्रम अन्तर्गत नै दिउँसो प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध गर्ने केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार यो कार्यक्रममा १० हजारको हाराहारीमा कार्यकर्ता सहभागी हुनेछन् । चौथो चरणको आन्दोलन अन्तर्गत फागुन ५ देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा सवै जिल्लामा जिल्लास्तरीय विरोध प्रदर्शन र सभा हुने सो समूहले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित बनेको छ । ओली समूह तथा प...